उद्योग, पर्यटन मन्त्रालयद्वारा वार्षिक प्रगति सार्वजनिक
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
रन फर अटिज्म हुने
राउन्ड टेबल नेपालले चैत १० गते रन फर अटिज्म दौडको आयोजना गर्ने भएको छ । सो दौड तीन, पाँच र दश किलोमिटरको हुने छ ।
‘समृद्ध नेपालः सुखी नेपाली’ समाजवाद ल्याउने विचार हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद ल्याउने विचारधारा रहेको बताउनुभएको छ ।
नवलपुरमा बाघ मृत भेटियो
जिल्लाको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको वनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु
दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ ।
भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय
कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ ।
पर्यटकीय गन्तव्य बन्दै झरना खोला
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्राय सुनसानजस्तो रहने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ ।
मुलुकको अबको आवश्यकता आर्थिक समृद्धि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताउनुभएको छ।
परसपुर-गौघाट सडक खण्ड निर्माणमा ढिलाई
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हालसम्म १२ प्रतिशत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताउनुभयो ।
टिपर दुर्घटना हुँदा मजदुरको मृत्यु
रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । शुक्रवार बिहान ११ बजे मन्थली सेलेघाट सडक खण्डको सेलेघाट तर्फबाट आउँदैगरेको बा २ क ४५०७ नम्बरको टिपर सेलेघाटस्थित थापा पँधेरोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फावाखोलामा मोटर गुड्ने पुल निर्माण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेवल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गरिएको हो ।
सडक स्तरोन्नतिको काम अधुरै
सडक निर्माण कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन ।
हात्तीमैत्री वातावरण निर्माण गर्न ४ बुँदे घोषणापत्र
हात्तीमैत्री वातावरण निर्माण गर्न तथा वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानार्षण गराउने लगायतका ४ बुँदे संयुक्त घोषणापत्र जारी गरिएको छ ।
राप्ती–सोनारी ग्रामीण आँखा केन्द्र सञ्चालन
बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।
मन्थलीमा ‘डोको डस्टबिन’ अभियान
जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टबिन’ अभियान सुरु गरेका छन् । जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।
देउता रिसाउने कुप्रथाले कृषकलाई दुध बेच्न गाह्रो
दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।
सुन्तला बेचेर कमलले कमाउनुभयो ४० लाख
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ ।
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार
नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।
नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजना निर्माण तिव्र
ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई आगमी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तिव्रता दिइएको हो ।
अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’
बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।