मौलिक पहिचान रक्षाको चिन्ता
नेपाल गाउँ नै गाउँले भरिएको र विविध सम्प्रदाय मिलेर बसोबास गरेको देश हो । गाउँका कृषि उत्पादन र घरेलु तथा साना उद्योग हाम्रो जीविकोपार्जनका आधार हुन् । यिनै आधारमा टेकेर हामी जति छिटो गाउँको विकास गर्छौं त्यति नै छिटो हामी आर्थिक र सामाजिक रूपले सवल र आत्मनिर्भर बन्न सक्छौँ । अहिले बोलीमा मात्र विकासले तीव्र्रता पाएको अवस्था छ । व्यवहार त त्यस्तो देखिँदैन । विश्वमै विकाससम्बन्धी धारणा फरक फरक ढङ्गले आइरहेका छन् । गाउँहरू एकदमै दुर्गममा छन् । एक घरदेखि अर्को घरसम्मको दुरी असाध्यै टाढा छ । ती ठाउँमा विकासका सबै पूर्वाधार पु¥याउन नसकिने हुँदा ती गाउँलाई एकै ठाउँमा
विद्यार्थीको मनोविज्ञान र शिक्षक
कक्षा ७ मा कक्षाकोठाभित्र बसेर वाक्य निर्माणका क्रियाकलाप गराइरहेकी थिएँ । विभिन्न किसिमका शब्द दिएर अर्थपूर्ण वाक्य निर्माणको क्रियाकलापमा विद्यार्थी दत्तचित्त भएर लागि परेका थिए । विद्यार्थी आफूले निर्माण गरेका वाक्य सुनाउने र देखाउने होडबाजी गर्दै थिए । पढाइमा त्यति सक्रिय नहुने प्रायः अन्तिम बेन्चको कुनामा बस्न मन पराउने एउटा बाबुलाई उठाएर आफ्नो कापी लिएर अगाडि आउन अनुरोध गरेँ । सेतोपाटीमा लेखिएका शब्दलाई उसले कसरी वाक्यमा प्रयोग गरेको होला ? मलाई जान्ने जिज्ञासा थियो । कापी मागेर उसले बनाएका वाक्य पढ्दै गएँ । एउटा वाक्यमा पुग्दा म टक्क रोकिएँ; उसका आँखामा हेरेँ
अमेरिका भ्रमणबाट प्राप्त शिक्षा
उन्नाइसौँ शताब्दीमा युरोप विश्व पुँजीवाद केन्द्र बन्यो । नयाँ नयाँ वैज्ञानिक निष्कर्ष पनि युरोपमै भए । प्राविधिक क्षेत्रमा पनि त्यहीँ नै अग्रणी अवस्था विकसित भयो । दार्शनिक क्षेत्रमा पनि युरोप नै अग्रगन्य देखियो । प्रविधिको क्रान्तिका कारण औद्योगिक क्षेत्रमा इतिहासकै ठुल्ठुला परिवर्तन भए । अनेकौँ क्षेत्रमा ठुला ठुला सहर विकसित भए । ठुल्ठुला कलकारखाना स्थापित भए । औद्योगिक उत्पादनलाई संसारभरि पु¥याउन पानी जहाजहरूको विकास भयो । बजारको खोजी व्यापक रूपमा
फेसनले निम्त्याएको सामाजिक विचलन
मानव सभ्यता आउनुअघि मानिस जङ्गली सभ्यतामा थिए । चेतनशील प्राणी हुनुको अर्थमा मान्छे सभ्य बन्दै गए । जङ्गलमा नाङ्गैभुतुङ्गै बाँच्ने जीवनमा परिवर्तन हुँदै मान्छेले रुखबिरुवाका बोक्रा पातहरूले आफ्नो लाज छोप्न लागे र व्रmमशः कपडाको निर्माण गरी आफ्नो शरीर ढाक्न लागे । अन्ततः सभ्य समाजको बासिन्दा कहलाइन थाले ।
‘मिडिया’ बाहिरका खबर
मेरो टिममा प्रिय साथीहरू यहाँहरूलाई थाहै छ, अहिले हामीले निर्वाचन प्रचार गर्न, पार्टीको ¥याली गर्न पाएका छैनौँ । हाम्रा पार्टीका नेता, कार्यकर्तालाई अपहरण गरिएको छ, पक्राउ गरिएको छ । तिनका परिवारका सदस्यलाई समेत हतोत्साही गरिएको छ । हाम्रा सन्देशहरू पाकिस्तानका रेडियो, टिभीबाट पनि प्रतिबन्धित छन् । त्यसैले हामीले यो एआई प्रविधिको प्रयोग गरेर हाम्रा आग्रह र सन्देशहरूलाई यहाँहरू समक्ष ल्याउने प्रयास गरेका हौँ ।’
