• २४ वैशाख २०८१, सोमबार

भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो

blog

नयाँ दिल्ली (भारत), फागुन २ गते । भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ ।

डिसेम्बर २०२३ मा ५.६९ प्रतिशत थियो भने जनवरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.५२ प्रतिशत रहेकाे तथ्याङ्कले देखाएकाे छ ।

देशभरका चुनिएका ११ हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट सरकारी अधिकारीहरूले साप्ताहिक रोस्टरमा व्यक्तिगत भ्रमण गरेर खुद्रा मूल्य तथ्याङ्क सङ्कलन गर्नुभएकाे हाे । 

खाद्यान्नको मूल्यमा आएको गिरावटका कारण देशमा खुद्रा मुद्रास्फीति घटेको हो । जनवरीमा खाद्य मुद्रास्फीति ८.३० प्रतिशत थियो । जुन डिसेम्बर २०२३ मा दर्ता भएको ९.५३ प्रतिशत थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल