• ६ जेठ २०८१, आइतबार

अरुण तेस्रोको भौतिक प्रगति ७० प्रतिशत

blog

ध्यान कुलुङ

सङ्खुवासभा, फागुन १  गते ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्याङ्कन गर्दा त्यस्तो प्रगति देखिएको हो ।

परियोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खन्ने काम सम्पन्न भइसकेको परियोजनाको प्रवर्धक सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । खनेर माटो निकालिसक्नेबित्तिकै ढलानको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

बाँध स्थलबाट विद्युत्गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ । प्रमुख कार्यकारी अधिकृत धिमानका अनुसार हाल सुरुङभित्र हेडिङ बेन्चिङ र कङ्व्रिmट ९अर्ध गोलाकारमा ढलाइ० को काम भइरहेको छ । यो कार्य पनि सम्पन्न हुने अवस्थामा पुगेको अधिकृत धिमानले जानकारी दिनुभयो ।

यता चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । यहाँको सम्पूर्ण संरचना जमिनभित्र नै रहने अरुण तेस्रो जलविद्युत् परियोजनाका उपमहाप्रबन्धक रमेशचन्द्र सुलेरियाले जानकारी दिनुभयो । यसअघि नै आवश्यक दुई वटा हल ९कोठा० निर्माण भइसकेको र अहिले केही भागमा ढलानको काम भइरहेको र केहीमा उपकरण राख्ने कार्य भइरहेको सुलेरियाले जानकारी दिनुभयो । हलभित्र दुई वटा टर्वाइन जडान गरी विद्युत् उत्पादन गरिने छ । 

परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । स्थानीयले मुआब्जा नपाएको भन्दै पटक पटकको अवरोधले निर्माणमा असर पुगेको बताउनुहुँदै प्रसारण लाइन निर्माणको क्रममा समेत ठाउँ ठाउँमा अवरोध रहेको उपमहाप्रबन्धक सुलेरियाले जानकारी दिनुभयो । चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि सङ्खुवासभामा बढी अवरोध रहेको उहाँले बताउनुभयो । त्यस्तै भोजपुरको ट्याम्के मैयुम गाउँपालिकामा पनि सामान्य अवरोध रहेको उहाँले जानकारी दिनुभयो । बाँकी जिल्लामा भने धमाधम काम भइरहेको उपमहाप्रबन्धक सुलेरियाले जानकारी दिनुभयो ।

परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले सेयर पाउने परियोजना विकास सम्झौता ९पिडिए० मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने पिडिएमा उल्लेख गरिएको छ । पिडिए अनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपियाँ स्थानीयलाई सेयर दिइने छ । सेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत ९८० करोड० र पहिलो उत्पादन वर्ष सकिएपछि तर दोस्रो उत्पादन वर्षको अन्त्यअघि बाँकी ५० प्रतिशत सेयर वितरण गरिने छ । सेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१।९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ ।