गणतन्त्रमा सबैलाई समान अवसर
मानव सभ्यताको क्रमसँगै विश्वमा विभिन्न किसिमका राजनीतिक व्यवस्थाको अभ्यास हुँदै आएको र समयको अन्तरालमा त्यस्ता व्यवस्था बिस्तारै जीर्ण हुँदै गएका कारण तिनले बदलिँदो समयको मागलाई सम्बोधन गर्न सकेनन् र ति क्रमशः रूपान्तरण र परिवर्तन हुँदै गए ।
लोकतान्त्रिक गणतन्त्रको यात्रा
जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य भएको र देशमा गणतन्त्रको स्थापना भएको घोषणा हु“दा लाखौँ नेपाली जनता काठमाडौँको सडकमा हर्ष र उत्साहले रोमाञ्चित थिए ।
सार्वजनिक सेवा र सुशासन
शासनको वैधता, सर्वस्वीकार्यता तथा स्थायित्व सार्वजनिक सेवाको प्रभावकारीमा निर्भर हुन्छ । झट्ट सुन्दा सार्वजनिक सेवाले सरकारी सेवालाई नै प्रतिनिधित्व गर्छ । यो दृष्टिकोणबाट राज्यद्वारा नागरिकका लागि प्रदान गरिने सम्पूर्ण सेवा सार्वजनिक सेवा हुन् । जसलाई सरकारी सेवा पनि भनिन्छ ।
गणतन्त्रमै जनअधिकार सुनिश्चित
विसं २०६२/६३ को निर्णायक र बलिदानीपूर्ण ऐतिहासिक जनआन्दोलनको विजयपछि २०६३ वैशाख १० गते राति तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको सम्बोधनबाट ब्युँतिएको व्यवस्थापिका संसद्को २०६५ जेठ १५ गतेको ऐतिहासिक निर्णयबाट नेपालमा पहिलो पटक गणतन्त्र स्थापना भएको हो ।
गणतन्त्रपछि राजस्व मार्गचित्र
आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट निर्माण हुनुपर्ने राष्ट्रिय योजना आयोगको अभिमत छ ।
दूरदर्शी नेतृत्वको पहिचान
नेता तथा नेतृत्वको परिभाषा विभिन्न विद्वान्ले जसरी गरे पनि राजनीतिक आँखाबाट हेर्दा नेता भनेको देश र जनताले दीर्घकालसम्म स्मरण गर्न लायकका विचार र व्यवहारले खारिएको व्यक्तित्व हुन् ।
व्यावसायिक पत्रकारिताको जन्मदाता
व्यावसायिक पत्रकारिता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने मान्यता छ ।
संवैधानिक निकायको गरिमा
निर्वाचन आयोगको प्रमुख आयुक्त पद रिक्त भएको एक महिनाभन्दा बढी भइसकेको छ ।
विद्यालय सञ्चालनमा जवाफदेहिता
आधुनिक समाजमा व्यक्तिले आफ्नो जीवनका लागि आवश्यक ज्ञान, सिप र अभिवृत्ति तथा सामाजिक जीवनका लागि नैतिकता, असल आचरण र व्यवहार विद्यालयबाट सिक्छ ।
जलविद्युतबाट समृद्धि
नेपालमा योजनाबद्ध विकासको थालनी भएको झन्डै ७५ वर्ष बितिसकेको छ ।
उत्प्रेरणाले संस्थागत विकास
संस्था निश्चित लक्ष्य प्राप्तिका लागि विभिन्न उद्देश्यले प्रेरित भइ गठन गरिएको विभिन्न विचार, धारणा, ज्ञान र सिप, योग्यता भएका व्यक्तिको संयोग हो ।
महत्व नबुझिएको ‘थिङ्क ट्याङ्क’
‘नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, विकासनिर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध तथा शासकीय सुधार क्षेत्रका विभिन्न पक्षमा नेपाल सरकारले अपनाउने वा अपनाएका विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी गर्नुपर्ने सुधारको सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्न’ गठन आदेश, २०७५ मार्फत स्थापना भएको नेपाल सरकारको ‘थिङ्क ट्याङ्क’ हो– नीति अनुसन्धान प्रतिष्ठान ।
सुशासनको निम्ति इमानदार नेतृत्व
मुलुकको परिवेश सुहाउँदो असल राज्य व्यवस्था हुनु सुशासन हो ।
