• १२ असोज २०८१, शनिबार

दुर्गमका बालबालिकालाई सहयोग

blog

सत्यनारायण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक हस्तान्तरणपछि नगर उपप्रमुख विद्यार्थीको साथमा । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, फागुन ५ गते । 
कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ । नगरको वडा नं ९ स्थित लुव्रमा रहेको एक सामुदायिक विद्यालयमा नगरपालिकाले पोसाक सहयोग गरेको छ ।

शुक्रबार विद्यालयमै पुगेर नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सत्यानारायण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोसाक प्रदान गर्नुभएको हो ।

नगरपालिकाको ३९ हजार लागतमा भौगोलिक रूपमा निकै कठिन रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पोसाक मात्र भए पनि सहयोग पुगोस् भनेर प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका उपप्रमुख शाहीले यस अघि पनि बिना दरबन्दीमा अभिभावकको सहयोगमा मावि सञ्चालन गरिएको केही विद्यालयलाई पोसाक सहयोग गरेको बताउनुभयो । उहाँले स्थानीय सरकारका जनप्रतिनिधिले हेर्ने भनेको दुर्गम, अभावका बिचमा चलिरहेका विद्यालयको समस्या बुज्ने हो, त्यसैले क्रमशः विद्यालयमा अध्ययनरत विद्यार्थी सहयोग जारी राख्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघे कटुवालले नगरपालिकाले आफ्नो दुर्गमको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको समस्या बुझेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सरकार छ भन्ने विद्यार्थी समेत महसुस गरेको बताउनुभयो । विद्यालयका प्रअ कुल खत्रीले नगरको सहयोगले अभिभावकमा आर्थिक बोझ कम भएको प्रतिक्रिया दिनुभयो ।