• ४ जेठ २०८१, शुक्रबार

टिपर दुर्घटना हुँदा मजदुरको मृत्यु

blog

नवराज श्रेष्ठ

रामेछाप, फागुन ४ गते । रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । शुक्रवार बिहान ११ बजे मन्थली सेलेघाट सडक खण्डको सेलेघाट तर्फबाट आउँदै गरेको बा २ क ४५०७ नम्बरको टिपर सेलेघाटस्थित थापा पँधेरोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कार्यरत रोमन कन्स्ट्रक्सनका टिपर चालक महोत्तरी बर्दिबास नगरपालिका –५ का ५० वर्षीय जयबहादुर माझीको घटनास्थलमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईंले बताउनुभयो । 

उहाँका अनुसार टिपर सडकबाट अन्दाजी १०० मिटर तल खरपाखोमा खसेको छ । यो सँगै रामेछापमा चालु आर्थिक वर्षको हालसम्म सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि माघ महिनासम्म भएका १९ वटा सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । फागुन १ गते रामेछाप नगरपालिकास्थित ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।