सगरमाथा संवादले नछोएको पाटो
स्वागतयोग्य सगरमाथा संवाद २५ बुँदे सचेतनापत्र जारी गर्दै सकिएको छ ।
अर्थतन्त्र सुधार्न दलको नीतिगत दृष्टिकोण
कुनै पनि देशको मेरुदण्ड भनेको अर्थतन्त्र हो । ‘
राष्ट्रवादको फराकिलो आयाम
अनेक मानिसको साझा विचार र स्वीकारोक्तिको समूह नै राष्ट्र हो
मधेश पत्रकारिताको नालीबेली
नेपाली भाषा साहित्यको सुधार गर्ने अभियान अन्र्तगत विसं १९५५ मा ‘सुधासागर’ पत्रिकाको प्रकाशन प्रारम्भ भएको देखिन्छ
जैविक विविधताको मूल्य
विविध प्रकारका वंशाणु, प्रजाति तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी सन् १९९२ को ‘रियो दी जेनेरियो’ मा सम्पन्न विश्व सम्मेलनपछिका दिनमा जैविक विविधता विश्वको ठुलो अनुसन्धान र छलफलको विषय बनेको छ ।
चट्याङमुक्त राक्सिराङको परिकल्पना
परेवाटार, राक्सिराङ गाउँपालिकाका सीताराम स्याङतानलाई तीन पटक चट्याङ लागिसकेको छ ।
बजेटमा समेट्नुपर्ने विषय
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकाले तीव्र रूपमा काम भइरहेको छ ।
अग्रिम जमानतको औचित्य
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकको मसौदा तयार गरेको छ ।
एसियाली भूराजनीतिक सङ्कट
‘एसियाली शताब्दी’ भन्ने पदावली आजकल खुबै चल्तीमा छ ।
नागरिक–सेना सम्बन्ध
नेपाली सेनालाई भोलिको दिनमा हुन सक्ने दुर्घटना वा घटनाको सामना गर्नका लागि उच्च प्रविधि, आधुनिक हातहतियार र क्षमतावान् मानवस्रोतद्वारा बलियो बनाउनु जरुरी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराई सेनाको अधिकतम क्षमताको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।जाँन लँकको सामाजिक सम्झौताको सिद्धान्तदेखि स्यामुयल पी हन्टिङ्गटनको नागरिक सेना सम्बन्धसम्म आइपुग्दा तत् तत् समयको शासकीय प्रणाली र सामाजिक स्थितिको वस्तुगत आधारमा राज्य सञ्चालनभित्र सैन्य शक्तिको महìव र शासकीय नियन्त्रणबारे स्पष्ट अवधारणाको विकास भइसकेको थियो । फलतः नागरिक र सेनाबिचको अन्तरसम्बन्धले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँछ भन्ने मान्यतामा आधारित रहेर ‘डेमोव्रmेटिक सिभिलियन सुप्रिमेसी’ को विषय लोकतन्त्रको विशेषता बन्यो । जननिर्वाचित सरकारको मातहतमा रहेर सेनाले मुलुकको रक्षा गर्नु पर्छ भन्ने विषयलाई आधुनिक सुरक्षा शास्त्रको मुख्य आधार बनाइयो । विभिन्न देशमा हुने गरेका विगतका सैन्य शासनले निरङ्कुशतालाई बढाएको र नागरिकको आवाजलाई बुटले कुल्चेको देखेर नागरिक र सेनाको सम्बन्धलाई लोकतन्त्रको फ्रेममा राखेर अध्ययन गरियो । त्यसले शक्तिको विन्यासलाई स्पष्ट पा¥यो । त्यसैको परिणाम थियो– सेनामाथिको नागरिक सर्वोच्चता । कतिपय व्यक्तिले राजनीतिक दल वा नेता वा निजामती प्रशासकको एकल मातहतमा रहेर सुरक्षा निकायले काम गर्ने विषय नै नागरिक सर्वोच्चता हो भन्ने भाष्य बनाउँछन् तर त्यो सोच गलत हो । नागरिक सर्वोच्चताको विषय लोकतन्त्रको अभ्याससँग जोडिएको हुन्छ । लोकतान्त्रिक निर्वाचनको माध्यमबाट चुनिएका नागरिकहरू रहेको व्यवस्थापिका र व्यवस्थापिकाले निर्वाचित गरेको सरकार (वेस्ट मिनिस्टियल मोडेलको सन्दर्भमा) का मातहत रहेर सेनाले