• १३ वैशाख २०८२, शनिबार

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

blog

शनिबार नेपाल नागरिक अभियानले काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि गरिएको प्रदर्शन । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १३ गते । भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

शनिबार नेपाल नागरिक अभियानले काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो । आतङ्कवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । 

सो घटनाको विरोधमा आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन भएको छ । उनीहरूले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतङ्कवाद मुर्दावाद, आतङ्ककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।