• ५ जेठ २०८१, शनिबार

टेलरमा ठोक्किएर बिसीको मृत्यु

blog

प्रतीक शर्मा

सल्यान, फागुन ५ गते । यहाँ मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सल्लीबजार–चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६ नाथे खोलाबाट सुनौली बजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलर एक आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार बनगाड कुपिण्डे नगरपालिका–१ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले दुर्घटनामा गम्भीर घाइते भएका बिसीलाई उपचारको लागि सुर्खेतको मेहलकुना अस्पताल लगिएको र त्यसपछि जिल्ला अस्पताल सल्यान ल्याउने क्रममा शुक्रबार राति १ बजेतिर बाटैमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अन’सार  उनका अनुसार दुर्घटना शुक्रबार बेलुकी साढे ५ बजे भएको थियो ।

प्रहरीले फरार रहेका टेलर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ का २५ वर्षीय दीपक थापा र मोटरसाइकल चालक वर्ष १६ का दिपायल बुढालाई नियन्त्रणमा लिएको  प्रहरीको भनाई छ ।