असार पन्ध्र र देउडा गीत
बाल्यकालमा गाउँमा असार महिनामा रोपाइँ गरेको याद सधैँ आइरहन्छ । हामी कृषकका छोराछोरी हौँ । अध्ययनका क्रममा मेची महाकालीका युवा काठमाडौँ प्रवेश ग¥यौँ । उच्च शिक्षा हासिल ग¥यौँ । कोही जागिरको क्रममा उपत्यकालगायतका ठाउँमा बस्न पुग्यौँ भने कोही विदेशको भूमिमा जीवन व्यतीत गर्न पुग्यौँ । कृषि पेसा अपनाएका परिवारका हामी अर्ध कृषक बन्यौँ । असार महिनाको खेतको पाँगो र पानीसँग परिचित बन्न भुल्यौँ । हलगोरु जोतेर खेतमा धानको बिउ रोप्नबाट बन्चित भयौँ । आफ्नो खेतको अनाजमा भन्दा बजारमा किनेर अखाद्य चामलको भात खान बाध्य भयौँ । कोदाली चलाउने हात कलम चलाउँदा यदाकदा भ्रष्टाचारीको पगरी पनि भिर्याैं ।
राष्ट्रिय निकुञ्जको सुरक्षाव्यवस्था
बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यही असार ७ गते एक जना सिकारीको मृत्यु भएको भन्ने समाचार आयो । सुकबहादुर तितुङ नाम गरेका ती सिकारीको मृत्युबारे विभिन्न अड्कलबाजी भए । घटनाबारे संसद्मा समेत कुरा उठ्यो । निकुञ्ज प्रशासनले घटनाबारे विज्ञप्ति जारी ग¥यो । मृत्युबारे सत्यतथ्य बाहिर नआएसम्म यही कारण मृत्यु भएको हो भन्न सकिन्न । निकुञ्ज क्षेत्रमा अवैध प्रवेश निषेध गरिएको हुन्छ । अवैध व्यक्तिको प्रवेश कानुनबाटै बर्जित छ । निकुञ्ज क्षेत्रमा चोरीसिकारीको ठुलो चुनौती हुन्छ । वन्यजन्तु मार्ने, त्यसको ओसारपसार गर्ने चोरीसिकारीको ठुलै गिरोह सक्रिय हुने भएकाले पनि प्रवेश निषेध गरिएको हुन्छ । यो नै मुलुकका सबै राष्ट्रिय निकुञ्ज प्रशासनको मुख्य चुनौती हो ।
जीवन्त सहर तानसेन
तानसेन (पाल्पा) सहर सम्झनामा आउनासाथ मनमा त्यहाँको करुवा, ढाका कपडाको टोपीलगायत अन्य वस्तु तथा मुखै रसाउने स्वादिलो चुकौनी । पश्चिम पहाडी जिल्ला पाल्पा माथि उल्लेख गरिएका बाहेक त्यस क्षेत्रको गौरवमय जीवन संस्कृति, कला कौशल, प्राकृतिक सौन्दर्य अनि देशकै एउटा प्रमुख शैक्षिक केन्द्रका रूपमा रहेको छ । लुम्बिनी प्रदेशमा रहेको यो पाल्पा राजधानी काठमाडौँबाट ३३२ किलोमिटर पर छ । त्यसै गरी भैरहवा तथा बुटवलबाट क्रमशः ५२ र ३९ किलो मिटरमा अवस्थित ए
चुरे क्षेत्रको संरक्षण
जैविक विविधताको संरक्षण र पारिस्थितिकीय सेवाको उपलब्धता, आर्थिक तथा सामाजिक उन्नतिको आधार, जलवायु परिवर्तनले निम्त्याउने जोखिम न्यूनीकरण, स्थानीय समुदाय तथा इकोसिस्टमको जलवायु उत्थानशीलता, तराई क्षेत्रको आर्थिक, सामाजिक तथा वातावरणीय उन्नयन जस्ता पक्षबाट केलाउँदा चुरे क्षेत्र संवेदनशील भूमि हो । चुरेको विषयमा लामो समयदेखि बहस र छलफल भएको छ । विसं २०२७ मा ल्याइएको चौथो आवधिक योजनादेखि चुरेको विषयमा केही न केही भनिएको र गरिएको
आर्थिक समृद्धिको ‘बेन्चमार्क’
आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तु हुन्छन् । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुकको भौगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्ति सुरक्षाको स्थिति, ऐन, नियमको परिपालना अवस्था आदि तìवले आर्थिक स्तरोन्नतिको स्तर निर्धारण गर्छ । आर्थिक स्तरोन्नतिको गति तीव्र पार्न तपसिलका अन्तर्वस्तु सबल हुनु वाञ्छनीय हुन्छ ।
अरुण तेस्रोको सफलता
अरुण तेस्रो जलविद्युत् परियोजनाको करिब १२ किमी लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । २०८१ जेठ २२ गते सो सुरुङ छिचोलिएको हो । यससँगै परियोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र आगामी वर्ष सन् २०२५ भित्र उत्पादन सुरु गर्ने तयारी भइरहेको छ । मित्रराष्ट्र भारतको आर्थिक लगानीमा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको यस परियोजनालाई नेपालको जलविद्युत् विकासको सन्दर्भमा महìवपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।
