काठमाडौं, असोज २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक छनोट हुन सफल भएको ऐतिहासिक उपलब्धिमा हर्ष व्यक्त गर्दै टोलीका सबै खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक बधाई दिनु भएको छ।
राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि गौरवपूर्ण क्षण भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नु भएको छ, “यो ऐतिहासिक सफलताका लागि तपाईंहरूको निरन्तर मेहनत, समर्पण र अनुशासन प्रशंसनीय छ।”
राष्ट्रपतिले नेपाली क्रिकेट टोलीले प्रदर्शन गरेको सामूहिक भावना र प्रतिबद्धताले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएको बताउनु भएको छ। उहाँले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै विश्वमञ्चमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।