• १२ मंसिर २०८१, बुधबार

गाजाको रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

blog

गाजा, माघ २९ गते । दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले जनाएको छ ।

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले सोमबार दक्षिणी गाजामा आतङ्कवादीले शृङ्खलाबद्ध आक्रमण गरेको तर अन्य विवरण प्रदान नगरेको बताएको छ ।

सात अक्टोबर २०२३ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक सय ७६ पुगेको छ । आक्रमणमा  ६७ हजार सात सय ८४  घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधाआधी बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् ।

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधी सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ । रासस/सिन्ह्वा