खोजी हुँदै आशाको दियो
‘हरेक नेपालीको घरमा एक हल गोरु, दुहुनो गाई अनि गरिखान पुग्ने जमिन, औषधीमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस्’ त्यो बेला बिपी कोइराला सधैँ भन्नुहुन्थ्यो, “हलो जोतिरहेको तस्बिर दिलमा राखेर सरकारका योजनाहरू कोर्नु ।” बिपीले बनाएको ‘समाजवाद’ को यो विम्ब त अब धुलोमैलो लागेर पुरानो भइसकेको छ । उहाँले देख्नुभएको ‘गाउँको विकास’ को सपना पनि विकासको त्यही बतासमा बतासिइरहेको छ । ‘नेपाल भनेकै गाउँ हो । नेपालको विकास भन्नु नै गाउँको विकास गर्नु हो । झुपडी, गाउँ र बस्तीबाट विकासको शङ्खनाद आफ्नै पाखुराले आफ्नै माटोमा प्रारम्भ गर्नु पर्छ’ बिपीको मान्यता थियो कि “गाउँको विकास नै मुलुकको सर्वाङ्गिण विकास हो ।”
खेल कूटनीतिको महत्व
नेपाली खेलकुद क्षेत्रमा केही समययता खेल कूटनीति (स्पोर्टस डिप्लोमेसी) को चर्चा खुब हुन थालेको पाइन्छ । नेपाल ओलम्पिक कमिटीको कार्यक्रममा होस् वा मैत्रीपूर्ण क्रिकेट खेल्न आएका वेस्ट इन्डिजका खेलाडीको स्वागत कार्यक्रममा साथै अन्य कार्यक्रममा समेत खेलकुद मन्त्रीलगायतले खेल कूटनीतिको विषय उठाइरहेका छन् । नेपालमा मात्र नभई विश्वमा नै खेलकुदले मानिसलाई एकजुट बनाउन विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रको इज्जत प्रतिष्ठा र गौरवसँग खेलकुद जोडिएको हुन्छ । वर्तमान समयमा खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनका रूपमा मात्र नभई राष्ट्रिय एकता प्रवर्धन गर्ने र मानिसलाई एकताबद्ध गराउने माध्यमको रूपमा समेत लिने गरिन्छ । समाजमा व्याप्त विभिन्न किसिमका सामाजिक भेदभाव चिर्न पनि खेलकुदले अहम् भूमिका निभाइरहे
सांस्कृतिक पुनर्जागरणको खाँचो
संस्कृति भन्नेबित्तिकै हामी जहिल्यै हाम्रा पुर्खाले चलाउँदै आएका परम्परागत मान्यतालाई मात्रै ठान्छौँ । प्राचीनकालदेखि चल्दै आएका धर्म, कला, भाषा, साहित्य आदिको परम्परागत स्वरूप पक्कै पनि संस्कृति हो तर त्यति मात्रै होइन । संस्कृति त त्यस्तो कुरा हो, जसले हाम्रो पहिचान कायम गर्छ । संस्कृति भनेको त्यस्तो संस्कार हो, जसले हामीलाई बढीभन्दा बढी परिष्कृत बनाउँदै लैजान्छ । हाम्रा सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा झल्किने क्रियाकलाप नै संस्कृति हो । संस्कृति भनेको समग्रमा समाजको परिचय हो । नवनिर्माणका नाममा हामीले जुन परम्पराको थालनी गर्छौं, कालान्तरमा त्यही नै संस्कृति बन्छ । त्यसैले कस्तो संस्कृतिको निर्माण गर्ने भन्ने हाम्रै हातमा छ र सदैव असल संस्कृति निर्माणमा मानव समुदायको भूमिका रहनु पर्छ ।
सगरमाथाले जोडेको सम्बन्ध