संस्थागत जिम्मेवारीमा कमी
बाटोघाटो, पानीपँधेरो, मठमन्दिर, चौतारो, खेतबारी आदिमा बिरुवा रोपी हुर्काउने हाम्रो परम्परा रहेको छ । गोर्खाका राजा रामशाहले राज्य सञ्चालन गर्न २६ वटा थिति बाँधेका थिए । तीमध्ये १३ औँ थितिमा बाटो छेउ रुख रोप्नुपर्ने र काट्नेलाई दण्डजरिबाना गर्ने व्यवस्था थियो । नेपालमा वृक्षरोपण गर्ने कार्य धेरै पहिलेदेखि चलिआएको भए पनि योजनाबद्ध तरिकाले र व्यापक रूपमा भने २०१० सालको दशकबाट सुरु भयो । देशका विभिन्न भागमा वन नर्सरी स्थापना गरी करोडौँका सङ्ख्यामा बिरुवा उत्पादन गरी सरकारी र निजी गरी हजारौँ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिसकिएको छ । हुन त उपयुक्त हावापानी र मलिलो माटोका कारण देशका अधिकांश ठाउँमा प्राकृतिक रूपमै बिरुवा उम्री हुर्केका छन् तर यो सबै ठाउँमा सम्भव हुँदैन । चाहेको ठाउँमा चाहेको प्रजातिको छिटो उत्पाद
ग्रामीण विकासको कृषि मोडेल
नेपालको अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्र नै हो । भूराजनीतिक अवस्थिति, आर्थिक स्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामीण क्षेत्र महत्वपूर्ण छ । मौलिकतामा आधारित कृषि क्षेत्रको विकास नगरी देशको विकास पनि हुँदैन । हामीले लक्ष्य निर्धारण गर्नु पर्छ । हामी ग्रामीण क्षेत्रबाट सहरमा बसाइ सरेका छौँ, कतिपय सहर र ग्रामीण क्षेत्रबाट विदेश गएर पनि बसेका छौँ । जहाँ बसेका छौँ त्यहाँको नागरिकता पाउनुमा आफूलाई गर्व गर्छौं । हामीसँग भएको ज्ञान, सिप, अनुभव र पुँजी ग्रामीण क्षेत्रमा भित्रयाएर कृषि तथा अन्य क्षेत्रमा विकास गर्ने लक्ष्य निर्धारण गर्न सकेका छैनौँ । विदेशमा बसेर, सहर पसेर, नेताहरूलाई गाली गरेर ग्रामीण क्षेत्र वा देश बन्दैन ।
जरोको कारण र उपचार
जरो कि त मस्तिष्ककै खराबीले वा तापक्रम नियन्त्रक केन्द्र (हाइपोथालामस) मा उत्तेजना पैदा भएमा आउने गर्छ । जरो ‘पाइरोजेन’ भन्ने रासायनिक तत्वको कारणले आउँछ । पाइरोजेन विभिन्न किसिमका क्यान्सर, कनेकटिभ टिस्यु डिसअर्डर, औषधी, चोटपटक, ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवा र परजीवीको कारणले शरीरभित्र उत्पादन हुने गर्छ, जसमा इन्टरल्युकिन–१, ट्युमर नेक्रोसिस फ्याक्टर (टिएनएफ), इन्टरफेरोन प्रमुख छन् । उक्त पाइरोजेन जसरी निस्किए पनि हाइपोथालामसलाई उत्तेजना गरी प्रोस्टाग्लाण्डीनद्वारा शरीरको तापक्रम वृद्धि गराई जरो आउँछ । सङ्क्रमणले शरीरको कोषिकामा पाइरोजेन उत्पन्न गराई मस्तिष्क
नजिकिए रुस र उत्तर कोरिया
रुस र युक्रेनबिचको युद्ध पेचिलो बन्दै गएपछि रुसले उत्तर कोरियासँग निकटता बढाएको छ । रुस र उत्तर कोरिया दुवैसँग परमाणु हतियार छन् । रुसको तुलनामा क्षेत्रफलका हिसाबले उत्तर कोरिया निकै सानो भए पनि उसँग परमाणु हतियारसहितको अस्त्र भण्डार ठुलो छ । दुवै मुलुकमाथि चर्को अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ र पश्चिमा मुलुकहरूबाट एक्ल्याइएको छ । त्यही भएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वैकल्पिक शक्तिका रूपमा आफ्नो पहिचान बनाउँदै निकटता बढाएसँग यसले विश्वव्यापी रूपमा नयाँ तरङ्ग ल्याएको छ । कसै कसैले यसलाई नयाँ शीतयुद्धको पूर्वाभ्यास भनेका छन् ।
बिदेसिनु बाध्यता कि रहर
