• १५ वैशाख २०८२, सोमबार

अपराध नियन्त्रणमा दुईदेशीय समन्वय

blog

इनरुवा समाचारदाता

इनरुवा, वैशाख १५ गते । भारतको बिहारस्थित सुपौल जिल्ला वीरपुरमा भारत नेपाल सीमावर्ती  जिल्लास्तरीय समन्वय समितिको बैठक हालै सम्पन्न भएको छ । नेपालको सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख पदाधिकारीको उपस्थिति रहेको बैठकले सिमानामा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणमा समन्वय गर्ने निर्णय गरेको जनाएको छ ।

 आयोजक सुपौल जिल्लाका डिएम कौशल कुमारले बैठकमा समसामयिक भेटघाट र कुराकानीसँगै सुरक्षाको चुनौती बारेमा समीक्षा  गरिएको  जानकारी दिनुभयो । त्यस्तै अन्तरदेश र  जिल्लाको शान्तिसुरक्षालगायतका विषयमा छलफल तथा विश्लेषण गरी, अन्तरजिल्लासँग सम्बन्धित विकास निर्माणलगायतका संवेदनशील विषयका सूचना आदानप्रदान गर्ने, विभिन्न मुद्दामा संलग्न  रहेको तथा लुकीछिपी बसेको व्यक्ति तथा समूहको निगरानी तथा पव्रmाउ सम्बन्धमा सहयोग गर्ने बारेमा पनि छलफल भएको थियो । त्यस्तै अवैध वस्तु ओसारपसार नियन्त्रण गर्ने र यस्ता बैठकलाई निरन्तरता दिने निर्णय पनि भएको जनाइएको छ ।