नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
त्यतिबेला हामीले भोगेका अनेकौं पीडादायी क्षणहरुभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ ।
बजेटले समेट्नुपर्ने विषय
मुलुकमा तीव्रताका साथ आर्थिक–सामाजिक विकास गरेर उत्पादन तथा बृहत् रोजगारीका अवसरको सिर्जना गरी स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनुपर्ने अभिभारा सरकारसमक्ष रहेको छ । संविधान अनुसार अब सरकारले संसद्समक्ष नीति तथा कार्यक्रम पेस गरेर जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने विषय के के छन् त ?
डढेलो नियन्त्रणका उपाय
गत चैत–वैशाखको समयमा देशको वायुमण्डलीय अवस्था प्रदूषित तथा तुवाँलोयुक्त बन्यो। काठमाडौँ संसारको सबैभन्दा प्रदूषित सहर बन्यो। पोखरा, विराटनगरलगायत सहरहरू अत्यधिक प्रदूषित बने। जङ्गलमा लागेको आगो निभाउने क्रममा मानिसको मृत्यु पनि भयो। तापक्रम अत्यधिक रूपमा बढ्यो । तराई क्षेत्रमा तापक्रम ४० डिग्रीभन्दा बढी पुग्यो । उक्त तापक्रमले वातावरणलाई अत्यधिक तातो बनायो । बस्ती क्षेत्रमा पनि आगलागी भए । एकातर्फ प्रि–मनसुनको बेला औसत अनुसारको वर्षा हुन सकेन । अहिले केही पानी परेको छ । पानी पर्न रोकिनासाथ जेठमा यो समस्या निम्तिन सक्छ । विभिन्न उपाय अवलम्बन गरेर डढेलो निय
संसद्को प्रभावकारितामा प्रश्न
सांसदको काम कानुन बनाउने हो तर उनीहरू वडा अध्यक्षले गर्ने काम गर्न लालायित छन्। निर्वाचन क्षेत्रमा सामुदायिक भवन, शौचालय जस्ता निर्माण कार्य गर्न उनीहरूको रुचि हुन्छ । भनसुन गरेर सरकारी कार्यालयबाट आफ्ना मानिसको काम गराउन सकियो भने उनीहरू आफ्नो सफलता ठान्छन् । संसदीय समितिहरू मन्त्रालय र विभागलाई यो काम गर र नगर भनेर निर्देशन दिनुलाई महान् ठान्छन् । सांसद आफ्नो कामभन्दा कार्यकारीको काममा किन रुचि र चासो राख्छन् ? कानुन बनाउने सांसदको कानुन निर्माणमा चासो नभएपछि नेपालमा राम्रो कानुन कसरी बन्छ ? कानुन राम्रो नभई शासन प्रणाली कस
दया होइन सेवा
बिरामी हुनु कसैको दयाको पात्र हुनु हो र ? सायद हाम्रो संस्कार र परम्परामा भेट्नेबित्तिकै सञ्चै हुनुहुन्छ भनेर सोध्नुको कारण पनि त्यही होला । हुन त अस्पतालमा भेटेको मानिसलाई सोधिने पहिलो प्रश्न पनि यही हुने गर्छ । नेपालका क्लिनिक र अस्पतालमा हुने भिड र चिकित्सक वा नर्सले नभ्याएर वा दबाबमा रहेर गर्ने व्यवहार जताबाट हेर्दा पनि बिरामी हुनु भनेको निरीह हुनु हो । बिरामी देखेर कसैले बस्ने सिट छाडिदियो वा मिठो वचन मात्रै गरिदियो भने पनि लाख पाएको अनुभूति हुन्छ । अझ चिकित्सकले परीक्षण गर्दै गर्दा देखाउने आत्मीयताले त भनि
पत्रकारिताको वैकल्पिक चौतारी
विचार र अभिव्यक्ति स्वतन्त्रताको सशक्त एवं संस्थागत माध्यम मानिने पत्रकारिता क्षेत्र मूलतः तथ्यमा आधारित समाचार, स्वतन्त्र विश्लेषण, निष्षक्षता, सार्वजनिक उत्तरदायित्व, व्यक्तिगत स्वतन्त्रता तथा हितको सम्मान जस्ता व्यावसायिक मूल्य र मान्यताबाट स्थापित भएको हो । स्वतन्त्र प्रेसमा राज्यबाट मात्र नभई प्रकाशक समेतबाट हस्तक्षेप नहुने गरी सम्पादकीय स्वतन्त्रता रहेको हुन्छ भन्ने मान्यता पनि छ । वार्षिक रूपमा प्रकाशित हुने गरेको प्रेस स्वतन्त्रता सूचकले पनि अन्य सूचकसँगै सम्पादकीय स्वतन्त्रता, प्रकाशक तथा सम्पादकको सरकार र राजनीतिक दलसँगको असंलग्नता एवं व्यावसायिक मूल्य मान्यताको पालनालाई आफ्नो अनुसन्धान विधिमा समेटेको देखिन्छ ।
भौतिक परीक्षणका समस्या
सरकारी सम्पत्तिको प्रचलित कानुनबमोजिम अभिलेख राख्नु पर्छ । हानिनोक्सानी नहुने गरी उचित संरक्षण तथा मर्मतसम्भार गर्नु पर्छ । खर्च भएबमोजिम भौतिक प्रगति भएको छ कि छैन जाँच गर्नु पर्छ । अधिकारप्राप्त अधिकारीको स्वीकृतिबाट जिन्सी सामग्री खरिद भएको हो होइन यो पनि हेर्नु पर्छ । कार्यालयमा प्राप्त जिन्सी सामग्रीको प्राप्ति र निकासीको उचित अभिलेख राख्नु पर्छ । खरिद गरिएका जिन्सी सामान उचित रूपमा उपयोग गर्नु पर्छ । यही परीक्षणलाई भौतिक परीक्षण भनिन्छ । लेखा परीक्षण जत्तिकै भौतिक परीक्षणको पनि महत्व रहेको छ ।
इलामको निर्वाचन सन्देश
सत्ताको अङ्क गणितमा कुनै प्रभाव नपार्ने भए पनि १५ वैशाखमा सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनलाई नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाले प्रतिष्ठाको लडाइँ बनाएका थिए । जुन लडाइँमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्कालाई फराकिलो मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वसभामुख सुवास नेम्वाङका पुत्र सुहाङ २७ हजार ७७२ मतका साथ निर्वाचित हुँदा कांग्रेसका खड्काले २१ हजार ९४२ म
नागरिकमैत्री सेवा प्रवाह
