• १३ वैशाख २०८२, शनिबार

कांग्रेसद्वारा भोजन व्यवस्थापन उपसमिति गठन

blog

काठमाडौं, माघ २९ गते । नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन भोजन व्यवस्थापन उपसमिति गठन गरेको छ ।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा भोज व्यवस्थापन उपसमिति गठन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उपसमितिमा मेखलाल श्रेष्ठ, सुदर्शन घिमिरे, प्रगतिमान रञ्जित, निशान ढुङ्गेल, ऋषिदेव फुयाँल र सम्झना भट्टराई सदस्य हुनुहुन्छ । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै छ ।