• ८ जेठ २०८२, बिहिबार

हिन्दुकुशमा वायु गुणस्तर सङ्कट

blog

स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न सरकारको नीतिगत प्रतिबद्धता, निजी क्षेत्र र नागरिक समाजहरूको वकालत, एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको पूर्वाधारको विस्तार, हरित प्रविधिको प्रयोग, दिगो विकास अभ्यासहरू र क्षमता निर्माणमा साझेदारी र संयुक्त प्रयासमार्फत तत्काल र दीर्घकालीन चुनौती सम्बोधन गर्न आवश्यक छ ।

हालै नेपालमा सम्पन्न सगरमाथा संवादले हिन्दु कुश हिमालय क्षेत्रमा बढिरहेको वायु गुणस्तर सङ्कटप्रति विश्वको ध्यान आकर्षित गरेको छ । हिन्दु कुश हिमालय क्षेत्र नेपालसहित आठ देशमा फैलिएको छ । हिन्दु कुश हिमालय क्षेत्र विश्वको पानी प्रणालीमा महìवपूर्ण भूमिका खेल्ने ठुलठुला हिमनदीका कारण तेस्रो ध्रुवको रूपमा चिनिन्छ । यद्यपि यो हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दा प्रदूषणबाट हैरान छन् । यो क्षेत्रका पारिस्थितिकीय सम्पदाको सामना अहिले गम्भीर वायु प्रदूषणको सङ्कटसँग भइरहेको छ । हिन्दु कुश हिमालय क्षेत्र र नेपालमा वायु गुणस्तरको बिग्रँदो अवस्थाले वातावरणीय समस्या मात्र होइन, यो एक सार्वजनिक स्वास्थ्य सङ्कट हो,  जसको दूरगामी प्रभाव छ ।

वायु गुणस्तर र स्वास्थ्यको जोखिम

तीव्र सहरीकरण, औद्योगिक विस्तार र पारस्परिक प्रदूषणले ओजोन, पिएम २.५ र कालो कार्बन जस्ता हानिकारक प्रदूषकहरूको स्तरमा वृद्धि गरेको छ, जसले मानव स्वास्थ्य, जैविक विविधता र जलवायु उत्थानशीलता र स्थिरतामा ठुलो जोखिम पु¥याएको छ । २.५ माइव्रmोमिटर वा सोभन्दा सानो व्यास भएका कणहरूलाई पिएम २.५ भनिन्छ । यस्ता सूक्ष्म र कणहरू सजिलै फोक्सोको गहिरो भागसम्म पुग्न सक्छन् र रक्तनलीमा समेत प्रवेश गर्न सक्छन् । यिनको अत्यधिक सानोपन र शरीरको प्राकृतिक सुरक्षात्मक प्रणालीलाई छलेर भित्र छिर्ने क्षमताका कारण पिएम २.५ एक गम्भीर वायु प्रदूषक मानिन्छ । पिएम २.५ मा लामो समयसम्म वा धेरै मात्रामा सम्पर्क हुँदा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन् जस्तै श्वासप्रश्वाससम्बन्धी रोग दम, ब्रोन्काइटिस तथा मुटुजन्य रोगहरू, स्ट्रोक आदि । पिएम २.५ र अन्य प्रदूषकसँगको लामो समयको सम्पर्कले दम, दीर्घकालीन अवरोधक फोक्सो रोग, फोक्सो क्यान्सर जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरू, साथै हृदय रोगहरू र समय अगावै मृत्युसँग जोडिएको छ । बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका समुदाय जस्ता कमजोर वर्ग यो सङ्कटको प्रमुख भार बेहोर्न बाध्य छन्, जस अनुसार नेपालमा वार्षिक रूपमा हावा प्रदूषणका कारण हजारौँ समयअगावै मृत्यु हुने गरेका छन् ।

नेपालमा यो स्थिति विशेष रूपमा चिन्ताजनक छ, जहाँ काठमाडौँ र पोखरा जस्ता सहर विश्वका सबैभन्दा प्रदूषित सहरी क्षेत्रमा बारम्बार पर्ने गरेका छन् । वायु प्रदूषणका मुख्य कारणमा सवारीसाधनको उत्सर्जन, औद्योगिक गतिविधि र छिमेकी क्षेत्रमा मौसमी फसलका अवशेष जलाउने कार्य रहेका छन्, जुन क्षेत्रको विशिष्ट भौगोलिक बनावटले प्रदूषकलाई थुनेर राख्छ । एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको अपर्याप्त सङ्ख्याले विश्वसनीय तथ्याङ्कको कमी र प्रदूषणको ढाँचाको बुझाइलाई सीमित र जटिल बनाएको छ । यो समस्याले प्रभावकारी नीतिगत निर्णय र क्षेत्रीय सहकार्यमा बाधा पु¥याएको छ, जुन नेपालमा सम्पन्न सगरमाथा संवादमा उल्लेखनीय रूपमा उठाइएको थियो । हालैको अनुमान अनुसार नेपालमा प्रभावकारी वायु गुणस्तर निगरानी प्रणालीको अभावले नीति निर्मातालाई नियमहरू लागु गर्न वा स्वास्थ्य सल्लाह जारी गर्न आवश्यक वास्तविक समयको डेटा अभाव हुन्छ, जसले नागरिकलाई हानिकारक हावासँग जोखिममा राख्छ । भारत र बङ्गलादेशमा कृषि जलाउने कार्यबाट उत्पन्न पारस्परिक प्रदूषणले यो समस्यालाई थप जटिल बनाउँछ, विशेष गरी सुक्खा सिजनमा हावा नेपालतिर प्रदूषकहरू बोक्छ । नाजुक पारिस्थितिक प्रणालीका लागि यो जोखिम अझ उच्च छ, जहाँ हावा प्रदूषणले हिमनदी पग्लने गति बढाउँछ र जैविक विविधतालाई खतरा पु¥याउँछ, जसले जलवायु सङ्कटलाई बढावा दिँदै तल्लो तटीय क्षेत्रका बस्तीहरूमा लाखौँ मानिसका लागि पानी र खाद्य सुरक्षा प्रभावित हुन्छ । 