शासनमा नवप्रवर्तनको बहस चलेको निकै भयो । अमेरिकन प्रशासक/प्राविधिक अधिकृत अनिस चोपराले अमेरिकन सार्वजनिक प्रशासन सुधारका मार्गचित्रसहित ‘इन्नोभेटिभ गभर्नेन्स’ नामक पुस्तक नै लेखे । पुस्तकमा प्रजातान्त्रिक पूर्वाधारमा तथ्याङ्कको प्रवाह र जनताको शासनप्रतिको अभ्यस्त सहभागितालाई जोड दिइएको छ । यसमा जनताको सहभागितामा प्रविधिको सम्मिलनले सुनमा सुगन्ध थप्ने उनको निचोड देखिन्छ । सार्वजनिक सेवा प्रवाह सरकारले आफ्नो वाचा अनुरूप नागरिकलाई प्रदान गर्ने सेवा हो । रेसिप्रोसिटी सिद्धान्तका आधारमा हेर्ने हो भने जनताले तिरेको करको सरकारी भुक्तानी वा प्रतिफल हो ।
पलायन रोक्न बौद्धिक क्रान्ति
बौद्धिकहरूको चिन्तन सामाजिक चेतनाभन्दा उच्च स्तरको हुन्छ । विश्वको राजनीतिक विकासक्रमको अध्ययन गर्दा विकसित मुलुकले देशभित्र र बाहिर रहेका आफ्ना विज्ञ, विशेषज्ञ, प्रबुद्ध वर्ग, विद्धत् समूहको रायसल्लाह र विचारलाई आधार बनाएर उनीहरूको ज्ञान, सिप र अनुभवलाई मुलुक विकासमा उपयोग गरेको पाइन्छ । लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि हाम्रो मुलुकमा विद्वान् वर्गलाई पाखा लगाएर राजनीतिक आस्था र विचार बोकेर हिँड्ने कार्यकर्तालाई राज्यका अङ्गहरूमा र कूटनीतिक नियोगमा नियुक्ति दिने परम्परा बसालियो । यसले गर्दा ती निकायमा बौद्धिकताको स्पेस कमजोर हुँदै गएको छ । वस्तुतः हाम्रो मुलुकका अधिकांश योग्य र इमानदार बौद्धिक मुलुकभित्रै सङ्घर्षको बाटो त्यागेर पलायनको बाटो रोजेका छन् । राष्ट्र विकासको दृष्टिले योभन्दा विडम्बना अरू केही हुनै सक्दैन ।
सार्वजनिक सम्पत्तिको व्यवस्थापन
सरकारी निकायको स्वामित्वमा रहेका सम्पत्ति नै सार्वजनिक सम्पत्ति हुन् । अहिलेको अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रणमा रहेको सार्वजनिक उपयोगका सम्पत्तिलाई सार्वजनिक सम्पत्ति भनिन्छ । यसको उचित व्यवस्थापन गरेर उपयोग र उपभोग गर्दा यसले सार्वजनिक जीवनको मूल्य अभिवृद्धि गर्छ । समग्र सार्वजनिक सेवाको विश्वसनीयतामा वृद्धि हुन्छ । सार्वजनिक कोषको प्रयोग गरी सरकारी निकायद्वारा सार्वजनिक सम्पत्ति खरिद गरिन्छ एकातिर भने अर्कोतिर कहिलेकाहीँ अन्य निकाय तथा पक्षबाट हस्तान्तरण भएर पनि त्यस्तो सम्पत्ति प्राप्त हुन्छ ।
अर्थतन्त्रको सबलीकरण
नेपालको अर्थतन्त्र मूलतः सरकारी र निजी क्षेत्रको संरचनाबाट निर्माण भएको छ । सरकारी क्षेत्रभन्दा निजी क्षेत्रको हिस्सा बढिरहेको छ । जसमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ भने सरकारी क्षेत्रको २० प्रतिशत मात्र । यस्तो अवस्थामा निजी क्षेत्रमा सुधार नगरी समग्र देशको अर्थतन्त्रमा सुधार आउन सक्ने देखिँदैन । सन् २०१९ को कोभिडले आक्रान्त बनाएको विश्व अर्थतन्त्र अहिलेसम्म पनि तङ्ग्रिन नसकेको अवस्थामा नेपाल जस्तो परनिर्भर अर्थतन्त्र भएको देशको अर्थतन्त्रमा धक्का पुग्नु स्वाभाविकै हो ।
गुणस्तरीय शिक्षाका आधार
व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने, रोजगारीका आन्तरिक र बाह्य बजारमा सजिलै खपत हुन सक्ने, नैतिकवान् र राष्ट्रिय हितप्रति समर्पित नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षामा पहुँच नागरिकको अधिकार र राज्यको दायित्व हो । शिक्षाको गुणस्तर अभिवृद्धि जति अपरिहार्य छ, त्यति नै चुनौतीपूर्ण पनि छ । यस आलेखमा गुणस्तरीय शिक्षाका लागि चाहिने आधारभूत पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ । गुणस्तरीय शिक्षाका लागि सर्वप्रथम विद्यालयमा राष्ट्रिय मापदण्डबमोजिमका आवश्यक न्यूनतम भौतिक पूर्वाधारको व्यवस्था हुनु पर्छ । स्थानीय भूगोल र हावापानी अनुकूल तथा विद्यार्थी सङ्ख्याको अनुपातमा चिसो र धुलोमुक्त कक्षाकोठा, कार्यालय, शिक्षक कक्ष, सभाकक्ष, विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला र पुस्तकालयका लागि छुट्टै कोठा
संसारकै अप्ठेरो बाटो
नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।
गन्तव्य दोलखा
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।
लोकसाहित्यको सङ्ग्रहणीय कृति
काली–कर्णाली परिवेशको सिङ्गो लोकसंस्कृति र लोकसाहित्यको प्रतिविम्ब ग्रन्थभित्र पाइन्छ । तत्तत् क्षेत्रको लोकसंस्कृतिको र साहित्यको अद्यावधिक अभिलेखन पनि हो भन्ने कुरा यस ग्रन्थमा सङ्कलित, वर्णित र विवेचित विषयवस्तुबाट नै स्पष्ट हुन्छ ।
विश्वसम्पदा बौद्धनाथ स्तूप
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
बुझेको मधेश देखेको मधेश
म र मेरो मित्र ऋतिक यादवले सर्लाही जाने कार्यक्रम बनायौँ । मित्र यादवलाई एक कार्यक्रममा सहजीकरण गर्न प्रस्ताव आएको हुँदा उहाँले मलाई पनि फुर्सद भएसम्म जाउँ हिँड्नु मधेश पनि देख्नुहुन्छ भनेर भन्नुभयो । यसो सोच्दै गर्दा म पनि घुम्न ननिस्केको र काठमाडौँबाहिर जान मन लागिरहेको थियो ।
सागर फडेराको अवसान
