कविराज घिमिरे
हिले, चैत ४ गते । देशभरि नयाँ दलले पुराना दललाई विस्थापित गरिरहँदा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला तेह्रथुममा भने फरक रुझान देखियो । नेकपा (एमाले) केन्द्रीय सचिव भानुभक्त ढकाललाई नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष सुब्बाले हराएपछि अहिले उहाँ चर्चामा हुनुहुन्छ ।
सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो । जिल्लाको म्याङलुङ नगरपालिका–१०, तम्फुलामा जन्मिनुभएका सुब्बा नेपाली कांग्रेसभित्र सङ्गठन निर्माणमा खारिएका, युवालाई जोड्ने र समाजसेवामा निरन्तर सव्रिmय युवा नेताका रूपमा परिचित हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा प्रतिनिधि सभा सदस्यसम्म पुगेर सफलताको नयाँ अध्याय लेख्न सफल हुनुभएको छ ।
सुब्बाको राजनीतिक यात्रा–२०५२ मा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को सदस्यता लिएसँगै सुरु भएको हो । क्याम्पस राजनीतिमा सव्रिmय रहँदै उहाँले सङ्गठन निर्माण, नेतृत्व विकास र युवालाई जागरुक बनाउने अभियानमा महìवपूर्ण भूमिका खेल्नुभयो ।
विद्यार्थी आन्दोलनलाई उहाँले केवल राजनीतिक गतिविधिमा सीमित नराखी सङ्गठन सुदृढीकरण र सामाजिक चेतनासँग जोड्ने प्रयास गरिरहनुभयो । सुब्बा नेपाली कांग्रेस तेह्रथुममा पटक पटक निर्वाचित पदाधिकारी बनेका छन् । सङ्गठनभित्रको जिम्मेवारी र पार्टीप्रतिको निष्ठाका कारण उहाँले जिल्लामा बलियो राजनीतिक आधार निर्माण गर्नुभएको छ । उहाँ २०६७ सालमा नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष, २०७२ सालमा सचिवको जिम्मेवारी समाल्नुभएको थियो । त्यसै गरी २०७८ सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा निर्वाचित हुँदै पार्टीको नीति निर्माण तहमा समेत सहभागिता जनाउनुभएको थियो । यसअघि २०७९ सालको प्रदेश सभा निर्वाचनमा पनि उहाँले उम्मेदवारी दिनुभएको थियो । तेह्रथुम प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका सुब्बा नेकपा (एमाले) का किशोरचन्द्र दुलालसँग झिनो अन्तरले पराजित हुनु भएको थियो । पराजयपछि पनि सुब्बा जिल्लामै रहेर सव्रिmय राजनीतिक भूमिकामा निरन्तर लागि सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र स्थानीय मुद्दामा आवाज उठाउँदै यस पटक भने गठबन्धनबिनै विजय हासिल गर्दै सांसदसम्मको यात्रा तय गर्न सफल हुनुभयो ।
चुनावी अभियानका व्रmममा सुब्बाले तेह्रथुमका मुख्य समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँका प्रमुख एजेन्डामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन विकास रहेका थिए । संसद्का रूपमा देशभरिको जनादेशका आधारमा प्रतिपक्षी भूमिकामा रहने उहाँको भनाइ छ । सांसद सङ्ख्या घटाउने त्यस्तै प्रदेश संरचना हेरफेर गर्ने कुरामा आफ्नो जोड हुने तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने कृषि, उद्यम, अनुदान, बजारका कुरामा आफ्नो जोड हुने उहाँको जोड छ ।
त्यस्तै कृषिजन्य उत्पादनमा बाँदरसहित जङ्गली जनावर नियन्त्रणको प्रयास र पहाडी क्षेत्रबाट हुने बसाइँसराइ रोक्न गर्नुपर्ने नीतिगत सुधार र विकल्पका बारेमा सधैँ लागिपर्ने र तेह्रथुमेली जनताको सुखदुःखमा एकसाथ रहने उहाँको प्रतिबद्धता छ । राजनीतिक क्षेत्रसँगै शैक्षिक रूपमा पनि सबल सुब्बाले कानुन विषयमा स्नातक (एलएलबी) सम्म अध्ययन गर्नुभएको छ । कानुनको ज्ञान भएकाले नीति निर्माण, संविधान, विधि र सुशासनका विषयमा उहाँको बुझाइ स्पष्ट रहेको छ । उहाँ “विकाससँगै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वबिना राजनीतिक परिवर्तन अधुरो रहने” धारणा राख्नुहुन्छ ।
२०३४ सालमा बुवा सुरेशकुमार सुब्बा र आमा शिवमाया सुब्बाको सन्तानका रूपमा म्याङलुङमै जन्मनुभएका सुब्बा विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा लागेर सुरु भएको लामो सङ्घर्ष, सङ्गठनात्मक अनुभव, सामाजिक सव्रिmयता र जनसम्पर्कको बलले अन्ततः प्रतिनिधि सभासम्म पु¥याएको छ । तेह्रथुमको विकास र राजनीतिक भविष्यसँग जोडिएको आशा र अपेक्षासहित अब उहाँ सङ्घीय संसद्मा जिल्लाको आवाज बन्ने विश्वास तेह्रथुमेली जनताको रहेको छ ।