सुखको जन्मदाता
सय वटा युद्ध जिते पनि मन हा¥यो भने सबै हारियो । सय वटा युद्ध हारे पनि मन जित्यो भने सबै जितियो । हारजित मनमा हुने भएकाले मनलाई जिताइराख्न सत्कर्म गर्नु पर्छ । सत्कर्मबाट मन बलियो हुन्छ । पाप, धर्म, सत्कर्म र कुकर्म सबै मनले नै गर्ने हुन् । जसले संयम अपनाइ आफूलाई जित्न सक्छ, उसले सबै
परिष्कृत बन्दै संविधान
विगतमा न्यायपालिका र कार्यपालिका तथा न्यायपालिका र व्यवस्थापिकाबिच द्वन्द्व देखिए पनि हाल यी निकायबिच विवाद छैन भने पनि हुन्छ । राजनीतिक पार्टी तथा पार्टीका नेताबिच विवाद भई त्यसमा संवैधानिक तथा कानुनी प्रश्न तेर्सिएर समस्या भने उत्पन्न भएका छन् । यस्ता विवाद भने न्यायालयमा हाल केही बढी छन् । विगतमा यस्ता विवाद जति आउँथे, हालको समयमा त्यसभन्दा बढी न्यायालयमा दर्ता भएको देखिन्छ । नेपालको संविधान निर्माण भए यता हाल संविधानको राजनीतिक मिश्रित व्याख्या हुने क्रम जारी छ । सुरु सुरुमा संविधानको व्याख्या हुने क्रम केही कम भए पनि हाल केही समय यता बढ्दो छ । सर्वोच्च अदालतले मौलि
बालबालिकाप्रतिको संवेदनशीलता
काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा कार्यरत बालबालिकाको उद्धार गरेका समाचारले प्राथमिकता पाए । सिंहदरबारभित्रै बाल श्रमशोषण भएको कुरामा किन कसैले आँखा नदेखेको होला भन्ने तर्क उठे । अनौपचारिक सेवाका क्षेत्र र सञ्चारको सुविधा एवं आमनागरिकलाई प्रवेशको अनुमति नदिइएका कलकारखानामा बालश्रमको शोषण भइरहेको छ भन्ने भाष्य सिर्जना भएको सन्दर्भमा सिंहदरबारभित्रै शोषणमा रहेका बालबालिका भेटिनु नौलो घटना हो ।
युगले सम्झिरहने नायक
असार ७, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २५ औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य विष्ट आफ्नो राजनीतिक कालखण्डमा चर्चामा रहनुभयो । उहाँ मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले चलाउनुभएको ‘थाहा अभियान’ को सम्झना स्वरूप उत्तरी मकवानपुरको एक नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । थाहा नगरपालिकाले आज असार ७ गते नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
चिन्तनको बाटो मूल लक्ष्य
जीवनमा सुख र शान्तिको आधार योग हो भन्ने कुरा धर्मशास्त्र र सिद्ध ऋषिमुनिले प्रमाणित गरेको विषय हो । योग दर्शनलाई साख्य दर्शनको क्रियात्मक साधनाका रूपमा मानिन्छ । योगको अर्थ विभिन्न रूपमा परिभाषित गरिएका छन् । जीव तìवलाई ब्रह्म तìवमा मिलन गराउने क्रियालाई योग भनिन्छ । अनुशासित प्रक्रियाबाट जोड्नु, मिल्नु अर्थात् उच्चतम अनुकूलताको आनन्दलाई योग भनिन्छ । आत्माज्ञान प्राप्तिको क्रियात्मक रूप योग हो । बुद्धिको स्थुलताबाट सूक्ष्मतातिरको यात्रालाई योग भनिन्छ अर्थात् बाहिरी विचारबाट निवृत्त भएर अन्तर्मुख हुनुलाई योग भनिन्छ । व्यष्टि चेतनाबाट समष्टि चेतनातिरको यात्रालाई पनि योग भनि