दिल्लीको उत्तरपट्टिको ग्रामीण भेग वजिरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको थियो । ऊ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्थ्यो, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्थ्यो र सहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता सामग्री बेची साँझमा थाकेर आफ्नो कोठा वजिरपुर फर्कन्थ्यो ।
आफ्नो क्षमताप्रतिको गर्व
जीवनको विकास भनेकै गतिशीलता र समयानुकूल परिवर्तनको महसुस हुनु हो । सबै मानिसलाई लाग्छ, जीवनमा जे मिल्नुपर्ने थियो त्यो अरूको जस्तै मलाई पनि मिल्नुपर्ने थियो ।
चिनियाँ विकासको तस्बिर
चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरूले जुन विधि र पद्धति अपनाएका छन्, ती अनुकरणीय छन् । खास गरी कृषि र उद्योगमा चीनसँग नेपालले सहकार्य गर्नुपर्ने आवश्यकता बोध हुन्छ । तसर्थ पनि चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय छ ।नेकपा (माओवादी केन्द्र) को तिस सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको वैदेशिक विभागको आमन्त्रणमा हालै चीनको अध्ययन भ्रमण गर्यो । चिनियाँ प्रतिनिधि र नेपाली प्रतिनिधिमण्डलबिच चीनको राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान विदेश सम्बन्धको स्थिति, सी चिनफिङ विचार, आर्थिक र भौतिक विकास योजना र चिनियाँ विशेषताको समाजवादका बारेमा छलफल भयो । समाजवादको अभ्यास, चीनले पूरा गरेको गरिबी निवारणको योजना, शिक्षा, यातायात र कृषि विकास, मेसिनरी र यन्त्र उत्पादन, सिपिसीको भावी लक्ष्य, चीनले हासिल गरेको अन्तरिक्ष प्रविधि, नेपाल र चीनबिचको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धमा पनि खुलेर बहस भयो । नेपालको विकासमा सहकार्य र बिआरआई परियोजना, नेपालसितको सहकार्यमा नेपालमा औद्योगिक विकासको सम्भावना, दुई देशका कम्युनिस्ट पार्टीबिचको सम्बन्धको विकास गर्नेबारे छलफल भए । अध्ययन, भ्रमण र अवलोकनले महìवपूर्ण उपलब्धि र शिक्षा प्रदान गरेको अनुभूति भएको छ । नेपाली प्रतिनिधिमण्डलका नेता माओवादी केन्द्रका महासचिव देव गुरुङ हुनुहुन्थ्यो भने पङ्क्तिकार पनि भ्रमण दलमा सामेल थियो । राजनीति-विचारयस भ्रमणले चीन आज पनि माओ विचार, शिक्षा र माओका योगदानलाई सान्दर्भिक र सम्मानित रूपमा अनुकरण गरिरहेको देखिन्छ । मुख्यतः नयाँ चीन (क्रान्तिपछिको चीन) ले मुख्य नायक माओसहित देङ सियाओ पिङ र सी चिनफिङका त्रिआयामिक विचारलाई चिनियाँ विकासका तीन मोड र तीन मेरुदण्ड मानेको पाइयो । माओले क्रान्तिपछिको नेतृत्व गर्दै राजनीतिक, वैचारिक, सामाजिक, सांस्कृतिक साथै व्यवस्था नै परिवर्तन गर्न भूमिका निर्वाह गरेको, देङले आर्थिक रूपान्तरणको नयाँ नमुना दिई नेतृत्व गरेको र सीले वर्गीय विभेद हटाउने समाजवादी पद्धति, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गति, साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्रविरुद्धको नयाँ नीति, चीनको समग्र विकासको योजना, बन्द ढोका खोल्ने नीति अवलम्बन गरेको चिनियाँको अनुभवबाट जानकारी प्राप्त भयो । आर्थिक, सामाजिक, सांस्कृतिक विकास, अन्तरिक्ष विज्ञानमा पहुँचको तीव्रता, गरिबीविरुद्ध अभियानमा सीको वैचारिक योगदान महत्वपूर्ण छ । सीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्ड चीनको राष्ट्रवादी विचारलाई ध्यान पुर्याउँदै चीनको एकतालाई अझ मजबुत पार्ने दृष्टिकोण राखेको पाइयो । ताइवान, हङकङ, मकाउ, तिब्बत, सेचुवान (उइगुर क्षेत्र), इनर मङ्गोलियाविरुद्ध भइरहेका षड्यन्त्रविरुद्ध चीन सचेत देखिन्छ । यो पाठ सीले रुस विघटनबाट सिकेको पाइयो । चीन आफूमाथि आइलाग्नेलाई नछोड्ने नीतिमा दृढ छ । यो नै चिनियाँ विशेषतासहितको समाजवादको योे एउटा पक्ष हो ।अर्थव्यवस्था चीन विश्वकै धनी र विकसित देशमध्ये एक हो । उसको अर्थव्यवस्था सफल हुँदै गएको मानिन्छ । चीनले भौतिक पूर्वाधारलाई सबै प्रान्त, क्षेत्र, गाउँ, बस्तीसम्म पुर्याउने योजना र लक्ष्य अनुसार निरन्तर तीव्रगतिमा रहेको स्पष्ट देखिन्छ । यातायात, सञ्चार, कलकारखाना, उद्योग, व्यापार, व्यवसाय आदि प्रवर्धनमा अहिले गाउँलाई पनि महìव र जोड दिइएको देखिन्छ । आर्थिक समुन्नतिमा विश्वकै दोस्रो ठुलो अर्थव्यवस्था बन्न पुगेको चीन कमजोर र गरिब मुलुकको पनि आर्थिक समुन्नतिमा सहयोगी बन्दै गएको छ । विश्व मानवता, शान्ति र समानताका लागि आवाज उठाइरहेको तथा अविचल रहेको पाइयो । यसले विकास, निर्माण, उत्पादन, श्रम सुव्यवस्था र सुशासनमा पनि ध्यान दिइरहेको छ । मिश्रित अर्थव्यवस्था र एक देश दुई पद्धति अँगालेको चीनले ठुलाठुला व्यापारिक समूह, उत्पादन कम्पनी, सहकारीकरण, सरकारी र निजी साझेदारी, समानुपातिक आर्थिक वितरण, गरिब, विपन्न, कमजोर क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको रहेछ । ठाउँठाउँमा पिपिपी मोडेलको अर्थव्यवस्था पनि लागु गरिरहेको छ । एक देश दुई व्यवस्था अनुरूप राज्य सञ्चालन गरिरहेको चीन आर्थिक पद्धतिमा नै परिवर्तन गर्दै खुला बजारलाई पनि