इरान, माघ २९ गते । इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इरानले लेबनानमा युद्ध विस्तार भएको हेर्न नचाहेको बताउनुभएको छ । युद्ध समाधान नभएको भन्दै उहाँले युद्धको दायरा विस्तार गर्न नचाहेको बताउनुभयो । उहाँले आफ्नो लेबनानी समकक्ष अब्दल्लाह बो हबिबसँग बेरुतमा संयुक्त पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँगको भेटमा अमिर–अब्दुल्लाहियानले गाजामा इजरायली आक्रमण रोक्न र यस क्षेत्रका सबै देशहरूका लागि न्यायसङ्गत समाधानमा पुग्न थप प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल