• ३ असार २०८१, सोमबार

गण्डकी मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा सुरु

blog

धार्मिक स्थल बागलुङ पञ्चकोटमा सुरु भएको मन्त्रीपरिषद्को बैठक । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, माघ २९ गते ।  गण्डकी प्रदेश सरकारको  मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित  ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ ।  पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पु र्‍य ाउन गण्डकी सरकारको मन्त्रिपरिषद्को  बैठक पञ्चकोटमा बसेको हो । 

बैठकका लागि सोमबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरू पञ्चकोट आउनुभएको छ । प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक सुरु भएको  मुख्यमन्त्रीको सचिवालयका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनुभयो ।

ब्रह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमल नयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २३ गते सम्म ब्रह्माण्डीय महायज्ञ हुन लागेको हो । 

पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी मुक्ति क्षेत्र र शालिग्रामको महिमालाई विश्व स्तरमा पु र्‍य ाउन  नेपालमै पहिलो पटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका प्रवक्ता सुदर्शन  प्रपन्नाचार्यले बताउनुभयो ।