स्थान दिइरहेको छ । तीव्र गतिको रेलको विकासले अर्थतन्त्र र प्रविधिलाई झन् झन् सहज तुल्याएको रहेछ भने अनुसन्धान, खोज, अन्वेषण, आविष्कारमा दिइएको छ । कृषि पद्धति-नीति चीनको कृषि प्रणाली विकसित छ । थोरै जमिनबाट धेरै उत्पादन गर्ने, उन्नत जातका बिउबिजन आविष्कार गर्ने, यान्त्रीकरण र उच्चस्तरीय कृषिसामग्री प्रयोग गर्ने, जैविक श्रमशक्तिलाई क्रमशः यान्त्रिक शक्तिद्वारा विस्थापन गर्ने, कृषि पद्धतिलाई सरलीकरण गर्ने, चक्ला प्रथा, सामूहिक खेती र सहकारीमार्फत खेती गर्ने प्रचलन रहेछ । कृषि व्यवसायीकरण र सर्वसुलभ कृषि सामग्री, उन्नत बिउबिजन तथा उन्नत कृषि प्रविधि उपलब्ध गराएको तथा कृषि अनुसन्धान केन्द्रलाई विभिन्न ठाउँमा व्यापक बनाउने नीति लिएको रहेछ । विशेष अन्नबाली, फलफूल, तरकारी, पशुपालन, चिया बगान, जडीबुटीका विशेष क्षेत्र निर्धारण र तिनमा सम्पूर्ण साधन–सुविधा, उद्योगको व्यवस्था, व्यवसाय–व्यापार केन्द्रको व्यवस्था गरिएको रहेछ । कृषि प्रयोगशाला, रोग अनुसन्धान र उपचार व्यवस्था, कृषि उद्योग तथा कृषि प्रशोधन केन्द्रको स्थापना, कृषिविज्ञहरूको व्यवस्था आदि गर्दै वैज्ञानिक ढङ्ग र विधिको प्रयोग गरिएको रहेछ । हरेक क्षेत्रमा जमिनलाई कृषि, वन, चरन, आवास, उद्योग, शिक्षा आदि तोकेर कृषि उत्पादन हुने क्षेत्रलाई मास्न नपाउने नियम लागु गरिएको छ । आधुनिक र वैज्ञानिक खेती प्रणालीमा सकेसम्म नियमित सिँचाइ पु¥याउन विशेष जोड दिइएको छ । ठाउँठाउँमा ठुलाठुला सिँचाइका लागि पोखरी, ताल, जलाशय, जलाधार बनाई, बर्खे पानी सङ्कलन र भण्डारण गर्दै कुलो सिँचाइ, पाइप सिँचाइ, थोपा सिँचाइद्वारा किसानलाई नियमित सिँचाइ सुविधा उपलब्ध गर्ने व्यवस्थापन मिलाइएको छ । खाद्यान्नमा ‘हाई ब्रिड’ को विकास र अनुसन्धानले छिटोछिटो खेती पाक्ने र वर्षमा चार पटकसम्म खेती लगाउनेसमेत गरिएको रहेछ । एउटै मकैको बोटमा छवटा घोगा लाग्ने, एउटै धानको गाँजमा एक माना धान फल्ने, एउटै फूलको बोटमा फरक रङका फूल फुल्ने, एउटै फलको बोटमा फरक फलफूल फल्ने आदिसमेत गरेको देखियो । कलमे विधिले गमलामा पनि सानासाना बोटमा फलफूल फलाइँदो रहेछ । फूलको व्यावसायिक खेती र विश्वव्यापी निर्यात मात्रले वर्षमा अर्बौं युआन भित्रिएको छ । कृषि विश्वविद्यालयलाई यन्त्र विकास, प्रयोगशाला, अन्वेषण केन्द्रका रूपमा विकास गरेर रिमोट–कृषियन्त्र, विषादि छर्ने मेसिन, शक्तिशाली पम्प, हाते हलो, धान काट्ने, मकै छोडाउने, खेती गोडमेल गर्ने यन्त्र पनि उत्पादन गर्ने स्थान बनाइएको छ । पर्यटन हरेक प्राकृतिक स्थललाई कुनै न कुनै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, त्यसको भौतिक सौन्दर्यीकरण गर्ने, नयाँ नयाँ पर्यटन स्थल निर्माण गर्ने र यसरी पर्यटन केन्द्रहरूको व्यापकता सिर्जना गर्ने काम पनि वर्तमान चीनको विशेषता रहेको देखिएको छ । प्राकृतिक भौगोलिक रूपलाई मासेर वा बिगारेर पूर्वाधार विकास गरिएको छैन । माओको जन्मस्थलको पुराताìिवक प्राचीनतालाई यथावत् राखेर नै पर्यटन स्थलको विकास गरिएको रहेछ । युनान प्रान्तको झिजिन गुफाको चित्ताकर्षक बनोट र परिमार्जित अवस्था हेर्दा पर्यटनलाई कति महìव दिइएको रहेछ भन्ने स्पष्ट हुन्छ । यसको तिलस्मी सौन्दर्य मनमोहक छ । पार्क र व्यवस्थित पारिएका कृषि उत्पादन एकाइ पनि पर्यटक अवलोकन केन्द्र बनेका छन् । बार म्युजियम, वनस्पति म्युजियम, ऐतिहासिक स्थल, पुरातात्विक स्थल, तियानमेन चोक, ग्रेट हल अफ द पिपुल, अरनिको ग्राम, पुरानो चीनको जेल म्युजियम, डाटा प्रदर्शनी स्थल, कृषि म्युजियम र प्रदर्शनी स्थल, ठुला ठुला उद्यान र बगान निर्माण, विकास, संरक्षण गरी पर्यटनमा प्रगति गरिएको रहेछ । विशाल भौतिक संरचना, तिनको आकर्षक बनोट, विशिष्ट प्रकारको शैली, कलात्मक रूप रचना आदिले ती ठाउँ पनि दर्शनीय पर्यटक स्थल बनेका रहेछन् । ‘जनताको सेवा गर’, ‘तथ्यबाट सत्य पत्ता लगाऊ’, ‘परिश्रमबाट आत्मनिर्भरता’, ‘एक चीन एक सम्बन्ध’ जस्ता नारालाई विशाल ढुङ्गामा कोपेर सजाइएको छ । ढुङ्गै ढुङ्गा भएको चट्टानी थुम्के डाँडालाई ढुङ्गे बगैँचामा विकास गरिएको छ । यातायात र विशाल संरचना यातायात सुविधालाई आधारभूत र अनिवार्य पूर्वाधारका रूपमा लिइएको रहेछ । फलस्वरूप ठुला ठुला छ लेनदेखि दस लेनसम्मका राष्ट्रिय राजमार्ग बनाइएको छ । ठुला ठुला विशाल भौतिक संरचना, अग्ला अग्ला खम्बा भएका (तीन सय मिटरसम्म अग्ला) पुल, पुलमाथि पुल, घुमाउरा र आकर्षक पुल, सत्तरी तलासम्मका प्रत्येक बजार क्षेत्रमा दर्जनौँ घर, यत्रतत्र सुरुङ मार्ग निर्माण, आठ सय किमीमा ७५ प्रतिशत बाटो सुरुङ नै छ । गाउँ गाउँसम्म कृषि मार्ग पुगेको छ । अन्तरप्रादेशिक मार्ग दस लेनसम्मका रहेछन् । ठुला सहर जोड्ने छ लेनका राजमार्ग तीन–तीन वटासम्म बनेका रहेछन् । लाखौँ किमी बाटो पनि सफा र सुग्घर राखिएको छ । तीव्रगतिको रेल लाइन जताततै बिच्छ्याइएको छ । भव्य र विशाल रेलवे स्टेसन बनेका छन् । हामी घुमेका सबै ठाउँमा आठ लेनका समानान्तर राजमार्ग बनेको पनि देखियो; जुन प्रशस्त चौडा पनि छन् । सबै क्षेत्रमा यातायातको पहुँच पु¥याइएको रहेछ । गाउँगाउँमा दर्जनौँ तले भवनले पर्यटकलाई निम्तो दिएको देखियो । यातायात क्षेत्र विकासको मुख्य र पहिलो आधार हो भन्ने नीति नै बनाइएको रहेछ ।