बजेट कार्यान्वयनका जटिलता
आर्थिक वर्ष ८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट व्यवस्थापिका संसद्को संयुक्त सदनमा पेस भइसकेको छ । अहिले बजेटबारे विभिन्न टीकाटिप्पणी पनि आई नै रहेका छन् । यो स्वाभाविक पनि हो किनभने बजेट कस्तो आयो, कति आयो र बजेटले कस्ता कस्ता आयोजना तथा कार्यक्रम समेटेको छ भन्ने सन्दर्भमा सर्वसाधारणमा चासो जोडिएको हुन्छ । यस कारण बजेट साधारण दस्ताबेज मात्र नभएर जनजीविकासँग सरोकार राख्ने भएकाले सबैका लागि महत्वपूर्ण हुने गर्छ ।
एआई कानुनमा ढिलाइ
युरोपेली सङ्घ (इयु) सदस्य राष्ट्रहरूका मन्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ऐनलाई अन्तिम स्वीकृति दिएको युरोपेली परिषद्ले घोषणा गरेको छ । एआई ऐनले जोखिममा आधारित दृष्टिकोण अपनाएको छ । उच्च जोखिममा रहेका एआई अनुप्रयोगहरूलाई कडा नियमन गर्न यस्तो गरिएको हो । ऐनले इयुभित्र संज्ञानात्मक व्यवहार हेरफेर र सामाजिक स्कोरिङमा संलग्न एआई प्रणालीहरूलाई प्रतिबन्धित गर्छ । यसले प्रोफाइलिङ र प्रणालीहरूमा आधारित भविष्यवाणी गर्ने प्रहरीका लागि एआईको प्रयोगलाई पनि निषेध गर्छ । जसले जाति, धर्म वा यौन झुकाव जस्ता विशिष्ट वर्गहरू अनुसार मानिसलाई वर्गीकरण गर्न बायोमेट्रिक डेटा प्रयोग गर्छ ।
वाम आन्दोलनको कोसेढुङ्गा
नेकपा (एकीकृत समाजवादी) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन आगामी २०८१ असार १६–२० गते काठमाडौँमा हुँदै छ । एमालेबाट २०७८ असोजमा छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको पहिलो पटक महाधिवेशन हुने भए पनि कम्युनिस्ट आन्दोलनकै निरन्तरता स्वरूप दसौँ महाधिवेशन आयोजना हुन लागेको हो । नयाँ पार्टी निर्माण गरेपछि य
अर्थतन्त्र उकास्न उद्यमशीलता
दिगो विकास र आर्थिक क्रियाकलापबिना देशको अर्थतन्त्र उकास्न सम्भव छैन । देशमा स्थिर सरकार भएन, वर्षैपिच्छे सरकार परिवर्तन भइरह्यो, चुलिँदो व्यापार घाटालाई देशले झेल्न विवश भयो भने देशको आर्थिक क्षेत्र डामाडोल हुन्छ । त्यसको असर देशको आर्थिक क्षेत्रमा देखा परिहाल्छ । केही समय पहिले नेपालको आर्थिक अवस्था खस्कँदो थियो । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको छ तर यसले गुणात्मक उपलब्धि भने अझै पनि प्राप्त गर्न सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ, जसलाई सरकारले बुझेर त्यही
सार्वजनिक खरिदका मार्गचित्र
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सूचना प्रविधि क्षेत्रका मुद्दालाई अदालतले सदर गर्दै जानुले यस क्षेत्रमा हुने भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बहसको खाँचो देखिन्छ । वास्तवमा सूचना प्रविधिका सेवा र वस्तुको खरिदमा मात्र होइन, पैठारी गरिएका अन्य ब्रान्डेड सामग्रीमा समेत मिलेमतोका समस्या छन् । कतिपयले कारोबारपश्चात् बिक्रेताबाट क्रेताले प्रत्यक्ष अप्रत्यक्ष लाभ लिई राखेकै हुन्छन् । जस्तै– निःशुल्क तालिम, पाँचतारे होट