क्षेत्रीय समन्वय र सहकार्य 

सगरमाथा संवादमा वायु गुणस्तर र हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दाको संरक्षणका लागि समन्वित प्रतिव्रिmयाको तत्काल आवश्यकतालाई जोड दिएको छ । यस्तै संवादले हिन्दु कुश हिमालय क्षेत्रमा वायु गुणस्तरका चुनौती समाधान गर्न क्षेत्रीय समन्वयमा जोड दिएको छ । यो रणनीतिमा ‘एयर क्वालिटी मनिटरिङ स्टेसन’हरूको पूर्वाधारको विस्तार केन्द्रविन्दुमा छ । नेपाल र व्यापक हिन्दु कुश हिमालय क्षेत्रमा स्वच्छ हावा र स्वस्थ भविष्य सुनिश्चित गर्न एक क्षेत्रीय साझा दृष्टिकोण बनाउन आवश्यक देखाइएको छ । यो पहलले डेटाको उपलब्धता बढाउन, प्रदूषण प्रवृत्तिहरूको राम्रो ट्र्याकिङ र प्रमाणमा आधारित नीति सूचित गर्न लक्षित गरेको छ । सगरमाथा संवादमा उल्लेखित एक महìवपूर्ण क्षेत्रीय सहकार्यको ढाँचा विकासका लागि राज्य साझेदारी विकास गर्नु हो । राष्ट्रबिच सहकार्य र स्रोत साझेदारीलाई बढावा दिएकोे छ । क्षेत्रीय समन्वय प्रयासमार्फत पूर्वाधार, प्राविधिक साझेदार, सरकारहरू र सङ्गठनका लागि खुलामञ्चकोे आवश्यकता देखाएको छ । जहाँ परियोजनाको संयुक्त विकास, विशेषज्ञता प्रदान, र वायु गुणस्तर व्यवस्थापनका लागि वित्तीय स्रोतहरू परिचालन गर्न सकिन्छ ।  

साझा आकाशमार्फत आउने अन्तर्राष्ट्रिय धुवाँ वा प्रदूषण जुन कुनै एक देशबाट मात्र होइन, विभिन्न देशबाट हावामा मिसेर आउने गर्छ । यो प्रायः हावामा फैलने प्रदूषण, जसलाई ट्रान्सबाउन्ड्री प्रदूषण पनि भनिन्छ । फसल अवशेषको प्रयोगका लागि क्षेत्रीय रूपमा उपयुक्त ढाँचा विकास गर्नु खेतमा बाली काटिसकेपछि बाँकी रहने भाग जस्तै डाँठ, पात, झार आदि यी बाली अवशेषलाई जलाउनको सट्टा खनेर माटोमा मिलाउनु, मलको रूपमा प्रयोग वा पशुको घाँसका रूपमा उपयोग गर्न सकिन्छ । प्रदूषणको प्रमुख स्रोतलाई सम्बोधन गर्दै दिगो कृषि अभ्यास प्रवर्धन, दीर्घकालीन प्रभाव सुनिश्चित गर्न क्षमता निर्माण कार्यव्रmममार्फत नीति विकास र ज्ञान प्रसार, विभिन्न हितधारकको सव्रिmय संलग्नता छ । 

नेपाल सरकारले उद्योग र सवारीसाधनका लागि कडा उत्सर्जन मापदण्ड लागु गर्नुको साथै राष्ट्रिय विकास योजनामा वायु गुणस्तरलाई समाहित गर्नु पर्छ । अन्तर्राष्ट्रिय सहकार्य, प्रदूषण नियन्त्रण नीति, निजी क्षेत्रको हरित प्रविधि प्रयोग, हरित प्रविधिमा लगानी जीवाश्म इन्धनमा निर्भरताको कम गर्ने जस्तै नवीकरणीय ऊर्जा परियोजनाहरू, विद्युतीय सवारीसाधनको प्रयोग । त्यसै गरी नागरिक समाजले जनचेतना अभियानमार्फत जनसाधारणमा जागरूकता फैलाउने गतिविधि परिचालन गर्ने, बलियो सरकारी नीति र कार्यान्वयनका लागि वकालत गर्ने महìवपूर्ण भूमिका निभाउनु पर्छ ।

स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न सरकारको नीतिगत प्रतिबद्धता, निजी क्षेत्र र नागरिक समाजहरूको वकालत, एयर क्वालिटी मनिटरिङ स्टेसनहरूको पूर्वाधारको विस्तार, हरित प्रविधिको प्रयोग, दिगो विकास अभ्यासहरू र क्षमता निर्माणमा साझेदारी र संयुक्त प्रयासमार्फत तत्काल र दीर्घकालीन चुनौतीहरू सम्बोधन गर्न आवश्यक छ । सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय जस्ता सबै साझेदारको  निरन्तर प्रतिबद्धता आवश्यक पर्छ । वायु गुणस्तर सुधार गर्न र पारस्परिक पर्यावरणीय समस्या समाधान गर्ने समय हो । भविष्यका पुस्ताहरूका लागि स्वच्छ हावाको सुनिश्चितता प्रदान गर्न अब ढिलो नगरौँ ।

Author

डा. गिरि पन्थी