उद्योग-कारखाना विकास हामीले सानी यन्त्र उद्योग भ्रमण ग¥यौँ । यो ठुलो क्षेत्रमा पैmलिएको रहेछ । जसमा यन्त्रशाला र प्रदर्शन केन्द्र पनि थिए । यसले जेसिबी, डोजर, लोडर, ड्रिलर, क्रेन, टनेल मेसिन, अत्यन्त शक्तिशाली पम्प, मोटर, ट्याक्टर, एकै पटक धेरै गाडी ओसार्ने ठुला ट्रक बनाउँछ । निर्यात पनि गर्दो रहेछ । हजारौँ टन संवहन गर्न सक्ने विशालकाय मोटर बनाइँदो रहेछ । यस्ता ठुला उद्योग देशैभरि हजारौँको सङ्ख्यामा बनेका रहेछन् । यन्त्र उद्योग, इलेक्ट्रोनिक उद्योग, व्यावसायिक उद्योग, कृषि उद्योग, खाद्य उद्योग आदि स्थानीय विशेषता अनुरूप ठाउँठाउँमा समानुपातिक र सन्तुलित रूपमा खोलिएको छ । यो ‘सानी’ उद्योगमा साना हवाई इन्जिन पनि बनाइँदो रहेछ । कैयौं यन्त्र त स्वचालित मेसिनबाट बिनामानिस नै बनाइँदो रहेछ । सरकारी, प्राइभेट समूह, साझा कम्पनी, सरकार र जनताको साझेदारीमा उद्योग खोलिएको रहेछ । जसले विश्वभरि आफ्ना उत्पादन पुर्याएका छन् । समाजवादी आधुनिकीकरण र गरिबी उन्मूलनतेस्रो विश्वका नेपाल जस्ता मुलुकले असम्भव ठानेका काम चीनले सम्भव बनाएको छ । समाजवादको आधुनिक रूपले अर्थतन्त्रको समानुपातिक वितरण, सन्तुलित औद्योगिक विकास, कृषि क्षेत्रमा विकास र प्रचुर उत्पादन गर्दै ‘गरिबी उन्मूलन’ सफल पारिएको पाइयो । यातायातको विस्तारले त्यसमा सहयोग गरेको छ । सहरीकरण र वर्गीय असमानता हटाउने, अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रता विस्तार, बिआरआई परियोजना, विश्व मानवता, शान्ति र पर्यावरणमा पनि पूरा ध्यान पु¥याइएको रहेछ । विश्व साम्राज्यवाद र विस्तारवादको विरोध, स्वाधीन स्वाभिमानी आत्मनिर्भर समृद्ध चीन निर्माण, सरकारको जनताप्रतिको उत्तरदायित्वको पालना, भ्रष्टाचारविरुद्ध अभियान एवं कडा दण्ड विधानको व्यवस्था गरिएको छ । प्रशासनिक पद्धतिमा व्यापक सुधार र राष्ट्रिय अनुशासन, सामाजिकीकरण, जनसेवामा जोड, मिश्रित अर्थव्यवस्था जस्ता विशेषता सामाजवादको आधुनिकीकरणका विशेषता रहेको पाइयो । जसबाट गरिब बस्तीहरूमा गरिबी निवारणका प्याकेज लिएर सरकार गाउँमा पुग्ने गर्छ । माछा खान दिनेभन्दा माछा मार्न सिकाउने नीति गरिबी उन्मूलनको दिगो आधार बनाइएको र अशक्त, कमजोर, अपाङ्ग, दीर्घरोगीलाई सरकारले जीविका–भत्ता प्रदान गरिरहेको छ । सबै जनताको आवास, खाद्यान्न, पोसाक, स्वास्थ्योपचार, कृषि उत्पादन, शिक्षामा समानता ल्याउन जोड दिइएको छ । शिक्षाचीनमा वैज्ञानिक प्राविधिक उपयोगी शिक्षाका साथै कृषि शिक्षालाई पनि उत्तिकै महìव दिइएको छ । प्रायोगिक र व्यावहारिक शिक्षामा जोड दिइएको छ । खोज, अनुसन्धान, आविष्कार, अन्वेषणमूलक शिक्षाका केन्द्र बनाइएको रहेछ । माओले अध्ययन गरेको प्राचीन पेकिङ विश्वविद्यालयलाई आधुनिक विश्वविद्यालयमा रूपान्तरण गरी सञ्चालन गरिएको छ भने शिक्षालाई सर्वसुलभ बनाइएको रहेछ । शिक्षाले मात्र गरिबी हटाई देशलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने धारणा बनाइएको छ । शिक्षा र ज्ञानलाई गाउँगाउँसम्म पु¥याउन र जनतालाई सचेत र जागरुक बनाउन नै यसो गरिएको रहेछ । कृषि शिक्षा, प्रविधि शिक्षा, प्रयोगमूलक शिक्षा, व्यावहारिक शिक्षा, खोजमूलक शिक्षा, ऐतिहासिक शिक्षा, आधुनिक शिक्षालाई व्यापक विस्तार गरिएको छ । विद्यार्थी पढाइ सकेर निस्कँदा उसको हातमा सिप, दक्षता, क्षमता, विशेषज्ञता, प्राविधिक यन्त्र शिक्षाको योग्यता लिएर निस्किऊन् र स्वरोजगारी, स्वव्यवसाय गर्न सक्ने आत्मनिर्भर बनून् भन्नेमा जोड दिइएको छ । ‘शिक्षा सबैलाई’ भन्ने नारा बनाइएको छ । चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरूले जुन विधि र पद्धति अपनाएका छन्, ती अनुकरणीय छन् । खास गरी कृषि र उद्योगमा चीनसँग नेपालले सहकार्य गर्नुपर्ने आवश्यकता बोध हुन्छ । तसर्थ पनि चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय छ ।
तामाङ र नेपालभाषा सरकारी कामकाजमा
बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् ।नेपालभाषा नेवा समुदायको मातृभाषा मात्र होइन, कुनै समय नेपाल खाल्डो (काठमाडौँ उपत्यका) को सम्पर्क भाषा थियो । यो भाषा नेपालका विभिन्न राष्ट्रभाषामध्ये एक पनि हो । बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाको रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् । मुलुकभित्र र बाहिर रहेका नेवाः समुदायले वैशाख २४ लाई अस्तित्व प्राप्तिका दिनका रूपमा लिएका छन् । लामो समयको आन्दोलन र बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुखदेखि सांसदहरूको विशेष भूमिकाका कारण भाषा ऐन आउन सफल भएको हो । मुलुकमा विविध जातजाति छन् । त्यसमा पनि नेवाः समुदाय प्राचीनकालदेखि शासक र शासित दुवैमा रहेर आएका र भाषा, संस्कृतिको क्षेत्रमा पहिचान बोकेको समुदाय हो । नेपालमण्डल (कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट तथा मकवानपुर) नेवारहरूको प्राचीन थलो हो । यसमा प्रायः सबैजसो इतिहासकारको मतैक्य रहेको छ तर नेवाःहरू कहिलेदेखि यहाँ बसोबास गरिआए, यिनीहरूको प्रारम्भिक अवस्था वा स्वरूप कस्तो थियो भन्ने कुरामा भने भिन्न भिन्न मत छ । वर्तमान समयमा नेपालको राष्ट्रभाषा नेपाली हो । यो समस्त नेपालीको साझा भाषा हो । नेपाली भाषा व्याकरण, कोश र साहित्यमा समृद्ध छ । नेपालका राष्ट्रिय भाषामध्ये व्याकरण, कोश, साहित्य आदि वाङ्मयले परिपूर्ण, समृद्ध भाषा नेवारी अर्थात् नेपाल भाषा पनि हो । नेपालभाषा त्रिविमा विद्यावारिधि तहसम्म पढाइ हुन्छ । यो भाषा प्राचीन भाषा हो । लिच्छविकालमा संस्कृत राजभाषा भएकाले नेवारी भाषाभाषीहरूले संस्कृतका पद–वाक्य सुन्ने बोल्ने काम भई नै रह्यो । लिच्छविकालीन संस्कृत भाषाका अभिलेखहरूमा नेपालभाषाका थुप्रै शब्द पाइन्छन् । मल्लकालमा आएर संस्कृतका ग्रन्थ र पाण्डुलिपिहरू पूर्ण शुद्धतासाथ नेवारी लिपिमा सार्ने काम भए । मल्लकालीन समयमा नेपाल भाषा नै कामकाजको भाषामा उपयोग भयो । नेवारी भाषालाई नेवाः भाषाका वक्ताहरू नेवा भाय, वा नेपालभाषा भन्ने गर्छन् । मल्लकालमै नेपालभाषा उन्नत बन्यो । सोही कालखण्डमा ताम्रपत्र, शिलालेख तथा आधिकारिक कागजात नेपालभाषामै प्रयोग भएको पाइन्छ । १६ औँ शताब्दीदेखि नेपालभाषामा साहित्य लेखनको विकास भयो । साहित्यमा नेपालभाषाका विविध लिपिमध्ये प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपि प्रसिद्ध छन् तर प्राचीन ग्रन्थ र अभिलेखमा सबभन्दा बढी प्रयोग नेपाल लिपिकै थियो । नेपालभाषाका वाङ्मय मात्र होइन, संस्कृतभाषाका ग्रन्थसमेत नेपाल लिपिमा छन् । जब नेपालमा छापाखाना भित्रियो छापाखानामा नेपाल लिपिको व्यवस्था नभएकाले प्रचारप्रसारको दृष्टिले नेपालभाषा साहित्यको माध्यमिक कालमा तत्कालीन कवि लेखकले नेपाल लिपि छोडी देवनागरी लिपिमा लेख्न थाले । यसले प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपिमा लेखन कम हुँदै गयो । १४ औँ शताब्दीदेखि १८ औँ शताब्दीको अन्त्यसम्म नेपालको अदालत र राज्यभाषाका रूपमा नेपालभाषा प्रयोग गरिएको थियो । आन्दोलन र प्राप्त उपलब्धि‘नेपालभाषा आन्दोलन’ शीर्षकमा सानुराजा श्रेष्ठले गरेको शोधमा नेवाः समुदाय नेपालको इतिहास बोकेको नेवाः जाति भएको उल्लेख गरेका छन् । नेपाल खाल्डोमा आदिकालदेखि बसोबास गर्दै आएका नेवाः समुदायकै भाषा, कलाकौशलले नै देश समृद्ध रहेको छ । शोध परिचयमा लेखिएको छ ‘मल्लकालमा नेपाः देशमा राष्ट्रिय भाषाका रूपमा प्रचलनमा रहेको नेपालभाषा नेपाल एकीकरणका व्रmममा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८० मा नेपाः देश (नेपाल) जितेपछि नेपालभाषालाई अनादर गरियो र पछि राणाकालमा त झन् नेपालभाषामा लेखिएका लिखतलाई सरकारी मान्यताबाट हटाइयो ।’ यसरी नेपालभाषामाथि पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेसँगै हस्तक्षेप हुँदै राणाकालीन समयदेखि नेपालभाषा सरकारी कामकाजबाट हटाइयो । भाषाको अस्तित्व सँगसँगै संस्कृति बचाउन नेवाःका कैयौँ पुस्ताले आन्दोलन गर्नु पर्यो र रगत बगाउनु पर्यो । राणा शासन हटेर २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि स्थापना भएका रेडियोमा नेपालभाषाका समाचार समेटिएपछि खडेरी परेको नेपालभाषाको फाँटमा शीत पर्यो । राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि फेरि नेपालभाषामाथि प्रहार भयो । रेडियो नेपालमा प्रसारण हुने समाचार हटाएर नेवाःमाथि प्रहार भयो । लगत्तै २०२२ सालमा रेडियो नेपालको नियमित कार्यक्रम ‘जीवन दबु’ पनि हटाइयो । यसरी पञ्चायतकालभरि नेपालभाषामाथि प्रहार भइरह्यो । त्यो अन्धकार समयमा पनि नेपालभाषामा सिर्जना आन्दोलन भने सशक्त बन्दै गयो । पञ्चायती निरङ्कुश शासकविरुद्ध कविता र साहित्यिक सिर्जनाले व्यापकता पायो । कवि बुद्ध सायमि, पूर्णबहादुर वैद्य, योगेन्द्र प्रधान जस्ता सशक्त कविहरूले विम्ब र प्रतीकले पञ्चायती शासकको मर्ममा प्रहार गरिरहे । मल्ल के सुन्दर, पद्मरत्न तुलाधरलगायतका नेताहरूले नेपालभाषा आन्दोलनमा जागरण ल्याउनु भयो । जब २०४६ सालको आन्दोलनपछि पञ्चायत ढल्यो तब नेपालभाषा आन्दोलनले सशक्त रूप लियो । १० वर्षे माओवादी आन्दोलन र २०६२-६३ को जनआन्दोलनले ल्याएको परिवर्तनले २०७२ सालमा संविधान सभाले संविधान बनायो । यसपछि नेवाः युवा अभियन्ताहरू नेपालभाषा र नेवाः अधिकार स्थापनाका लागि निरन्तर आन्दोलनमा लागिपरे ।