• ८ जेठ २०८१, मङ्गलबार

एमाले कैलालीमा नेतृत्वका लागि उम्मेदवारी प्रस्तुत

blog

प्रकाशविक्रम शाह

धनगढी, फागुन ३ गते । नेकपा (एमाले), कैलालीको नवौँ अधिवेशन सुरु हुनुअघि नै विभिन्न पाँच पदका लागि दाबेदारी प्रस्तुत भएको छ । फागुन ६ र ७ गते सुख्खडमा हुने जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन हुन अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाले बिहीबार उम्मेदवारी प्रस्तुत गर्नुभएको हो । 

एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिमा अधिवेशन गर्न अघिवेशनपूर्व विभिन्न पदका आकाङ्क्षीको नाम सङ्कलन गरिएको बताउनुभयो । त्यसमा सहमतिको प्रयास हुने उहाँले बताउनुभयो । सहमति नभए फागुन ७ गते निर्वाचन आयोगले आफ्नै तरिकाले प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । 

दाबेदारी प्रस्तुत गर्नेमा उपाध्यक्षमा अहिलेका उपसचिव लोकेन्द्र शाही, सचिवमा अहिलेकै उपसचिव ममताप्रसाद चौधरीले उम्मेदवार बन्ने मनसाय व्यक्त गर्नुभयो । यस्तै, उपाध्यक्षका लागि निर्पवहादुर थ्यात, मनराज शाही, मदनराज ओझा, दलबहादुर रावल, प्रेमबहादुर डंगौरा, शर्मानन्द भट्ट, गजेन्द्र स्वारले समेत उम्मेदवार बन्न रुचि देखाउनुभएको छ ।

सोहीअनुसार सचिवमा ममताप्रसाद चौधरी, वक्तबहादुर शाही, हितेस ओझा, विष्णुबहादुर चौधरी, द्वारिकाप्रसाद न्यौपाने, भीष्मराज सुवेदी, वीरेन्द्रबहादुर रावल, शम्भु कुँवर, आनन्दप्रसाद भट्ट, चूडामणि भट्ट, कमलसिंह राना र विष्णु चन्दको उम्मेदवारी परेको छ । 

दुई उपसचिवमा लागि राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट, भुवन रिजाल, निर्मला सञ्जाल, धिमलाल जोशी, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारी, खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुवराज खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भूल, गोविन्द कोइराला, रत्ना कुँवर जोशी, गणेश बुढा र  सुरज परियारले दाबेदारी प्रस्तुत गर्नुभएको छ । 

सो अधिवेशनको केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो दलले जनाएको छ ।