• ६ जेठ २०८१, आइतबार

नवलपुरमा बाघ मृत भेटियो

blog

मृत बाघ ।

बोमलाल गिरी

नवलपुर, फागुन ४ गते । नवलपुरमा एउटा भाले बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको वनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

बाघ आफैँ मरेको हो कि मारिएको हो भन्ने यकिन भइसकेको छैन । तर डिभिजन वन अधिकृत अर्जुन सापकोटाले भने बाघ कालगतिले नै मरेको हुन सक्ने बताउनुभयो ।

बाघको अनुसन्धानका लागि प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोली घटना स्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।बाघको अवस्था हेर्दा केही दिन पहिले नै मरेको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ ।