• १२ मंसिर २०८१, बुधबार

जनयुद्ध दिवसमा बिदा नदिएपछि कार्यपालिका बैठकमै रोक

blog

प्रेमराज सिम्खडा  

कालिकोट, फागुन ५ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र जनयुद्ध दिवसका दिनमा बिदा नगरे भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएको पाइएको छ । 

फागुन १ गते रास्कोट नगरपालिकाले नगर भरी सार्वजनिक बिदा दिएको थियो भने वडा नं. ४ मा भने वडा अध्यक्ष दिनेश सज्यालले एक पार्टीको उत्सव भएको भन्दै सार्वजनिक बिदा नभएको विज्ञप्ति जारी गर्नुभएको थियो । उक्त विज्ञप्तिलाई आधार बनाएर बिहीबार बसेको रास्कोट नगरको कार्यपालिका बैठकमा सज्याललाई बस्न रोक लगाइएको हो । 

नगरको निर्णय नमान्ने तपाईँलाई बैठकमा बस्ने अधिकार छैन भन्दै नगरप्रमुख शाहीले हप्काएका थिए । सँगै माओवादीबाट निर्वाचित वडा अध्यक्षहरूले पनि यो नगर हाम्रो हो भन्दै कार्यपालिका सदस्यबाट राजीनामा दिन भनेका थिए । वडा नं ४ का अध्यक्ष सज्याल नेपाली कांग्रेसबाट निर्वाचित एक्लो वडा अध्यक्ष हुनुहुन्छ । उहाँले आफू जनताको मत पाएर आएकाले मैले किन बस्न नपाउने भन्दै प्रतिवाद गरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल पनि एक्लो वडा अध्यक्ष हुनुको पिडा आज भोगेको उल्लेख गर्नुभएको थियो । 

अध्यक्ष सज्यालले आफूलाई सुरुमा बैठकमा नबोलाएको र एक जना सदस्यले बैठक भइरहेको छ जानु भनेपछि आफू हलमा पुगे हातमा माइनोट आयो उपस्थिति गरेपछि ल जानुहोस् बैठकमा बस्ने अधिकार छैन भनेर नगरप्रमुखले भनेको गुनासो गर्नुभयो । अध्यक्ष सज्यालले मलाई नगरका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्ष धनबहादुर धामीले वडामा किन बिदा नदिएको भन्दै माफी माग्न धम्की दिनुभयो । एक्लो मान्छे कति सँग बोल्नु सके जति प्रतिवाद गरे पछि बाहिर निस्केको सज्यालको भनाई छ । रास्कोट नगरपालिका भित्रका नौ वडामा सात वडा  र नगर प्रमुख माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । 

उहाँहरूको बहुमत भएकाले जस्तासुकै निर्णय गर्ने र  अन्य दलबाट निर्वाचित जनप्रतिनिधि जवजस्त चुप बस्नु पर्ने अवस्था छ । अदालतले खारेज गरेको जनयुद्ध दिवस सरकारले मनाउनु कानुनको अपहेलना हुने भन्दै वडा नं. ४ का अध्यक्षले बिदा नभएको प्रेस नोट मार्फत जानकारी गर्नु भएको थियो । उक्त विषयलाई लिएर नगरको बैठकमा समेत बस्ने अधिकार नभएको भन्दै धम्की समेत दिने गरेका हुन ।  नगरका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्ष धनबहादुर धामीले कार्यपालिका बैठकको निर्णय सदस्यले उलङ्घन गर्ने अधिकार नभएको भन्दै बैठकमा बस्ने पनि अधिकार नहोला नि त भनेर बैठक पछि कुरा चलेको तर बैठकमै बस्न रोक नलगाएको बताउनुभयो ।