• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।

जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज(मङ्गलबार) आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको छ ।