• १ असोज २०८१, मङ्गलबार

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख

blog

बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ । असार १ गते प्रस्तुत भएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि सरकारले फेरि संशोधित बजेट प्रस्तुत गरेको हो ।