• १२ साउन २०८१, शनिबार

बालबालिकालाई पोसाक वितरण

blog

इनरुवा–२ मा बालबालिकालाई पोसाक वितरण गरिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ २९ गते । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बुढासुब्बा आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ । पूर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले विद्यालयमा अध्ययनरत ११० जना बालबालिकालाई पोसाक वितरण गर्नुभएको हो ।

सरस्वती पूजाको अवसरमा बालबालिकालाई पोसाक तथा जुत्तामोजा सेट वितरण गरिएको मेहताले बताउनुभयो ।मेहताले विद्यालयमा एक कार्यक्रमबिच बालबालिकालाई पोसाक वितरण गर्नुभयो ।

पोसाक वितरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इनरुवा नगरपालिका उपप्रमुख विनीता मेहता, सदस्य वीरेन्द्रकुमार मेहता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि थापा मगरलगायतको उपस्थिति थियो ।