भोज र भोजन
पाश्चात्य मुलुकहरूमा सङ्घ संस्था वा अभियान विशेषका लागि लन्च, डिनर वा त्यस्तै खानेकुराको कार्यक्रम बनाउने चलन छ । त्यही चलन हिजोआज नेपालमा पनि चल्न थालेको छ । टिकट दर १५ सय रुपियाँ उल्लेख भएको यस्तै एउटा कार्यक्रमको निमन्त्रणापत्रमा कार्यक्रमलाई भोज भनेर लेखिएको पाइयो । हेर्दा सामान्य लाग्ने यो विषयलाई नेपाली सांस्कृतिक मूल्य र मान्यताबाट हेर्दा भने नमिल्दो देखिन्छ । संस्कृतिको दृष्टिकोणबाट पर्गेल्दा यस विषयले गम्भीर छलफलको माग गर्छ ।
कक्षाकोठामा ‘मजाक’ !
विद्यार्थीहरू कोही आफैँ पढेर जान्न चाहन्छन्, जसलाई शिक्षकको सङ्केत मात्र पर्याप्त हुन्छ । कोही नपढेरै जान्न चाहन्छन्, जो शिक्षकमा पूर्ण निर्भर हुन्छन् । केही विद्यार्थी यस्ता हुन्छन्, जो न जान्न नै चाहन्छन् न त नजान्न नै । उनीहरूलाई आफ्नो उद्देश्यको बारेमा पनि धेरै थाहा हुँदैन । केवल साथीभाइसँग भेटघाट र रमाइलो गर्न उनीहरू कक्षाकोठासम्म आइपुगेका हुन्छन् । तीनथरि विद्यार्थीको उपस्थितिमा एउटा शिक्षकले कक्षाकोठामा आफूलाई प्रस्तुत गर्दा असाध्यै सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
नयाँ वर्षको उमङ्ग
विक्रम संवत् २०८१ हामीमाझ आएको छ । नयाँ वर्षको आगमनसँगै हामीमा उल्लास त छाउँछ नै । नयाँ थालनी र नयाँ सङ्कल्प पनि कतिपयले सुरु गर्छन् । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ शुभकामना आदानप्रदान गरिन्छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा विक्रम संवत्को पहिलो दिन हो । नयाँ वर्षमा गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने सङ्कल्प गर्ने चलन छ । साथै यस दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मिठोमिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना साटासाट पनि गरिन्छ ।
बिसुपर्वको रौनक
बिसु सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको महत्वपूर्ण पर्व हो । विक्रम संवत्को नयाँ वर्षको दिनलाई बिसुपर्व मनाइन्छ । दसैँ, तिहार, माघी जस्तै यस पर्वलाई सुदूरपश्चिमवासीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । नयाँ लुगा लगाउने, मिठो खानेकुरा खाने साथीभाइसँग रमाइलो गरी देउडा खेल्ने यस पर्वका विशेषता हुन् ।
राजनीतिको सही मार्गचित्र
राजनीति राज्यसत्ता र शक्तिसँग सम्बन्धित विषय भएको हुनाले अन्ततः सत्ता र शक्ति प्राप्तिका लागि गरिने एउटा प्रयासको रूपमा चिन्न, बुझ्न र बुझाउन सकिन्छ । राजनीति आफ्नो वर्ग समुदायसँग सम्बन्धित रहेर गरिने कार्य हो र यसमा सत्ता र सामथ्र्यको अभ्यास हुन्छ । राजनीति वरपर हुन्छ, राजनीति तलमाथि हुन्छ, समग्रमा राजनीति नहुने ठाउँ हुँदैन । व्यक्तिको शरीरदेखि राजनीति सुरु भएर समाज, देश हुँदै विश्वमा नै राजनीति हुन्छ । राजनीति अंशदेखि वंशसम्म, व्यक्तिदेखि देश र संसार सर्वत्र हुन्छ । यद्यपि राजनीतिको भाष्य खराब भएको छ । खराब राजनीति होइन र हुन सक्दैन । खराब कुरालाई राजनीति भनिने भाष्य एकदमै त्रुटिपूर्ण छ ।
भाइरल समाचारका प्रभाव
पछिल्लो समय ‘भाइरल’ शब्द निकै लोकप्रिय छ । कुनै पनि विषय क्षणभरमै स्थापित र क्षणभरमै विस्थापित बन्न यसले सघाउने गरेको छ । राजनीतिक मुद्दाभन्दा पनि चोटिला, स्वादिला र रमाइला भनाइ वा दृश्य भाइरल बनिरहेका छन् । अर्थात् समाचार ट्रेन्डिङ विषयवस्तुको गहनतासँग भन्दा पनि तिखो गाली, अराजक बोली र उट्पट्याङ शैलीको आधारमा निर्धारित भइरहेको छ । भाइरल भनिएको समाचार हेर्न र पढ्न भ्याइ नभ्याइ छ हामीलाई । यसले हाम्रो उत्पादनमूलक समयलाई बर्बाद गरिरहेको छ । यसमा घटना हुन सघाउने प्रणाली वा पद्धति, घटना हुन सघाउने व्यक्ति, घटना बाहिर ल्याउने माध्यम र स्वाद मानेर हेर्ने दर्शकमध्ये को दोषी होला ? सबैले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।
बहसमा ज्येष्ठ नागरिक महासन्धि
ज्येष्ठ नागरिकको बढ्दो सङ्ख्याले सिङ्गो समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा प्रभाव पारिरहेको छ । यी प्रभाव सकारात्मक वा नकारात्मक दुवै खालका छन् । यस्ता प्रभावबारे आमजनमानसमा जानकारी हुन आवश्यक छ । यस्तै प्रभावबारे जानकारी दिँदै ज्येष्ठ नागरिकबारे समयसापेक्ष अधिकार तथा नीतिनियम तर्जुमा गर्ने काम ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनले गर्दै आएका छन् । ज्येष्ठ नागरिकको नयाँ अधिकार स्थापित गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष बृहत् सम्मेलनको आह्वान गर्ने गरेको छ । ज्येष्ठ नागरिकको सुरक्षा प्रणाली सशक्त पार्न र मानव अधिकारको बारेमा सबैलाई जानकारी दिन संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कमा यही जेठ ७ देखि ११ गतेसम्म महाधिवेशन हुँदै छ । ‘ओपन इन्डेड वोर्किङ ग्रुप अन एजिङ’ नाम दिएको उक्त महाधि
विद्यालय छनोटका आधार
वैशाख महिनाबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । विद्यार्थीहरू नयाँ कक्षामा उत्साह र उमङ्गका साथ प्रवेश गर्छन् । अभिभावकहरू यतिखेर आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाका लागि राम्रो विद्यालयको खोजीमा रहेका पनि हुन्छन् । पहिले पढिरहेकै विद्यालयमा पढाइलाई निरन्तरता दिने अथवा नयाँ विद्यालयमा बालबालिकालाई भर्ना गर्ने भन्ने विषयले धेरै अभिभावकलाई पिरोलिरहेको पनि हुन्छ । पूर्वप्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गर्ने अनि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीला
सत्ता गठबन्धन दलका चुनौती
नेपालमा गठबन्धनको सरकार असलमा चुनावको परिणाम नै हो । मिश्रित निर्वाचन प्रणाली भएको नेपाल जस्तो मुलुकमा चुनावमा कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना न्यून जस्तै देखिन्छ । यस कारण सत्ता गठबन्धन अनिवार्य आवश्यकता बनेको हो । सत्ताका लागि हुने गठबन्धनका फाइदा बेफाइदा छन् तैपनि गठबन्धनको कारणले नै नेपालमा साना तथा ठुला दल सबैले सरकारमा भाग लिने र महत्वपूर्ण पद सम्हाल्ने मौका पाएका छन् । नेपालको सन्दर्भमा प्रायः सबै राष्ट्रिय