स्वागतयोग्य कदम प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भयो । यो ऐन आएपछि मुलुकले पाएको सङ्घीयताको औचित्य झन् बलियो बनाएको छ । ऐन राजपत्रमा प्रकाशित भएपछि वैशाख २४ गते छ महिना पूरा गरेसँगै कार्यान्वयनमा आएको हो । यसलाई सङ्घीयताको उपलब्धि मान्न सकिन्छ । यसलाई पूर्णता दिन आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन ऐनको दफा १८ ले गरेको छ । यस दफामा भनिएको छ, ‘यस ऐनको कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने छ ।’ भाषा ऐनले दिएको अधिकार व्यवस्थापन गर्न भने थुप्रै काम गर्न बाँकी छ । नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार पार्दा भने प्रदेश सरकारले सरोकारवाला सबैलाई समेटेर सूक्ष्म रूपमै सुझाव सङ्कलन गर्न जरुरी छ । यसलाई अझ समृद्ध र व्यवस्थित गर्न÷गराउन सबै सरोकारवालासँग प्रदेश सरकारले समन्वय गर्न आवश्यक छ । त्यसो भयो भने यो ऐन र सङ्घीय व्यवस्थाप्रति सबैको अपनत्व बढ्ने छ । जनशक्तिको व्यवस्थायो ऐन कार्यान्वयनमा ल्याउन नेपालभाषा अध्ययन गरेका विद्यार्थीलाई उपयोग गर्न सके सहज हुने छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालभाषा केन्द्रीय विभागबाट र अन्य नेपालभाषा अध्यापन हुने क्याम्पसबाट उत्तीर्ण भएका जनशक्तिलाई आवश्यक तालिम दिएर प्रदेश सरकारले हरेक सरकारी निकायमा काम गर्न अवसर दिनु पर्छ । भाषाकै क्षेत्रमा अध्ययन गरेर बसेका यस समुदायका जनशक्तिको उच्चतम उपयोग गर्न सकिन्छ । नेपालभाषामै प्राज्ञिक अध्ययनको व्यवस्था लामो समयदेखि हुँदै आएको छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले महानगरका विद्यालयमा करिब डेढ सय शिक्षक माग भएकोमा पाँच सय जनाको निवेदन परेको थियो । यसले के देखाउँछ भने नेपालभाषा अध्ययन गरेका जनशक्ति उपत्यकामा पर्याप्त छन् । प्रदेश सरकारले ती जनशक्तिलाई उपयोग गर्न सके भाषा ऐन कार्यान्वयनमा सहज हुने देखिन्छ । २०४८ सालको जनगणना अनुसार देशभरि नेवारहरूको कुल जनसङ्ख्या १०,४१,०९० छ र मातृभाषाका रूपमा नेपालभाषा बोल्नेको सङ्ख्या ६,९०,००७ रहेको छ । २०७८ सालको जनगणनामा यो सङ्ख्या बढेर करिब साढे १३ लाख पुगेको छ, जसमध्ये नेपालभाषा बोल्नेको सङ्ख्या आठ लाख ६३ हजार ३८० जना रहेका छन् । नेपालभाषा निकै समृद्ध भाषा हो । मुलुकको प्राचीन इतिहाससम्म पुग्नु पर्यो भने नेपालभाषाको अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । प्राचीन अभिलेखहरू नेपालभाषा र संस्कृतमा नै छन् ।
पौराणिक इविदह
अहिल्याको पतिव्रता धर्म नष्ट गराएकाले ऋषि गौतमको श्रापबाट मुक्त हुन पनौतीमा इन्द्र भगवान्ले इन्द्रेश्वर महादेव स्थापना गरेको देखिन्छ तर यहाँ असुरहरूलाई परास्त गर्दै सुशासन र सुव्यवस्थाको ग्यारेन्टी गर्ने ‘स्वराज्य’ को स्थापनाका लागि इन्द्रेश्वर महादेवको स्थापना गरेको देखिन्छ । ऋग्वेदमा असुरराज वेत्रासुरलाई परास्त गर्दै स्वराज्य स्थापना गरेकोमा सबै देवताले इन्द्र भगवान्को स्तुति गरेको पाइन्छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित इविदह देवीदेवताका कारण प्रख्यात छ । यहाँ गणेश, शिव, भगवती, नाग देवीदेवता रहेका छन् । सामान्य ढङ्गले हेर्दा पोखरी र देवी–देउता रहनु स्वाभाविक झैँ लागे पनि अनुसन्धानात्मक रूपले विश्लेषण गर्दा अलौकिक तथ्य फेला पर्छन् । सृष्टिको प्रथम सोपानदेखि वर्तमानको चरित्र उजागर हुने तथ्यहरूले चिन्तन र अभ्यासलाई बुझ्न कौतूहल जागेर आउँछ । प्राचीन गणेश र काशीको स्मरण इविदहको क्षेत्रभन्दा बाहिर विष्ट टोलमा रहेको गणेश विग्रह सिन्दूरबाट रङ्गिएको पाइन्छ । काशीमा पाइने प्राचीन सिद्ध गणेशस्थानको स्वरूपमा रहेको उक्त गणे शमूर्ति जागृत अवस्थाको प्राचीन मूर्ति रहेको स्पष्ट हुन्छ । वेदमा वर्णित गणेश अथर्वशीर्षका ऋचाहरू त्यस मन्दिरमा वाचन गर्दा वातावरणलाई प्रभावित पार्छ । वेदमा वर्णन गरिएको गणेशको गुण चरित्रलाई निरन्तरता दिँदै पुनः गरिएको वर्णन र त्यहाँ अवस्थित गणेशको रङरूप मिलेको पाइन्छ । रक्तं लम्बोदरं शूर्पकर्णकं रक्तवाससम् । अर्थात् रक्तवर्ण, लम्बोदर, शूर्पकर्ण तथा रक्तवस्त्रधारी हुनुहुन्छ भनेको पाइनुले पनि त्यहाँ रहेको गणेशको विग्रह प्राचीन रहेको बुझ्न सकिन्छ ।