युवा बाहिर गए । देशमा बुढाबुढी र बालबालिका मात्रै भए । त्यसैले गाउँघरमा मर्दापर्दा, खेतीकिसानी गर्दा वा अन्य सामाजिक सांस्कृतिक क्रियाकलापमा युवाको उपस्थिति न्यून हुँदै गयो । विद्यालयमा ११/१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राको सङ्ख्या धेरै र छात्रको सङ्ख्या थोरै पनि भएको छ । यी समस्याको कारण खोज्ने र समाधान पहिल्याउने कार्य हुन सकेको छैन । सतहमा यसको मुख्य दुइटा कारण सार्वजनिक हुँदै आएका छन् । पहिलो हो, युवामा विदेश मोह बढ्यो, नेपालमा केही हुँदैन
चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग
एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ : चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि मानिसलाई आध्यात्मिक–भौतिक बाटो चाहिन्छ, जहाँ मानिसले आ
निजामतीमा अपाङ्गता भएका व्यक्ति
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार २.२ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपाङ्गता भएको देखिन्छ । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ । अर्थात् आधा जनसङ्ख्या मात्र साक्षर अवस्थामा छन् । साक्षर जनसङ्ख्यामध्ये पूर्वप्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३.६ प्रतिशत छन् । प्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३४.३ प्रतिशत छन् । निम्न माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १९.५ प्रतिशत छन् । माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १४.४ प्रतिशत छन् । एसएलसी वा सोसरह उत्तीर्ण गर्ने जनसङ्ख्या ८.२ प्रतिशत छन् । प्रमाणपत्र तह उत्तीर्ण गर्ने जनसङ्ख्या नौ प्रतिशत छन् । स्नात
द्वन्द्व व्यवस्थापनको चुरो
सङ्गठनमा विभिन्न व्यक्ति तथा समूहबिच विविध कारणले सिर्जना हुने असमझदारी, झगडा, मनोमालिन्य, वादविवाद तथा मनमुटावले द्वन्द्व सिर्जना भई सङ्गठनको कामकारबाहीमा असर परिरहेको हुन्छ । सङ्गठनमा देखा पर्ने द्वन्द्व यसै कारणले हुन्छ भन्ने छैन । कतिपय अवस्थामा सङ्गठनको कार्यशैलीबाट द्वन्द्व तथा मनमुटाव सिर्जना हुन्छ भने कतिपय अवस्थामा अनावश्यक समन्वय तथा बहस पैरवी नगरी एकल निर्णय तथा निर्देशन जारी गर्दा द्वन्द्व सिर्जना हुने गर्छ । सङ्गठनका जिम्मेवार प
विद्यार्थीले कक्षा १० पछि के पढ्ने ?
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरु अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् ।
सार्क ब्युँतिए दक्षिण एसिया बौरिन्छ
भारत र पाकिस्तान आपसी खिचातानीमा रहँदा त्यसको प्रत्यक्ष असर दक्षिण एसियाका अन्य छ वटा देशमाथि पर्दै आएको छ; पर्ने क्रम चालु छ । यसमा अफगानिस्तान अहिले अपवाद हो, जहाँको शासन व्यवस्था चार वर्षअघि अमेरिकी सेना स्वदेश फर्केपछि तालिबान विद्रोहीले सञ्चालन गर्दै आएका छन् । यिनको शासन संयन्त्रले अन्तर्राष्ट्रिय मान्यता भने पाउन सकेको छैन । अफगानिस्तान सन् २००७ मा मात्र ‘सार्क’ सङ्गठनको आठौँ सदस्य भएको हो । करिब ४० वर्षअघि अर्थात् सन् १९८५ मा दक्षिण एसियाका सात वटा देश (बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का) मिलेर क्षेत्रीय सहयोगको अवधारणालाई मूर्त रूप दिइएको हो । ‘साउथ एसिएन एसोसिएसन फर रिजनल कोअपरेसन’ यस अङ्ग्रेजी नामको सङ्गठनको सङ्क्षिप्त रूप ‘सार्क’ मा सदस्यता लिने सबै मुलुकको सर्वाङ्गीण
शिक्षामा परिवर्तनका सङ्केत
युरोपबाट फर्केपछि जङ्गबहादुरले पश्चिमी शिक्षाको प्रवेश गराएका थिए । उनले आफ्नै दरबारमा पठनपाठनको व्यवस्था गराएका थिए । त्यसपछि राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरबाट सुनको साँचो र चाँदीको ताल्चा खोली त्रिभुवन चन्द्र कलेजको समुद्घाटन भयो । नेपालका बुद्धिजीवीको संलग्नता त्यसै बखतदेखि त्रिचन्द्र कलेजमा हुन थाल्यो ।