कानुनद्वारा प्राप्त जिम्मेवारी, दायित्व र कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्नु पर्छ । यसरी कानुनले दिएको जिम्मेवारी पूरा गर्ने विषयलाई नागरिक सर्वोच्चताको परिधिभित्र राखिन्छ । यो नै नगरिक–सेना सम्बन्धको आधार हो । यो जडताको विषय होइन, जीवन्तताको विषय हो । यो निरङ्कुशताको विषय होइन, लोकतन्त्रको विषय हो । नागरिक सर्वोच्चतास्वभावतः लोकतन्त्रभित्र नागरिक सर्वोच्चता नै प्रमुख हुने भएकाले हाम्रो संविधानको प्रस्तावनाको सुरुवात नै ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भन्ने वाक्यांश राखिएको हो । यस अर्थमा राज्यको संरचनाभित्र रहेका जति पनि संस्था छन्, ती सबै संस्थालाई निर्देशन गर्ने विषय कानुनगत निर्णयमा आधारित हुन्छन् । जनताको प्रतिनिधित्व गर्ने निर्वाचित सरकारले कानुनद्वारा सुरक्षा निकायको स्थापना गर्छ । सरकारले सुरक्षा निकायलाई उत्तरदायित्व सहितको स्वायत्तता प्रदान गर्छ । उक्त निकायलाई आवश्यक पर्ने बजेटलगायत अन्य स्रोतसाधन उपलब्ध गराउँछ र व्यावसायिक मूल्य मान्यताभित्र रहेर राज्य र जनताको हित एवं सुरक्षाका लागि निष्ठापूर्वक काम गर्न आदेश गर्छ । यो आदेश ‘नागरिक सर्वोच्चता’ को हैसियतबाट दिइएको हुन्छ । यसरी नागरिक सर्वोच्चताभित्र कुनै एउटा व्यक्ति, राजनीतिक दल, समूह वा सम्भ्रान्त वर्गको आदेश र निर्देशनको कुनै अर्थ रहँदैन । नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रहेको नेपाली सेनाको परिचालन र सञ्चालन नेपालको संविधान र संविधान अन्तर्गत बनेको कानुनले निर्देशन गरेको छ । सैनिक मूल्यमान्यता र संस्कारकोे आधारमा निर्देशित कामहरू उसले गर्नु पर्छ र गर्र्दैआएको पनि छ । नेपाली सेनाको विगतलाई हेर्ने हो भने कानुनले तोकेका बाहेकका अन्य काममा उसले आफ्नो समय बर्बाद गरेको छैन । सेनाको निष्ठालाई यही आलोकमा बुझ्नु पर्छ । उक्त निष्ठालाई तीन वटा उपागम (एप्रोच) का माध्यमबाट हेरिन्छ–संस्थागत, व्यवहारगत र प्रवृत्तिगत कार्यशैली । पृथ्वीनारायण शाहको समयमा स्थापित सैनिक संस्था हालसम्म आइपुग्दा उसको संस्थागत भूमिकालाई अध्ययन गर्ने हो भने ऊ जहिले पनि देश र जनताका लागि लडेको छ । राजनीतिक परिवर्तन अनुसारको कानुन र नीतिगत निर्णय एवं आदेशको अक्षरशः पालना गरेको छ । हिजो पञ्चायतकालीन संविधानले नेपाली सेनालाई जे जस्तो कार्यक्षेत्र तोकेको थियो, उसले त्यही कार्य ग¥यो । आज पनि संविधानले दिएको कार्यक्षेत्रभन्दा बाहिर गएर उसले कुनै कार्य गरेको छैन । यस हिसाबले अहिले हेर्दा नेपाली सेनाले नागरिक सर्वोच्चतालाई अक्षरशः स्वीकार गरेको पाइन्छ । यस कोणबाट उसमाथि अन्यथा शङ्का गर्नुपर्ने ठाउँ छैन । हो, २०४६ को आन्दोलन पश्चात् पुनस्र्थापित बहुदलीय व्यवस्थाले नेपाली सेनलाई दरबारिया सेना सम्झेर शङ्काको दृष्टिले नहेरेको होइन । त्यो बेला त्यहाँ दुवैै पक्षमा विश्वासको वातावरण बनाउन सकस भएको बुझ्न सकिन्थ्यो । दोस्रो जनआन्दोलनले मुलुकमा ठुलै राजनीतिक परिवर्तन गर्दा पनि शस्त्रअस्त्रले सुसज्जित बलियो सुरक्षा सङ्गठनको रूपमा रहेको नेपाली सेनाले जनअनुमोदित संविधानलाई सम्मान ग¥यो । नेपाली सेनाले आफूलाई