सगरमाथा विजय तेन्जिङ र हिलारीको व्यक्तिगत साहस र सफलता हो । त्यसैले त नेपाल विश्वमै साहसिक पर्यटनका लागि उत्तम भूमिको रूपमा परिचित भयो । नेपाल र न्युजिल्यान्डको सम्बन्ध विस्तारको बीजारोपण पनि यसै सफलतापश्चात् भयो । सगरमाथा आरोहणपछिका वर्षमा सर एडमन्ड हिलारीले सगरमाथा क्षेत्रमा हवाई मैदान, विद्यालय, अस्पताल आदि निर्माण र सञ्चालन गरी सुरु गरेको सामुदायिक र सामाजिक सेवाको कार्यको कारण उनी उक्त क्षेत्र र न्युजिल्यान्डमा उनी प्रसिद्ध भए । सन् २००८ को जनवरीमा मृत्यु हुनुअघि उनी न्युजिल्यान्डमा सबभन्दा बढी मन पराउने व्यक्ति थिए । रिजर्व बैङ्क अफ न्युजिल्यान्डले निष्कासन गरेको पाँच डलरको नोटमा हिलारीको तस्बिर छ । कुनै देशको राजा, रानी र राष्ट्रपतिबाहेक जीवित व्यक्तिको तस्बिर नोटमा भएको पहिलो व्यक्ति सायद उनी नै होलान् ।
जनपक्षीय पत्रकारका आदर्श
कृष्ण सेन इच्छुक क्रान्तिकारी पत्रकारिताको वैचारिक र साङ्गठनिक आधार स्तम्भ हुनुहुन्थ्यो । स्पष्ट विचार, निष्ठा र अदम्य साहसका साथ बलिदान दिनुभएका इच्छुकको नाम आदर र उच्च सम्मानका साथ लिइन्छ । इच्छुक जति बाँच्नुभयो, निष्ठापूर्ण जीवन बाँच्नुभयो । आफूलाई गौरवपूर्ण बलिवेदीमा इमानदारपूर्वक समर्पण गर्नुभयो । कथनीलाई इमानदारपूर्वक व्यवहारमा पनि प्रमाणित गर्न सक्यो, तुच्छ स्वार्थलाई सचेत प्रयत्नबाट सर्वथा त्याज्य ठान्यो । तमाम चुनौतीलाई आदर्शको शृङ्खला खडा गर्दै ललका¥यो, यस्ता अजम्बरी योद्धा इच्छुकको स्मरण जनपक्षीय पत्रकारका लागि औपचारिकता मात्र होइन ।
प्राकृतिक सन्तुलनको पर्याय
एक जना मित्रले सोध्नुभयो, “कछुवा किन चाहियो, कछुवा सबै मासिए पनि हामीलाई के फरक पर्छ ?” यो एउटा प्रतिनिधि प्रश्न हो । अरू जीवका विषयमा पनि यस्तो प्रश्न आउँछ । एक पटक मलाई जागिरका लागि लिइएको मौखिक परीक्षामा प्रश्न गरियो, “झिँगालाई नास गरिदिए के होला ?” त्यस्तै पदमै बसेका एक व्यक्तिले भन्नुभयो, “मच्छडले तराईमा साह्रै दुःख दियो, यसलाई सखाप पार्ने कुनै तरिका छ ?” यी सबै प्रश्नलाई मैले एउटै उत्तर दिएँ, “कुनै जीवको अस्तित्व नामेट पारेमा प्रकृतिको सन्तुलन बिग्रिन्छ, जसको सबैभन्दा बढी प्रभाव मानिसमा पर्छ ।” अरू जीवको उसै सन्दर्भमा कुरा होला । यस लेखमा कछु
अकल्पनीय त्यो घटना
०५८ साल जेठ १९ गते शुक्रबार । ‘दरबार हत्याकाण्ड’ को त्यो त्रासदीपूर्ण रात । तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारको अन्त्य । त्यो हत्याकाण्ड नेपालको इतिहासमा सम्भवतः सबैभन्दा बीभत्स र रहस्यमय घटना । दरबार हत्याकाण्ड भएको २३ वर्ष भयो । इतिहास उधिन्नेहरूका लागि २३ वर्ष छोटो लाग्न सक्छ तर इतिहास बनेको कुनै घटना भोग्नेका लागि २३ वर्ष निकै लामो हो । दरबार हत्याकाण्डपछि जन्मिएको व्यक्ति अहिले युवाको प्रतिनिधित्व गर्ने र तार्किक हस्तक्षेप गर्न सक्ने भएको छ । यो पुस्ताले इतिहासको त्यो रहस्यमय घटनालाई कसरी बुझ्दो हो ? के उक्त घटनाको सही दस्ताबेज निर्माण भएको छ ?
इतिहास संशोधनको औचित्य
विगतका घटनाको खोजी र त्यसको सप्रमाण प्रस्तुति नै इतिहास हो । इतिहासले यथाशक्य लिखित प्रमाण खोज्छ । आधुनिकतासँगै श्रव्य, श्रव्यदृश्य तथा फोटोग्राफीको व्यापक प्रचलन भएकाले अब यी सामग्री पनि इतिहासको प्रमाणका रूपमा स्थापित भएका छन् । प्राचीनकालका शिलालेख, ताम्रपत्र, लालमोहर, रुक्का, सनद, इस्तिहार, वंशावली, तिथ्यावली आदि इतिहासका पुरानो प्रचलनका स्रोत हुन् । नेपाल राजनीतिक रूपमा कहिले अस्थिर र सङ्क्रमणकालीन त, कहिले तानाशाही र अन्धकार युगमा रह्यो । इतिहास लेखनका लागि लामो समय कुर्न पर्ने अवस्था भयो । विडम्बना के भने नेपालको इतिहास पनि सबैभन्दा पहिले विदेशीले लेखिदिनु पर्ने अवस्था देखा पर्न गयो । नेपालको प्राचीन इतिहासको मूल स्रोत लिच्छविकालमा राखिएका शिलालेख हुन् । रा
बजेट कार्यान्वयनका चुनौती
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको बजेट पेस गर्नुभएको छ । यस बजेटका पाँच वटा उद्देश्य छन्, जसमा पहिलो उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, दोस्रो निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने, तेस्रो मानव संसाधन विकास गर्ने, चौथो स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण
व्यक्तित्व विकासका अवसर
शिक्षा विकासको आधार हो । शिक्षा एक आधारभूत मौलिक अधिकार पनि हो । परिष्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यमशीलता विकासको आधारसमेत शिक्षा हो । शिक्षाको समान अवसर विश्वव्यापी मान्यता हो । सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएपछि यसको घोषणापत्रको बडापत्रमा जाति, लिङ्ग, भाषा वा धर्मका आधारमा भेदभाव नराखी सबै नागरिकलाई शिक्षा दिनुपर्ने कुरा लेखिएको छ ।
धूमपानरहित नेपाल
कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान हो । यसले २५ किसिमका विभिन्न रोग प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सर बनाउँछ । सुर्ती सेवनले असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु छैन । सुर्तीजन्य पदार्थले अल्पकालीन तथा दीर्घकालीन गरी थुप्रै रोग लगाउँछ । धूमपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछन्, जसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकै कारण कपाल झर्ने, मुखमा घाउखटिरा हुने, तालु खुइलिने, हातमा पाप्रा आउने रोग लुपस इरिथ्रिमेटोसस, निको पार्न गाह्रो हुने तथा बारम्बार बल्झिरहने पेटको अल्सर, छाला प
बजेटमा शिक्षा क्षेत्र
सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कुल बजेटको १०.९५ प्रतिशत विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट चालु आवभन्दा पाँच अर्ब ३७ करोड रुपियाँले बढाइएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय सदनको संयुक्त बैठकमा पेस गरिएको कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेटमध्ये शिक्षातर्फ सबैभन्दा बढी दुई खर्ब तीन अर्ब ६६ करोड रुपियाँ छुट्याइएको हो । चालु आवमा कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गर्दा शिक्षा क्षेत्रका लागि एक खर्ब ९७ अर्ब २९ करोड अर्थात् ११.२६ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।
धितोपत्र माग सिर्जनाका विकल्प
नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा कारोबार गरिरहेका छन् ।
श्रमसँग जोडिने शिक्षा
विगत केही वर्षदेखि युवा विद्यार्थी पढ्ने, कमाउने र विभिन्न पेसा तथा रोजगारका लागि विदेशिने क्रम बढ्दो छ । त्यसो त धेरै पहिलेदेखि नै नेपाली कामको खोजीमा भारतलगायत केही अन्य देशमा जाने परम्परा थियो । सो क्रम झिनो वा सानो थियो भने अहिले बढ्दो क्रममा छ । लाहुरे हुने रहर र घरायसी बाध्यताले पनि कामको खोजीमा मुग्लान पस्ने गरेको पाइन्थ्यो । पछाडिका वर्षमा भारतबाहेक मलेसिया, खाडी मुलुक, साउदी अरब, कतार, दुबई, अरब इमिरेट्स, पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश आदि र केही विकसित मुलुक अमेरिका, बेलायत, सिङ्गापुर, हङकङ, जर्मनी, इटाली, जापान र विभिन्न युरोपियन मुलुकमा जाने क्रम बढेको छ ।
विश्वविद्यालय सुधारका प्रसङ्ग
प्रजातन्त्र पुनः प्राप्तिपछि सरकारले शिक्षामा उदारीकरणको नीति ल्यायो । सरकारको यो नीतिपछि हाल नेपालमा केन्द्रीय र प्रादेशिक विश्वविद्यालय १३ वटाभन्दा बढी खुलिसकेका छन् । नेपाल विश्वविद्यालय, ख्वपः विश्वविद्यालयलगायत अन्य विश्वविद्यालय खोल्ने प्रयास पनि भइरहेका छन् । कुनै समय सबै विद्यार्थीलाई आफूमा समेटेको देशको पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हाल ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । बाँकी २० प्रतिशत विद्यार्थी मात्र अन्य १२ वटा विश्वविद्यालयमा अध्ययनरत छन् ।
नयाँ राष्ट्रपति खोज्दै इरान
अकल्पनीय दुर्घटनाले इरान शोकमा छ । राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत केही वरिष्ठ अधिकारीको एकै पटक हेलिकोप्टर दुर्घटनामा निधन भएपछि इरान शोकमा साथै सङ्कटमा परेको हो । यही मे १९ मा देशको उत्तरी क्षेत्रको एक कार्यक्रममा भाग लिएर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।
मेलमिलापमा न्यायिक समिति
नेपाली बृहत् शब्दकोश अनुसार मेलमिलापलाई परस्परमा राम्रो सम्बन्ध वा मैत्री हुने काम, मिलजुल, मेलजोल भनेर परिभाषा गरिएको छ । मेलमिलापसम्बन्धी ऐन, २०६८ को दफा (२) को देहाय ‘ज’ अनुसार मेलमिलाप भन्नाले मेलमिलापकर्ताको सहयोगमा विवाद निरूपण गर्ने प्रक्रिया सम्झनु पर्छ । विज्ञहरूले ‘मेलमिलाप’ को शाब्दिक अर्थ पक्षहरूको साझा हित वा मिलनविन्दु भन्ने गरेका छन् । तेस्रो पक्षको उपस्थितिको सहयोगमा आपसी सहमतिमा कुनै विवादको समाधान हुने प्रव्रिmया नै मेलमिलाप हो । मेलमिलापमा कानुनी आधार भन्दा व्यावहारिक पक्षलाई बढी जोड दिइन्छ ।
प्रशासनमा नवीनतम प्रवृत्ति
सरकारको दायित्व भनेको जनताका लागि झन्झटरहित सार्वजनिक सेवा प्रदान गर्नु हो । सार्वजनिक सेवाको कारोबार लागत न्यून हुनु पर्छ । सेवा लिँदा सेवाग्राहीलाई कुनै भारको अनुभूति हुनु हुँदैन । बरु उमङ्ग महसुस हुने खालको हुनु पर्छ । यसका लागि सार्वजनिक सेवामा विविध अवधारणा विकास भएको पाइन्छ । तिनको सैद्धान्तिक पक्षसँग नेपालले कति सामञ्जस्य कायम गर्न सकेको छ भन्ने विषयमा यहाँ समीक्षा गर्ने प्रयत्न गरिएको छ ।
सगरमाथा आरोहणका सात दशक
