• २१ वैशाख २०८१, शुक्रबार

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर ।

काठमाडौं, फागुन १ गते । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनुहुँदै अहिले दक्षिण एसियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "आज फागुन १ गते महान् जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्धकालमा बढो कठिन जटिल र चुनौतीमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् । अहिले दक्षिण एसियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलीलाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिन हो ।"

यस्तै, अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा समेत चर्चा गर्ने बताउनुभयो ।