एउटा व्यावसायिक, गैरराजनीतिक र राज्य तथा नागरिकप्रति निष्ठा बोकेको प्रतिबद्ध सैनिक सङ्गठनको रूपमा स्थपित गरेर उक्त समयमा देखिएको राजनीतिक शङ्का उपशङ्कालाई निरस्त्र गरेको थियो । त्यसो हो भने नागरिक सर्वोच्चताको विषय लोकतान्त्रिक शासन प्रणालीभित्र किन उठ्ने गर्छ ? नागरिक सर्वोच्चताको उद्देश्य हो–राज्यको शासकीय प्रणालीभित्र सैनिक प्रभुत्व (डोमिनेन्स) होइन, नागरिक प्रभुत्व स्थापित गर्नु । जब नागरिक प्रभुत्व कमजोर हुन्छ, सेनाको प्रभुत्व बढ्छ । सेनाको प्रभुत्व बढ्नुको अर्थ हो, सैनिक शासनको उदय हुनु । सैनिक शासनको उदय हुनुको मतलब हो–नागरिक अधिकारको कटौती हुनु, कानुनी शासनको अन्त्य हुनु, निष्पक्ष निर्वाचन हुन नसक्नु र अन्ततः लोकतन्त्र धरासायी बन्नु । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कतिपय देशमा यस प्रकारको स्थिति देखिएकाले नै लोकतन्त्रको स्थापना र प्रबलीकरण तथा पूर्ण लोकतन्त्रका लागि नागरिक सर्वोच्चताको विषय प्रमुख बनेको हो । लोकतन्त्रमा जनता र राज्यको संरक्षणकर्ता सेना हो । यसले जनताको इच्छाको सम्मान र सेवा गर्दै राष्ट्र«को सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्छ । नागरिक र सेनाको बिचमा ज्यादै नजिकको सम्बन्ध त छ नै, साथै यो सम्बन्ध ज्यादै नाजुक र कमलो सन्तुलनमा अडेको हुन्छ । लोकतान्त्रिक प्रणालीभित्र राज्य सञ्चालनको जिम्मेवारी बोकेका अधिकारप्राप्त अधिकारी र संस्थाहरूबाट जब जनअपेक्षा अनुसारका कामहरू हुन सक्दैनन्, त्यस्तो अवस्थामा नागरिक सर्वोच्चताको विषय कमजोर हुन जान्छ । यसो हुनुको अर्थ हो, लोकतन्त्र कमजोर हुनु । त्यस्तो समयमा लोकतन्त्रको विकल्पको खोजी हुन थाल्छ तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ भन्ने यथार्थतालाई विकल्पको खोजी गर्नेले बुझ्न चाँहदैनन् र पानीलाई धमिलो बनाएर माछा मार्ने मौकाको खोजी गर्छन् ।नेपाली सेनाआजसम्म नेपाली सेनाले आफ्नो व्यावसायिक निष्ठामाथि प्रश्न उठ्ने गरी कुनै काम गरेको इतिहास छैन । त्यसो हुनुमा यसको सैनिक संस्कार, सदाचारयुक्त मूल्य र कर्तव्य पालनाको संस्कृति नै प्रमुख तìव हुन् । सेनाको साङ्गठनिक क्षमता र व्यावसायिक नैतिकता भत्काउन केही बाह्य संस्थाले अघोषित रूपमा समाजलाई संवेदनशील बनाउने कसरत विगतमा गरेका थिए । कहिले मानव अधिकार हननको नाममा त कहिले सुरक्षा निकायको लोकतान्त्रिकीकरणको नाममा । विगतको उदाहरण हेर्ने हो भने लामो समयसम्म सेनाले आफूलाई आवश्यक पर्ने हातहतियार र गोलीगट्ठा किन्ने बजेटसम्म पाएन । रिक्त दरबन्दी पूर्ति हुन सकेन । दरबन्दी पूर्तिको त कुरै छोडौ, भएको दरबन्दी काटेर सानो सङ्ख्याको सेना बनाउने हल्ला चलाइयो तर पनि नेपाली सेनाले सरकारप्रति कहिल्यै गुनासो गरेन । यो उसको पूर्ण अनुशासनको राम्रो उदाहरण हो । हो, सेना पारदर्शी हुनु पर्छ र उसलाई पनि सार्वजनिक निगरानी (पब्लिक ओभरसाइट) भित्र राख्नु पर्छ तर कानुनमा व्यवस्था भएकोमा बाहेकको ‘पारदर्शिता’ को विषयले सेनाको कर्तव्य पालनामा व्यवधान आउँछ भन्ने हेक्का राख्नु पर्छ । जहाँसम्म सार्वजनिक निगरानीको कुरा हो, संसदीय समितिहरू नै यसको निगरानी गर्ने