माउन्ट एभरेस्ट अर्थात् सगरमाथा नेपालको गौरव र विश्वको आकर्षण हो । विश्वकै सर्वोच्च भूमि हो सगरमाथा । सगरमाथाका विषयमा गीत र कविता सिर्जना भएका छन् । चलचित्र बनेका छन् । किताब लेखिएका छन् । सगरमाथाको तस्बिर नोटमा छापिएको छ । हुलाक टिकट प्रकाशित छ । सगरमाथा आरोहण गर्नु भनेको विश्व कीर्तिमान कायम गर्नु हो । यस्तो कीर्तिमान बनाउन विश्वका आरोही नेपाल आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७१ वर्षमा अनौठा कीर्तिमान कायम भएका छन् । अझै नौलो कीर्तिमान बनाउन आरोहीहरू सङ्घर्ष गरिरहेका छन् । मे २९ मा विश्वभर ‘एभरेष्ट डे’ मनाउने चलन पनि छ ।
गणतन्त्रको घाम अस्ताउनु हुन्न
निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए पनि नेपालको गणतान्त्रिक यात्रालाई त्यति लामो भन्न मिल्दैन । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हुंदै आएका अभ्यास, स्थापना गरिएका संरचना र संयन्त्रहरूलाई क्रमशः अगाडि बढाउने प्रयत्न भने हुंदै आएका छन् ।
पाठ्यपुस्तकको दीर्घकालीन समाधान
गुरुकुल पद्धतिपछि सामुदायिक विद्यालय नै हाम्रो औपचारिक पठन संस्कृतिको जग हो । यही जगमा टेकेर शिक्षाको विकासका लागि राज्यका तर्फबाट सकारात्मक प्रयास हुँदै आएको छ । शिक्षा क्षेत्रमा एक खर्ब रुपियाँभन्दा बढी वार्षिक खर्च हुने गरेको अभिलेख छ । त्यो सबै राज्यकोषबाट खर्च हुने रकम हो । यसैबाट विद्यार्थीलाई निःशुल्क पुस्तक र खाजा खुवाउने गरिएको छ । यसका बाबजुद बर्सेनि विद्यार्थी सङ्ख्या र विद्यालय सङ्ख्या पनि घटिरहेको छ भन्ने समाचार पढ्न पाइन्छ । यसले गर्दा के
मानव अधिकारको दियो
मानव अधिकारको क्षेत्रमा काम गर्ने एम्नेस्टी इन्टरनेसनल बेलायतमा खुलेको आठ वर्षपछि नेपालमा भित्रिएको हो । एम्नेस्टी नेपाल शाखाका संस्थापक नुतन थपलिया बेलायत भ्रमण गरी फर्किएसँगै सन् १९६९ देखि उहाँले यसको गतिविधि नेपालमा प्रारम्भ गर्नुभयो । पञ्चायती शासनकालको बर्बरतामा एम्नेस्टी अभियान महत्वपूर्ण हुने ठानेर आस्थाका बन्दी रिहाइका लागि र नागरिक तथा राजनीतिक अधिकार संरक्षणमा केन्द्रित भएर यो अभियान सुरु भयो । विश्वव्यापी रूपमा सन् १९७१
अर्थतन्त्र सुधार्न कृषिमा लगानी
नेपालको ६०.४ प्रतिशत जनता कृषि पेसामा आश्रित रहेका छन् भने कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत रहेको छ । अधिकांश जनता कृषि पेसामा संलग्न रहेको सन्दर्भमा कृषि क्षेत्र नै नेपालको आर्थिक विकासको मूल आधार हो । कृषि क्षेत्रको समुचित विकास गर्न सकिएमा राष्ट्रको सर्वाङ्गीण विकास गर्न सकिन्छ । कृषि क्षेत्रमा लगानी वृद्धि गरी उत्पादन र उत्पादकत्व बढाउन सकेमा यसमार्फत रोजगारी सिर्जना, गरिबी निवारण, खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता
नयाँ युगको थालनी
आज जेठ १५ गते गणतन्त्र दिवस । ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन र जनजाति आन्दोलनको बलमा संविधान सभामार्फत नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको औचित्य एवं महìवलाई थप सुदृढ गर्न र प्रेरणा प्राप्त गर्न आजको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । गणतन्त्र दिवस परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने तमाम वीर सहिद, परिवर्तनको पक्षमा रगत पसिना बगाउने सबै वीर वीरङ्गनाप्रतिको सम्मान, प्राप्त उपलब्धिहरूप्रति गौरवका साथै तमाम परिवर्तनका पक्षधर र गणतान्त्रिक मुलुकका निम्ति विशेष उत्सव पनि हो । आमपरिवर्तनकामीको आस्था, विश्वास र प्रतिबद्धताको प्रतीक पनि हो ।