• ३ असार २०८१, सोमबार

बारपाक सडक कालोपत्रे

blog

सुलीकोट समाचारदाता

सुलीकोट, माघ २९ गते । गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । 

“साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,” उहाँले भन्नुभयो, “केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे दुई सय मिटर ढलान भएको छ ।” २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ । 

निर्माण कम्पनीलाई ताकिता गरेपछि भने गत वर्षको फागुनबाट कामले गति लिन थालेको जानकारी उहाँले दिनुभयो । छ पटक म्याद थपेपछि मात्र कालोपत्रे गर्ने कामले गति लिएको हो । घुमाउरो बाटोमा छ मिटरभन्दामाथि ढलान गरिएको छ भने साढे दुई सय मिटर ढलान पनि सम्पन्न भएको भालुस्वाँरा सडक कार्यालय गोरखाले जनाएको छ ।

यस सडकको जम्मा लागत तीन करोड ५४ लाख ६० हजार बजेटमा रसुवा इलाइट सूर्य जेबीसँग ठेक्का सम्झौता भएको थियो ।