संवैधानिक निकाय हुन् । सेनाको चिनारी उसको गैरपार्टीगत व्यवहार हो । यसका कुनै अधिकारी राजनीतिक दलका नेताहरूको घरघरमा जाँदैनन् । जानु पनि हुँदैन । आदेशको शृङ्खला तोडनु पनि हुँदैन । यो मान्यता सेनाको सन्दर्भमा मात्रै होइन, सबै सुरक्षा निकायको सन्दर्भमा पनि उत्तिकै आवश्यक हुन्छ तर निजामती अधिकारी, राजनीतिक दल, सञ्चार क्षेत्र र प्रबुद्ध वर्गहरूसँग कुराकानी र संवाद गर्ने प्लेटफर्म तयार गर्नु आवश्यक हुन्छ । जसले गर्दा आपसी विश्वासको वृद्धि हुन्छ । नेपाली सेनालाई भोलिको दिनमा हुन सक्ने दुर्घटना वा घटनाको सामना गर्नका लागि उच्च प्रविधि, आधुनिक हातहतियार र क्षमतावान् मानवस्रोतद्वारा बलियो बनाउनु जरुरी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराई सेनाको अधिकतम क्षमताको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ । हुन त कसै कसैले नेपालमा सेनामाथि थप खर्च गर्न नहुने तर्क गर्छन् तर बुझ्नु पर्छ, सेनालाई हेर्ने दृष्टिकोण राष्ट्रिय सुरक्षा र हितको कोणबाट हुनु पर्छ, तर्कका लागि तर्क गर्ने हिसाबबाट होइन ।
ज्येष्ठ नागरिक र विभेद
संसारभरि नै वृद्धहरूको सङ्ख्या बढिरहँदा ‘एजइज्म’ पनि फैलिएर जाने आशङ्का त्यति नै रहन्छ र यससँग सामना गर्ने रणनीतिहरू डिजाइन गर्नुपर्ने कुराको उभार जोडदार छ । त्यसैले ‘एजइज्म’ मा शोध गर्ने र नीतिहरू तर्जुमा गर्नुपर्ने आवश्यकता बढेर गएको छ । अधिकारप्रतिको जागरुकता बढेको तर ‘एजिङ पपुलेसन’ को विस्तृत तथ्याङ्क अभावले हाम्रो मुलुकले निकट भविष्यमा बेहोर्नु पर्ने आर्थिक एवं सामाजिक चुनौतीका बारे समाज बेखबर छ । बृद्धावस्था उमेर बढ्ने एक जैविक प्रव्रिmया हो जसबाट कुनै मनुष्य बच्न सक्दैन । यसको सुरुवात जन्म लिँदा र यथार्थ रूपमा गर्भमा आएदेखि नै हुन्छ, जुन मृत्युसँगै समाप्त भएर जान्छ । यो अपरिहार्य र अपरिवर्तनीय प्रव्रिmयाले हरेक व्यक्तिमा शारीरिक र मनोवैज्ञानिक प्रभाव पार्छ । सामाजिक, आर्थिक र सांस्कृतिक निहितार्थ पनि छ । स्रोतसाधन अपर्याप्त भएको र आधुनिकीकरणको प्रव्रिmयाले मूल्य प्रणालीलाई बदलिरहेको हाम्रो समाजमा वृद्धहरूको पर्याप्त र समुचित हेरचाह परिवारको प्राथमिकतामा पर्न सकेको छैन । यद्यपि वृद्धावस्था के हो भन्ने कुरा सबैले जानेको कुरा हो तर यसलाई परिभाषा गर्न सरल छैन । मनुष्यको औसत जीवन चव्रmमा बुढेसकाल वा उमेर बढ्नुलाई सबै समाजमा श्रेष्ठ मानिन्छ । बुढ्यौलीको सामान्य परिभाषाको बाबजुद कुन उमेरको व्यक्ति ज्येष्ठ नागरिक हुने हो भन्ने कुरामा मतैक्य छैन । दुनियाँका अधिकांश विकसित देशमा ज्येष्ठ र बुजुर्ग व्यक्तिको पाश्चात्य अवधारणा अन्तर्गत कालको व्रmमानुसार ६५ वर्षको आयुलाई स्वीकार गरिएको छ । विकाशील र अविकसित मुलुकमा तदनुरूप छैन र संयुक्त राष्ट्रसङ्घले पनि कुनै मानक निर्धारित गरेको छैन तथापि ६० वर्ष माथिको उमेरलाई वृद्धावस्थाको जनसङ्ख्या (पपुलेसन एजिङ) को रूपमा लिइन्छ । एक सर्वमान्य स्वीकृत परिभाषाको अभावमा धेरैजसो मामिलामा जुन उमेरमा व्यक्ति सेवानिवृत्त हुन्छ र निवृत्तिभरण पाउँछ निजको बुढेसकालको प्रारम्भ भएको मानिन्छ । बुढ्यौलीको प्रव्रिmया एक जैविक वास्तविकता