अवकाशपछिको जीवन
कर्मचारी प्रशासनको पहिलो चरण भर्ना हो भने अन्तिम चरण अवकाश । अवकाश भएपछि कर्मचारीले बर्खास्त भएको अवस्थामा बाहेक सङ्गठनका लागि गरेको योगदान स्वरूप ओहदा र अवकाशको प्रकृति हेरी निवृत्तिभरण, उपदान र अन्य सुविधा प्राप्त गर्छन् । अवकाश भएका कर्मचारीको सुविधा पनि कति दिने भन्ने कुरा सरकारको हातमा हुन्छ । उनीहरूले समान बहालवाला कर्मचारीको बढेको तलबको दुई तिहाइ रकम निवृत्तिभरण वृद्धि हुन्छ र प्रत्येक वर्ष एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्च पाउँछन् । जसरी कुनै कम्पनीको सेयर होल्डरले बढीभन्दा बढी लाभांश, ऋण दिने साहुले बढीभन्दा बढी ब्याज, जमिनदा
नागरिक स्वार्थ सर्वोपरि
नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि अर्थात् २०४६ सालपछिको राजनीति नियाल्दा प्रस्ट हुन्छ राजनीति कहिल्यै स्थिर हुन सकेन । न राजनीतिक दल स्थिर हुन सके न राजनीतिक व्यवस्था नै । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको अभ्यास छोटो समयमै बदनाम हुन पुग्यो । हाम्रै पुस्ताको भोगाइ हो, आफैँले लडिल्याएको व्यवस्थालाई पनि हामीले जोगाउन सकेनौँ । एउटा शासन व्यवस्थालाई फालेर अहिले हामी गणतान्त्रिक व्यवस्थाको अभ्यासमा छौँ । हामी
सार्वजनिक सेवाको सुदृढीकरण
राज्यका तर्फबाट जनहित प्रवर्धनका निमित्त प्रदान गरिने सबै प्रकारका सेवाले सार्वजनिक सेवालाई समेटेको हुन्छ । राज्यको उत्पत्तिदेखि अनौपचारिक र औपचारिक कालखण्डमा शासन व्यवस्था जस्तो किसिमको भए पनि कुनै न कुनै हिसाबले सार्वजनिक सेवामा लगानी गर्नैपर्ने बाध्यतासँगै यो हुँदै पनि आएको छ । विभिन्न स्वरूपको लगानीसँगै नागरि
प्रदेश बजेटको चिरफार
सातै प्रदेशका सरकारले संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गरेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशको बजेटको आकारमा सामान्य वृद्धि भए पनि अरू पाँच प्रदेशको बजेटको आकार घटेको छ । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको आकार घटाएका हुन् । आश्चर्य त के छ भने दुई प्रदेशको बजेट आकार बढेको भनिरहँदा आव २०७९÷८० को तुलनामा सबैको बजेट घटेको
कानुन र कार्यशैली
नागरिकमैत्री शासन, समाजवाद उन्मुख राज्य तथा सुशासनका तगारो हुन् बिचौलिया । यी अनौपचारिक अर्थतन्त्रका मलजलकर्ता पनि हुन् । भ्रष्टाचार निवारण नहुनुमा यिनीहरूको ठुलो भूमिका रहेको छ । उत्पादक तथा उपभोक्ता तथा दुवैका रोग हुन् यिनीहरू । यिनीहरूले उत्पादकलाई श्रमको न उचित मूल्य दिन्छन् न उपभोक्तालाई उचित मूल्यमा किनेर खान दिन्छन् । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीका शब्दमा ‘न्यायाधीश र झगडियाबिच मिलाउँछु भनी लेनदेनमा संलग्न हुने व्यक्तिलाई बिचौलिया’ भनिन्छ । देशका हरेक क्षेत्रमा सूक्ष्म ढङ्गले केलाउँदा बिचौलिया जताततै यत्रतत्र सर्वत्र आफ्नो सञ्जाल बनाउन सफल भएका छन्, जसले राज्य तथा गैरराज्यका पात्रको सदाचार, नैतिकता, इमानदारी तथा आत्मनिरीक्षणमा
