• ४ चैत २०८२, बुधबार

जबरजस्ती करणी मुद्दाका फरार पक्राउ

blog

अर्जुन काफ्ले 
स्याङ्जा, चैत ४ गते ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका एक कसुरदारलाई जिल्ला प्रहरी कार्यालय पक्राउ गरेको छ । 
प्रहरीले विरुवा गाउँपालिका –८ का गन सिँह थापाका छोरा चन्द्र सिँह थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाबाट छ वर्ष कैद सजाय तोकिएका फरार सिंहलाई प्रहरीको विशेष सिंहलाई पक्राउ गरेको प्रहरी निरीक्षक अमृत त्रिपाटीले जानकारी दिनुभयो ।

पक्राउ परेका सिंहलाई कैद तथा जरिवाना भुक्रानको लागि प्रक्रिया अगाडि बढाएको त्रिपाटीले बताउनुभयो ।