• २९ वैशाख २०८३, मङ्गलबार

प्रतिनिधिसभा बैठक बस्दै

blog

फाइल तस्बिरः

काठमाडौँ, वैशाख २९  गते ।  प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ । रासस