• १२ मंसिर २०८१, बुधबार

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते

blog

न्युयोर्क, फागुन १ गते । न्युयोर्कको ब्रोंक्स कन्ट्री सब वे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको  एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपराह्न करिब ४ः३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  घटनाबारे अनुसन्धान जारी छ । रासस/एएनआई