• २२ मङ्सिर २०८२, सोमबार

संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेस पनि सर्वोच्च अदालतमा

blog

काठमाडौँ, मङ्सिर २१ गते । विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् । 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूको तर्फबाट रिट निवेदन प्राप्त भएको र यस विषयमा सोमबार छलफलपछि प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।  

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुनको वारेस लिएर पूर्व महान्यायाधिवक्ता खम्म खातीले रिट निवेदन पेस गर्नुभएको हो । 

कांग्रेस नेता घिमिरेले वारेसमार्फत पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन रहेको अदालतले जनाएको छ । रासस