राधा लुइँटेल
फिदिम, माघ २९ गते । पाँचथरको सदरमुकाम फिदिम बजारमा सोमबार बिहान एउटै कुकुरले टोक्दा नौ जना घाइते भएका छन् । बिहान सदरमुकाम फिदिमको वडा नम्बर १ र ४ का मा कुकुरले यत्तिका नागरिकलाई टोकेको हो ।
कुकुरले टोकेका ९ मध्ये २ जनाको शरीरमा गम्भीर चोट लागेको पाँचथर अस्पतालले जनाएको छ । उनीहरू सबैको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । नौ जनालाई एकै बिहान टोकेको कुकुरलाई नगरपालिकाका कर्मचारी र प्रहरीले कहिबेर अघि नियन्त्रणमा लिएका छन् ।
कुकुरलाई रेबिज सङ्क्रमण भए नभएको परीक्षणका लागि डिएनए टेस्ट गर्ने तयारी भइरहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख डाक्टर मनोज महतोले बताउनुभयो ।