• ४ चैत २०८२, बुधबार

कृत्रिम अभाव रोक्न पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन

blog

आयल निगमद्वारा बागलुङका पेट्रोल पम्प र ग्यास डिपोमा गरिएको अनुगमन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत ४ गते ।
ग्यास  र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम्पको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा पेट्रोलियम पदार्थको सहज आपूर्ती र ग्यासको अनुचित भण्डारण नगरेको पाइएको हो । बागलुङमा सोमबारदेखि आधार लिसिण्डर ग्यास भित्रिएको छ ।

आधा सिलिण्डर ग्यास भित्रिएपछि डिपोले स्टक राखेर अनुचित लाभ लिन सक्ने भन्दै डिपोको गोदाममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विकको नेतृत्वमा आयल निगमका प्रतिनिधि सहितले अनुगमन गरिएको हो ।

न्यू ध्रुव इन्टरप्राइजज पेट्रोल पम्प र न्यू धौलागिरी इन्टरप्राइजेजको पेट्रोल पम्पको स्टक तथा परिणाम मापन गरिएको छ । पम्पले वितरण गर्ने पेट्रोल तथा डिजेलको परिणाम मापन राम्रो रहेको नेपाल आयल निगमका सहायक प्रबन्धक श्रीधर लामिछानेले जानकारी दिनुभयो ।

यस्तै आधार सिलिण्डर ग्यास पठाउन थालेपछि बागलुङमा ग्यास उपभोक्ताले सजिलै पाउन सक्ने गरी आपूर्ती भइरहेको उहाँले बताउनुभयो ।

लामिछानेका अनुसार जिल्लाको आचार्य स्टोर्स, आरएस स्टोर्स र फेमेली मार्टमा अनुगमन गर्दा उपभोक्ताले सहजै ग्यास पाइरहेको फेला परेको छ ।

उनिहरुले स्टक लुकाउने, धेरै मूल्यमा बिक्री गर्ने तथा कृत्रिम अभाव खडा गर्नेजस्ता अनुचित भएको फेला नपरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विकले जानकारी दिनुभयो ।

बजारमा कृत्रिम रूपमा एलपी ग्यास र खाने तेल लगायतका सामग्रीको अभाव देखिएको हल्लापछि यहाँको प्रशासनले जनताको चुलो निभ्न नदिने भन्दै अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकमार्फत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अनुगमन र सहज आपूर्तीका लागि आयल निगमका प्रतिनिधि समेत बोलाएर अनुगमन गरेको बातउनुभयो ।

बागलुङमा पछील्लो २ दिनमा दुई हजार ४०० आधा भरेका ग्यास सिलिण्डर भित्रिएपछि उपभोक्तालाई राहत मिलेको हो । नेपाल ग्यास, गृहलक्ष्मी र शक्ति ग्यासगरी दुई हजार ४०० ग्यासका सिलिण्डर भित्रिएको र तत्कालै थप ग्यास आपूर्तीको व्यवस्था भए ग्यासको अभाव नहुँने आयल निगमले जनाएको छ ।

अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, ग्यास विक्रेताका सचिव राजु गौतम, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम र बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख सरस्वती रेग्मी लगायतको उपस्थिति रहेको थियो ।