हो जसमा व्रिmयाशीलता÷गतिशीलता मानवीय नियन्त्रण बाहिर हुन्छ । हरसमाजमा वृद्धावस्थाको आफ्नै आशय हुन्छ । विकसित दुनियाँमा कालव्रmम अनुसार समय एक सर्वोपरि भूमिका निभाउँछ । जब सव्रिmय योगदान असम्भव भएर समाजले जिम्मेवारी सुम्पन कम गर्छ त्यसपछि मात्र विकसित देशका ज्येष्ठ नागरिकको बुढ्यौलीको सुरुवात हुन्छ । जब विभिन्न विकाशील वा अविकसित मुलुकको ध्यान बुढ्यौली जनसङ्ख्यामा जान थाल्यो, विकसित देश जस्तै सेवा निवृत्तिको आयुलाई नै वृद्धावस्था स्वीकार गरिएको छ । बुढ्यौलीको सर्वमान्य मानक व्यक्तिको कालव्रmम (व्रmोनोलोजी), सामाजिक भूमिकामा परिवर्तन (कार्यको प्रकृतिमा परिवर्तन, बच्चा वयस्क हुनु र रजोनिवृत्तिको उमेर) र शारीरिक एवं मानसिक क्षमतामा परिवर्तन हुनुलाई मानिएको छ । सामाजिक भूमिकामा परिवर्तन बुढ्यौली परिभाषित गर्ने प्रमुख आधार हो, जसले कालानुव्रmमिक उमेरलाई प्राथमिकता दिन्छ । कालानुव्रmमिक उमेरले व्यक्ति कति पाको भयो भन्ने बताउँछ । यसले उमेर बढेको कुरालाई सबैभन्दा सरल रूपमा इङ्गित गर्छ । यसले सामाजिक उमेर (ठुलो भएपछि कस्तो व्यवहार गर्ने भन्ने सामाजिक अपेक्षा) र जैविक बुढ्यौली (व्यक्तिको शारीरिक स्थिति) का बिचमा प्रतिष्ठित गर्छ ।विकिपेडिया अनुसार उमेर बढेसँगै जीवमा परिवर्तन निश्चित छ । यसले शारीरिक, मनोवैज्ञानिक र सामाजिक परिवर्तनको एक बहुआयामी प्रव्रिmयालाई दर्शाउँछ । जब व्यक्ति हुर्कंदै गर्दा केही आयाममा विस्तार हुन्छ र केही खुम्चिन्छ । जस्तो, प्रतिव्रिmया जनाउने समय धिमा भएर जान्छ, विश्वघटनाव्रmमको ज्ञान र बुद्धिमानीमा बढोत्तरी भएर जान्छ । विभिन्न शोधको के निचोड छ भने बुढ्यौली आउँछ, जैविक परिवर्तन हुन्छन्, उमेरले जीवन क्षमतामा परिवर्तन प्रदर्शन गर्छ, शारीरिक र मानसिक परिवर्तन भइरहेको बोध हुन्छ । यो सांस्कृतिक र सामाजिक प्रतिविम्ब पनि हो र मानव समाजको एक महìवपूर्ण हिस्सा पनि । उमेरलाई सामान्यतः वर्ष र बच्चाको हकमा माहिनामा गणना गरिन्छ । एक व्यक्तिको जन्मदिन अक्सर निजको जीवनमा एक महìवपूर्ण घटना बनेर आउँछ । विद्वान्हरूले बुढ्यौलीलाई तीन दृष्टिकोणबाट अर्थाएका छन् ः जैविक, मनोवैज्ञानिक र सामाजिक–सांस्कृतिक । जैविक बुढ्यौली (बायलोजिकल एजिङ) मा कपाल झर्नु र सेतो भएर जानु, दाँतमा हानि पुग्नु र दृष्टिमा स्पष्टताको ह्रास आउनु पर्छ । मनोवैज्ञानिक उमेर बढ्ने सन्दर्भमा तन्त्रिका तन्त्र (नर्भस सिस्टम) को अध्ययन गरिन्छ । यसमा मानसिक क्षमतामा गिरावट र निजप्रति अन्यको दृष्टिकोण र व्यवहार सामेल हुन्छन् । सामाजिक–सांस्कृतिक उमेरभित्र परिवार, समुदाय र समाजको एक सदस्यको रूपमा व्यक्तिमा परिवर्तन र परिवर्तित परिस्थितिहरूलाई दर्शाउँछ । यी परिवर्तनमा बाबुआमाको भूमिका, कामबाट सेवा निवृत्ति, न्यून आय, रोग, विकलाङ्गता र आवश्यकता पर्छन् । केही विद्वान्का अनुसार एक व्यक्ति उमेरले पाको भएर पनि यदि निज सामाजिक र मनोवैज्ञानिक तवरले युवा मानसिकता राख्छ भने निजलाई युवा पुस्तामा सामेल गरिनु पर्छ ।