• १ असोज २०८१, मङ्गलबार

लुम्बिनी प्रदेश कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

blog

निमा गिरी ।

लिलाधर वली

घोराही, भदौ ३१ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीनामा बुझाउनुभएको हो । 

विविध कारणले आगामी दिनहरूमा सचेतकको भूमिका निर्वाचन गर्न असमर्थ रहेकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । उहाँले करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

गिरीले आइतबार महिला सांसदसहित संसदीय दलका नेता चौधरीलाई भेटेर सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन आग्रह गर्नुभएको थियो । 

पछिल्लो कांग्रेस–एमाले गठबन्धन सरकारमा गिरी पनि मन्त्रीको आकाङ्क्षीका रूपमा रहनुभएको थियो । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।