बजेट कर्मकाण्डमा सुधारको खाँचो
सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेको छ । यस पटकको बजेट अन्य वर्षमा भन्दा भिन्न तवरले छलफल भएको देखिएको छ । बजेटमाथि विपक्षी दलहरूले आलोचना गर्ने परम्परा नै रहे पनि यस पटक भने सत्तारूढ दलका सदस्यले समेत बजेट विनियोजनका सम्बन्धमा कटु आलोचना गरेका छन् । रोस्ट्रमबाट नै विनियोजन पुस्तिका च्यात्ने, रोस्ट्रममा नै मौनधारण गर्ने, रोस्ट्रममा पाँचको नोट छाड्ने, मन्त्रीलाई स्वर्गद्वारी दर्शन गर्न सल्लाह दिने जस्ता अनौठा परिदृश्य यस पटक देखिएका छन् । महिनौँ लगाएर गरिने बजेटमाथिको यस किसिमको छलफललाई सदस्यले क
न्यायिक उत्तरदायित्वको मूल्य
न्यायिक उत्तरदायित्वलाई राज्यका प्रमुख दुई अङ्ग कार्यपालिका र व्यवस्थापिकाभन्दा उच्च स्थानमा राखिएको हुन्छ । राज्यका तीन अङ्गमध्ये न्यायपालिकाको उत्तरदायित्वलाई बढी महìव दिइन्छ । रोमन विधिशास्त्रका अनुसार ‘न्यायाधीशको असक्षमता वा अनभिज्ञता निर्दोषीको दुर्भाग्य र दोषीको सौभाग्य हुनु हुँदैन ।’ न्यायिक उत्तरदायित्वले न्यायिक कार्यको पारदर्शितालाई स्पष्ट पार्छ । न्यायिक उत्तरदायित्वभित्र न्याय प्रशासन, न्याय सम्पादन तथा समग्र अदालतको व्यवस्थापन समेटिएको हुन्छ । अदालतको स्वतन्त्रता र न्यायिक आचारसंहिताको माध्यमद्वारा अदालतको न्यायिक उत्तरदायित्व स्थापित हुन्छ ।
माधवको नीति, माधवकै नेतृत्व
जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो । देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता
चट्याङको प्रभाव र सावधानी
अहिले मौसमी विपत् आइपर्ने समय हो । तापक्रम वृद्धिले तराई क्षेत्रमा तातो हावा चल्छ भने पहाडी क्षेत्रमा बाढीपहिरो जान्छ । हावाहुरी तथा आँधी आउनुका साथै चट्याङ पनि यही बेला पर्छ । विपत् व्यवस्थापन प्राधिकरणका अनुसार सबभन्दा बढी कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा चट्याङका कारण मानिसको ज्यान गएको । विशेष गरी हिउँदे वर्षा र पूर्वमनसुनको समयमा चट्याङले क्षति पु¥याउँछ । चट्याङको कारण एकै पटक धेरै मानिसको मृत्यु हुँदैन । यसबाट हुने क्षति जङ्गल नजिक तथा ग्रामीण क्षेत्रमा हुन्छ । तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत आउँदैन । त्यसैले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ ।
सूचनाको हक लागू गर्नै समस्या
राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सूचना माग्न गएका चार अभियन्तालाई ३ असारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । नगरपालिकामा अनियमितता भएको भनी सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै त्यससम्बन्धी सूचना माग्न पुगेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घकै गोकर्णेश्वर नगरपालिकाका नगर समिति संयोजक आदर्श
छापा पत्रकारिताको कमजोर भविष्य
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ ।
अर्थतन्त्रको तथ्याङ्कीय तस्बिर
केन्द्रीय तथ्याङ्क विभागले हालै नेपालको अर्थ मन्त्रालयको तथ्य तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार हाल नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । हाम्रा छिमेकी चीन र भारत तथा केही नवउदयमान अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदरको तुलनामा यो वृद्धिदर सानो देखिए पनि विश्वव्यापी औषत वृद्धिदरमा यो ठिकै हो । केवल हामी उच्च आर्थिक वृद्धिदरको लक्ष्य राख्ने र सो प्राप्ति नभएपछि निराश हुने रोगले ग्रसित भएका मात्रै हौँ ।