• १४ वैशाख २०८२, आइतबार

माओवादी केन्द्रकाे प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

blog

नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ३ गते । नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो ।


मङ्गलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

हिजो (बुधबार) १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले जवाफ दिनुहुनेछ ।