संज्ञानात्मक विज्ञानबाट नेपालको परिचय
भारतको गोवास्थित बिरला इन्स्टिच्युट अफ टक्नोलोजी एन्ड साइन्सको कग्निटिभ न्युरोसाइन्स ल्याब (संज्ञानात्मक स्नायु विज्ञान प्रयोगशाला) ले आयोजना गरेको सोसाइटी फर कग्निटिभ साइन्स अफ कल्चरको तेस्रो अन्तर्राष्ट्रिय कार्यशालामा मलाई मूल वक्ताका रूपमा बोलाइएको थियो । यो सोसाइटी संज्ञानात्मक विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने विश्वका विभिन्न देशका वैज्ञानिकले हाम्रो मस्तिष्कमा मानव संस्कृतिका विभिन्न अवयव जस्तै भाषा, धर्म, साक्षरताले पार्ने प्रभावको अध्यय
उज्यालो पर्व तिहार
दसैँको उल्लास र उमङ्गको रौनक सेलाउन नपाउँदै आउने तिहार पर्व दसैँ जस्तै धार्मिक र सामाजिक महìवको पर्व हो । दसैँमा पशुबलि वा हिंसाको बाहुल्यता रहेको हुन्छ भने तिहारमा आपसी भाइचारा र वसुधैव कुटुम्बकम्को भावना मुखरित भएको पाइन्छ । दसैँमा कालरात्रि जगाइन्छ भने तिहारमा दीपावलीको आलोक । प्रायः कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट त्यसै महिनाको शुक्लपक्षको द्वितीया तिथि पाँच दिनसम्म सम्पन्न गरिने र त्यसै पाँच दिनभित्र मृत्युका देवता यमराजको पूजा हुने हुँदा तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
शिक्षक तालिम र प्रतिफल
शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी मानिन्छ । नेपालमा शिक्षक तालिमको इतिहास केलाउँदा विसं २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भएको देखिन्छ । विसं २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा विसं २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महाविद्यालयको स्थापना भएको थियो ।
भूकम्प र जीवन
विसं २०८०, कात्तिक १७ गते अर्थात् नोभेम्बर ३ तारिक २०२३ शुक्रबार पश्चिम नेपाल (जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर) गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ३५ हजार मानिस घरबार बिहीन भएका छन्, १७ हजार सात सय घर पूर्ण रूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केकाले बस्न नमिल्ने भएका छन् । शुक्रबारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको छ, तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् भने २६४ जना घाइते भएका छन् । त्यस भूकम्पपछि मात्रै कर्णालीमा हालसम्म चार म्याग्निच्युडभन्दा माथिका नौ वटा पराकम्प गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।
दानवीर सुवर्णशमशेर
नेपाली कांग्रेसका संस्थापक सुवर्णशमशेर एक असल उदार राजनीतिज्ञ मात्र होइन प्रजातन्त्र र मानव अधिकारप्रति पूर्ण रूपमा समर्पित एक योद्धा हुनुहुन्थ्यो । राणा कुलमा जन्मिएर पनि जनअधिकारप्रति सजग प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध एक इमानदार व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नै पारिवारिक राणा शासकको कोपभाजनमा परी कलकत्ता (भारत) प्रवासमा जानु परेको थियो । कलकत्तामै नेपालमा प्रजातन्त्र स्थापनार्थ २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गर्नुभयो । उता बनारसमा २००३ सालमै बिपी कोइरालाको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गरी सक्नुभएको थियो ।
जवाफदेहितामा कमजोरी
फ्रेड रिग्सले सन् १९६२ मा सार्वजनिक ‘प्रशासनको पर्यावरण’ सिद्धान्त प्रस्तुत गर्ने क्रममा भनेका थिए कि प्रशासनले कुनै पनि मुलुकको निश्चित अवधिमा सांस्कृतिक, मनोवैज्ञानिक र आर्थिक शक्तिबिच हुने अन्तव्रिर्mयालाई प्रतिनिधित्व गर्दछ । पर्यावरण सिद्धान्तले प्रशासनलाई समाजको स्थूल प्रणालीको उपप्रणाली मान्छ । पर्यावरण
अपाङ्गता अधिकार संरक्षण
अपाङ्गता भएका व्यक्तिहरूका अधिकार संरक्षण गर्नका लागि संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १३, २००६ मा महासन्धि जारी गरी मार्च ३०, २००७ मा हस्ताक्षरका लागि खुला गरेको थियो । महासन्धिको अनुमोदन गर्ने राष्ट्रहरू हाल १८२ रहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी स्वेच्छिक प्रोटोकल पनि छ । महासन्धिमा ८ वटा सिद्धान्त र ५० वटा धारा छन् । नेपालले मे ७, २०१० मा महासन्धिको अनुमोदन गरी अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण र संवर्र्धन लागि नीति, ऐन, कानुन, निर्देशिका, योजना र कार्यक्रममा जोड दिँदै आएको छ ।
भूकम्पले सिकाएको पाठ
केही दिनअघि जाजरकोट र रुकुमका नागरिकको मस्त निद्रामाथि अचानक हमला भयो । यो हमला कुनै शत्रु पक्षले गरेको थिएन । हरेक प्राणीको जीवन रक्षा गर्ने प्रकृति आफैँले त्यहाँका नागरिकमाथि धावा बोलेको थियो । कतिपय प्राकृतिक प्रकोप मानिस आफ्ना कर्मले निम्त्याउँछ तर यस पटक यहाँ नागरिकको कुनै दोष थिएन । भूकम्पलाई नागरिकले प्रतिरोध वा प्रतिरक्षा गर्ने तागत आजसम्मको विज्ञानले पत्ता लगाउन सकेको छैन । त्यसकारण आफ्नो गल्तीबिनाको सजाय यस पटक यस भेकका नागरिकले बेहोरे । सानातिना भूकम्पलाई पचाएको अनुभूति गर्न थालेका नेपाली नागरिकलाई २०७२ सालको सम्झना दिलाउने गरी यस पटकको आक्रमण रुकुम र जाजरकोटमा भयो । यो घटनासँगै फेरि एक पटक भूगर्भविद्हरूका अनुमान छरपस्ट हुन सुरु भएका छन् ।
बेरुजुको अवस्था र न्यूनीकरण
नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद्, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तहदेखि सबै सरकारी अड्डाको लेखा कानुनबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखा परीक्षकबाट लेखा परीक्षण हुने व्यवस्था गरेको छ । लेखा परीक्षण ऐन, २०७५ ले सरकारी कार्यालय, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने व्यवस्था छ । उपरोक्त संवैधानिक तथा कानुनी प्रावधान अनुसार महालेखा परीक्षकको कार्यालयले सङ्घ, प्रदेश, स्थानीय तह तथा सङ्गठित संस्थाको वार्षिक लेखा परीक्षण गर्दै आएको छ ।