निर्वाचन व्यवस्थापन रणनीति
निर्वाचन आयोग ऐन, २०७३ ले संविधानमा तोकिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त आयोगले गर्नुपर्ने अन्य कार्यको व्यवस्था गरेको छ । ऐन अनुसार आयोगले निर्वाचनसम्बन्धी नीति, योजना, रणनीति तयार पारी त्यसको कार्यान्वयन गर्नु पर्छ । आफूले गर्नुपर्ने संवैधानिक जिम्मेवारीलाई व्यवस्थित एवं योजनाबद्ध ढङ्गले सम्पादन गर्न आयोगले रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । सोही अनुरूप आयोगले पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरी सोही अनुसार विभिन्न कार्यक्रम तथा
अवस्था बदल्न सोच बदलौँ
नेपाली शान र मान एकातिर बहादुरीसँग जोडिएको छ भने अर्कातिर पूर्वीय ज्ञानसँग जोडिएको छ । पूर्वीय ज्ञानमा गौतम बुद्ध र उनको ज्ञानको सागर छ । साथै महर्षि जनक र उनको शासन गर्ने शैली छ । गीता, वेदपुराण र कैयौँ ऋषिमुनि छन् तर यी दुई वटै पाटाको मर्मबाट वर्तमान विचलित छ । न त बहादुरीको इतिहास लेखाउने साहस छ न त बुद्ध, जनक र ऋषिमुनिको बाटो भेटाउन सकिएको छ । इतिहासका पानामा उनै चढे, जो शक्तिमा थिए । इतिहासको भाषा र मर्म उनकै पढ्यौँ, जो शक्तिका नजिक थिए । अर्थात् खुकुरी बनाउनेको इतिहास कहिल्यै लेखिएन । नङ्ग्रा खियाउने कर्मयोगी र पसिना बगाउनेको इतिहास कहिल्यै प
बजेटको संसदीय विमर्श
संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउने निश्चित दिन निर्धारण गरिएको छ । प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको सङ्घीय बजेट ल्याउने व्यवस्था छ भने प्रत्येक प्रदेशले असार १ गते बजेट ल्याउनै पर्छ । कानुनी व्यवस्था अनुरूप नै गत जेठ १५ गते आएको बजेट सङ्घीय संसद्मा छलफलका क्रममा छ । यसै गरी दुई दिनअघि असार १ गते सातै प्रदेशमा ल्याइएको नयाँ आवको बजेट अब बिस्तारै सम्बन्धित प्रदेश सभामा छलफलका क्रममा जाने छन् । त्यस क्रममा देशका
घर नै पहिलो व्यावहारिक पाठशाला
मानिसको पहिलो पाठशाला घर हो । उसको बोलीचाली, व्यवहार, संस्कार घरबाटै विकास भएको हुन्छ । औपचारिक शिक्षाबिना नै मानिसको जीवन सहज रूपमा चल्न सक्छ । हिजोका मानिस थोरैलाई मात्र औपचारिक शिक्षा लिने अवसर थियो भने अधिकांश मानिस अनौपचारिक शिक्षाबाटै जीवन गुजारा गर्थे । समयक्रमसँगै शिक्षाको महत्व बढ्दै गयो । औपचारिक शिक्षाले जीवन जति सहज बन्न सक्छ, त्योबिना त्यति सहज नहुने हँुदा औपचारिक शिक्षा अनिवार्य बन्न पुग्यो । हाम्रो औपचारिक शिक्षा बढी सिद्धान्तमा आधारित देखिन्छ भने अनौपचारिक शिक्षा बढी व्यावहारिक मानिन्छ; जुन मानिसले सहज रूपमा अनुभूत गर्न सक्छन् ।