बुढ्यौलीलाई सर्वश्रेष्ठ तरिकाले परिभाषित गर्नु पर्दा उमेर बढेसँगै वयस्क व्यक्तिको पारम्परिक भूमिका पूरा गरिसकेको अवस्था हो । जस्तै, बालबच्चा हुर्काइ सक्नु, आर्जन गरिसकेको हुनु र समाजप्रतिको कर्तव्य पूरा गरिसकेर विस्तारित जीवनको प्रतिनिधित्व गर्नु हो । के पनि भनिन्छ भने उमेरले पाको भएका व्यक्तिले आफ्नो ज्ञान र अनुभवद्वारा युवालाई अनेक तरहले सहयोग गर्न सक्ने हुन्छन् । सङ्क्षेपमा उमेर बढ्नुको अर्थ जैविक र मनोवैज्ञानिक परिवर्तन हो, जुन अनुवांशिक रूपमा परिपक्व जीवमा पाइन्छ । खासमा यो परिवर्तन अपरिवर्तनीय हो र जीवको अस्तित्वका लागि न्यूनतम क्षमतामा ह्रास आउनु र अन्ततः मृत्युको कारण बन्छ । पाको उमेरको व्यक्तिविरुद्ध कालव्रmमिक उमेरको आधारमा रूढिबद्ध धारणा, पूर्वाग्रह वा विभेद गरिनुलाई अङ्ग्रेजीमा ‘एजइज्म’ भनिन्छ जसको नेपाली रूपान्तरण हुन बाँकी छ । जन्म, धर्म, जात, रङ वा लिङ्गका आधारमा गरिने विभेद प्रत्येक जनलाई हुँदैन तर ‘एजइज्म’ प्रत्येक व्यक्तिले उमेरसँगै भोग्नु पर्छ । सन् १९७० ताका संयुक्त राज्य अमेरिकाको मेरिल्यान्डको कुनै सहर विशेषमा काला जातिका पाका व्यक्तिहरूका लागि आवाश बनाउने प्रस्तावलाई स्थानीयले गरेको विरोधपछि यो शब्दको व्युत्पत्ति भएको थियो । उमेरको विभेदको तात्पर्य कसैलाई कुनै कुरा पाउन वा त्यसबाट वञ्चित गर्न उमेरलाई आधार बनाउनु हो । कसैको तजबिजमा तोकिएको कालव्रmमिक उमेरले हुने अनिवार्य अवकाशको प्रावधानले मानिसलाई काम गर्न रोक्छ । यसै गरी बुढ्यौलीलाई अनिवार्य र अवश्यम्भावी मानेर चिकित्सासम्बन्धी शोधहरूमा यसलाई प्राथमिकतामा राखिँदैन । उमेरको आधारमा गरिने विभेदले ज्येष्ठ नागरिकका अवसरहरू गुम्ने मात्र नभएर निजहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ । ज्येष्ठ नागरिक आफू बुढ्यौलीप्रति जति आफैँ पूर्वाग्रही हुन्छन् र यो मृत्यदर, सव्रिmयताका लागि कनिष्ठ स्वास्थ्य र धिमा स्वास्थ्य पुनप्र्राप्तिका लागि जिम्मेवार हुन्छ । नेपालमा सेवानिवृत्त भएका सरकारी कर्मचारीहरूको निवृत्तिभरण उपभोग अवधि सम्बन्धमा अलि पहिला गरिएको एक अध्ययनमा सात वर्षसम्मको पाइएको थियो । त्यसैले अनिवार्य अवकाश कनिष्ठ मानसिक स्वास्थ्यको लागि एक प्रकारको भविष्यवक्ता हो । ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भन्ने लोकोक्ति अप्रासाङ्गिक भइरहेको छ । ‘एजइज्म’ ले व्यक्तिलाई सामाजिक गतिविधिमा सामेल हुन नकारात्मक असर पारेको छ र सहरी जनजीवनमा आफ्ना छिमेकीसँग कमै अन्तव्रिर्mया गराउँछ । विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षणमा ५७ देशका ६० प्रतिशतले आफ्नो मुलुकमा ज्येष्ठ नागरिकलाई सम्मान गरिँदैन भनेर जवाफ दिएका थिए । यस्तै खालको निचोड युरोपेली आयोगको पनि रहेको छ तर उमेरको विभेद बुढ्यौलीका विरुद्ध मात्र नभएर एक पुस्ताका व्यक्तिले अर्को पुस्ताका विरुद्ध गर्ने पूर्वाग्रह र रूढिबद्ध धारणा पनि हो । विश्व स्वास्थ्य सङ्गठनले गरिब मुलुकहरूमा गरेको सर्वेक्षणमा वृद्ध व्यक्ति बालबालिकाको तुलनामा बढी आदरणीय रहेको पाइएको थियो । यसो हुनुमा उच्च बाल मृत्युदरले त्रस्त समाजमा बालबालिका प्रति नैतिक दृढताको कमी थियो ।आजकाल वृद्धहरूका बारेको विचारमा विविधता पाइन्छ । वृद्धहरू समाजका अल्पसङ्ख्यक हुन् । बुढाबुढी शब्दको लक्षित अर्थ नकारात्मक हुन्छ । मनोविद्हरूले मानिसमा रहेका एकाधिक रूढिबद्धताहरू, जस्तो वृद्धहरू हार्दिकता भएका धैर्यवान्, निष्कपट र विश्वसनीय हुन्छन् तर क्षमता, महìवाकाङ्क्षा, बुद्धिमत्ता र कौशलको कमी हुने बारे उल्लेख गर्ने गर्छन् । वृद्धहरूलाई बच्चा जस्तै असल, दयालु र प्रेमपूर्ण जीवन भएका तर सुद्धी नभएका, बिमार, अक्षम र अनाकर्षक पनि ठानिन्छ । बालक र वृद्ध दुवै प्रौढ व्यक्तिमा निर्भर रहन्छन् । त्यसैले निजहरू प्रतिको दुराग्रह र विभेद बुझ्न सकिन्छ । साथै, रोग, बुढ्याइँ, दुर्बलताले जीर्ण शरीर भएको वृद्धले मृत्युदर र अनिष्टलाई नित्य स्मरण गराइरहने भएकाले अन्यले निजहरूलाई विभेद गर्ने ठानिन्छ । संविधानको अनुसूची–८ मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूलाई एकै कोटिमा राखेर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । यो वर्गीकरणलाई पनि ‘एजइज्म’ को राम्रो दृष्टान्त हो भन्न सकिन्छ । संविधान जारी हुनु झन्डै एक दशकअघि जारी भएको मौजुदा ज्येष्ठ नागरिक कानुन, त्योभन्दा पहिलाको ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना, २०६२ र त्यसभन्दा पनि पहिलाको ज्येष्ठ नागरिक नीति तथा कार्यनीति, २०५८ प्रगतिशील सरकारी दस्ताबेज हुन् । ६० वर्ष पूरा गरेको नेपाली नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने उद्देश्य यी दस्ताबेजमा भएको पाउँछौँ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुने प्रावधान छ । ज्येष्ठ नागरिकलाई एक वरिष्ठ र ‘बुजुर्ग’ का रूपमा स्वीकार गरिएको छ ।जनसङ्ख्यामा वृद्धहरूको अनुपात वृद्धि हुनुलाई ‘पपुलेसन एजिङ’ भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनले कुनै देशको जनसङ्ख्यामा ६५ वर्षभन्दा माथिको १४ प्रतिशत भए ‘एज्ड’ र २० प्रतिशत भए ‘सुपर एज्ड’ मानेको छ । २० औँ शदीमा वृद्ध बाहुल्य समाज उत्तर अमेरिका र युरोपमा थिए । एक्काइसौँ शदीको मध्यसम्ममा ल्याटिन अमेरिका, एसिया र अफ्रिकी समाजहरू ‘एज्ड’ र ‘सुपर एज्ड’ मा पङ्क्तिबद्ध हुने विश्व बैङ्कको प्रक्षेपण छ । यसो हुनुमा मानिसको दीर्घायु र जन्मदरमा कमी आउनु हो । यो दीर्घायु विकसित र अविकसित मुलुकका बासिन्दामा औसतमा ७.४ वर्ष फरक रहेको संयुक्त राष्ट्रसङ्घको निष्कर्ष छ । युवा आप्रवासले विकसित देशको ‘पपुलेसन एजिङ’ लाई सन्तुलनमा राख्न सहयोग पु¥याइरहेको छ । संसारभरि नै वृद्धहरूको सङ्ख्या बढिरहँदा ‘एजइज्म’ पनि फैलिएर जाने आशङ्का त्यति नै रहन्छ र यससँग सामना गर्ने रणनीतिहरू डिजाइन गर्नुपर्ने कुराको उभार जोडदार छ । त्यसैले ‘एजइज्म’ मा शोध गर्ने र नीतिहरू तर्जुमा गर्नुपर्ने आवश्यकता बढेर गएको छ । अधिकारप्रतिको जागरुकता बढेको तर ‘एजिङ पपुलेसन’ को विस्तृत तथ्याङ्क अभावले हाम्रो मुलुकले निकट भविष्यमा बेहोर्नु पर्ने आर्थिक एवं सामाजिक चुनौतीका बारे समाज बेखबर छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार यसको विश्वव्यापी फैलावट, कारणहरू, परिणामहरू, तुलना र यससँग जुध्न आवश्यक पर्ने साधनहरू तथा जनमानसलाई शिक्षित पार्ने विषयमा अझ विद्वतापूर्ण ध्यानाकर्षण हुनुपर्ने बेला भइसकेको छ ।