सत्येश्वर महादेव र सत्यदेवी इविदहमा निर्मित आकर्षक महादेव र देवी मन्दिरको नामकरण व्रmमशः सत्येश्वर महादेव र सत्यदेवी रहनुले पनि सत्ययुगसँगको सम्बन्धलाई जोड्न खोजिएको छ । श्रुतिपरम्परा तथा अस्पर्शनीय मान्यता अनुरूप ढुङ्गो स्थापना गर्दै ज्ञान र सिद्धि प्राप्त गर्ने क्षमता पछिल्लो समयमा लिखित शास्त्र तथा मठमन्दिर निर्माणसँगै दर्शनीय र पठनीय बनेका छन् । ऊँ यो वै रुद्र : स भगवान् यच्च सत्यं तस्मै वै नमो नम : । अर्थात् जो रुद्र : हुनुहुन्छ उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै सत्य हुनुहुन्छ । उहाँलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिव अथर्वशीर्षको वचनले सत्येश्वर महादेवको महत्व बुझ्न सकिन्छ । करचरणकृतं वाक्कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वापराधम् विहितमविहितं वा सर्वमेतत् क्षेमस्वजय जय करुणाव्धे श्री महादेव शम्भो ।। एवं प्रकार महादेवको स्तूति र प्रार्थनासँगै प्रारम्भ हुने हाम्रो दैनिकी सत्येश्वर महादेवको दर्शनसँगै साकार हुन पुग्छन् । यही स्तूतिको स्मरण गर्दै इविदहको परिव्रmमा गर्नाले तपस्याकै फल पाउन सकिन्छ । वेद: शिव: शिवो वेद: भन्ने शास्त्रीय मान्यतालाई आत्मसात् गर्दै ‘ऊँ नम : शिवाय’ मन्त्रको जपसहित सत्येश्वर महादेवको परिक्रमा गर्दा तीर्थको लाभ लिन सकिन्छ । ‘दुःखम् द्रावति नाशयतीति रुद्र: ।’ अर्थात् दुःख नष्ट गरिदिने भएकाले रुद्र भनिएको मन्दिरको परिक्रमा नियमित साधना बन्न पुग्दछ । सत्यदेवी र सप्तश्लोकी साधना अहं ब्रह्मस्वरुपिणी । मत्त: प्रकृति – पुरुषात्मकं जगत् । शून्यं चाशून्यं च ।। अर्थात् म नै ब्रह्मस्वरूप हुँ । मबाटै प्रकृति–पुरुषात्मक सद्रुप र असद्रुप जगत् उत्पन्न भएका छन् भन्ने देवी अथर्वशीर्षको वचनले यहाँस्थित देवीको महìव बुझ्न सकिन्छ । साथै श्रीमद्देवीभागवतको निम्न वचनले पनि आदि सनातन स्वरूपलाई ग्रहण गर्न सहज बन्दछ । ‘सर्व खल्विदमेवाहं नान्यदस्ति सनातनम्’ अर्थात् जगत् म नै हुँ, मभन्दा अन्य कुनै सनातन छैन भन्ने देवीको वचन सबैका लागि मान्य रहेको छ । यस्तो महìवपूर्ण देवी शक्तिको आराधना तथा साधना यस स्थलमा गर्नाले सर्वकल्याणको साथै सिद्धि पनि प्राप्त हुन्छ । इन्द्रेश्वर महादेव र स्वराज्यदेवराज इन्द्रद्वारा स्थापना गरिएको इन्द्रेश्वर महादेव इविदहको बाहिर केही पर पश्चिम दिशामा रहेको पाइनुले सत्ययुगको लीला भएको स्थलको रूपमा बुझ्न सकिन्छ । ‘ऊँ यो रुद्र: स भगवान् यश्चेन्द्रस्तस्मै वै नमो नम्:।’ अर्थात् जो रुद्र हुन्, उनी नै भगवान् हुन् र उनी नै इन्द्र हुन्, उनलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिव अथर्वशीर्षको वचनले इन्द्रेश्वर महादेवको महìवलाई बुझ्न सक्छौँ । पनौतीमा झैँ यहाँ पनि स्वर्गका राजा इन्द्रले शिवलिङ्गको स्थापना गरेको पाइनुले छुट्टै महìव राखेको पाइन्छ । अहिल्याको पतिव्रता धर्म नष्ट गराएकाले ऋषि गौतमको श्रापबाट मुक्त हुन पनौतीमा इन्द्र भगवान्ले इन्द्रेश्वर महादेव स्थापना गरेको देखिन्छ तर यहाँ असुरहरूलाई परास्त गर्दै सुशासन र सुव्यवस्थाको ग्यारेन्टी गर्ने ‘स्वराज्य’ को स्थापनाका लागि इन्द्रेश्वर महादेवको स्थापना गरेको देखिन्छ । ऋग्वेदमा असुरराज वेत्रासुरलाई परास्त गर्दै स्वराज्य स्थापना गरेकोमा सबै देवताले इन्द्र भगवान्को स्तूति गरेको पाइन्छ । “इत्था हि सोम इन्मदे ब्रहमा चकार वर्धनम् । शविष्ठ वज्रिन्नोजसा पृथिव्या नि : शशा अहिमर्चन्नन् स्वराज्यम् ।।” “शक्तिशाली इन्द्रदेव ! ब्रह्मनिष्ठहरूद्वारा प्रदान गरिएका दिव्य गुणले सम्पन्न सोमरसपान गरेर तिमीले आफ्नो उत्साह बढायौ । आफ्नो सामथ्र्यले देव समुदायको हानि गर्ने दुराचारीलाई मारेर पृथ्वीबाट हटाइदियौ ।” भनेर स्तुति गरेको कुराले स्वराज्यको स्थापना इन्द्र भगवान्बाट गरेको पाइन्छ । आजको समयमा भन्नु पर्दा प्रजातन्त्र, राष्ट्रियता र समावेशी समाजको प्रतिनिधित्व गर्ने स्वराज्य सबैले आफ्नो ठान्ने राज्य व्यवस्थाका रूपमा बुझ्न सकिन्छ । “आ. यद् वामीयचक्षसा मित्र वयं च सुरय : । त्यचिष्ठे वहुपाथ्ये यतेमहि स्वराज्ये” ऋग्वेदमा उल्लेख भएको पाइनुले स्वराज्य देवराज इन्द्रद्वारा रक्षा गरिएको ईश्वरीय शासन व्यवस्था हो भन्ने बुझिन्छ । स्वराज्य रक्षाका लागि देवलोकमा असुरराजविरुद्धको लडाइँमा पृथ्वीबाट मुचुकुन्द महाराज गई इन्द्र देवतालाई सहयोग गरेको कुरा श्रीमद्भागवत् महापुराणमा पनि पाइन्छ । तिनै मुचुकुन्द महाराज नाग देवताका रूपमा यही इविदहमा पाइनुले स्वराज्यको स्थापना भएको स्थल तथा स्वराज्यका शक्तिहरू रहेको स्थलका रूपमा पनि बुझ्न सकिन्छ । यस मन्दिरको नजिकै मनोहरा खोला छेउमा रहेको पैनाचल हनु लिङ्गेश्वर महादेव मन्दिर पनि ऐतिहासिक महìवको रहेको छ । नेपालमा पनि ‘स्वराज्य र मेलमिलाप’ लाई सूत्रका रूपमा अगाडि बढाइएको थियो । २०५२ सालबाट प्रारम्भ भएको माओवादी सशस्त्र युद्ध रोक्न र मुलुक र जनतालाई रक्षा गर्दै विकासका लागि विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचनपश्चात् २०७२ सालमा पारित गरिएको नयाँ संविधानपश्चात् प्रारम्भ भएको तीन तहको सरकार सञ्चालनमा आएको छ ।
भाषिक लबजमा विभेद
लबज एउटा निश्चित उमेर र सामाजिक घुलमिलबाट प्राप्त हुने पक्ष हो । एउटा सानो बालकले जति छिटो कुनै भाषाको लबज ग्रहण गर्छ, प्रौढ व्यक्तिले त्यो सफलता प्राप्त गर्न प्रायः असम्भव नै हुन्छ । जुनसुकै भाषामा पनि ‘लबज’ एक महत्वपूर्ण पक्ष हो । नेपालको सङ्घीय राजधानी काठमाडौँमा बोलिने नेपाली भाषा र काठमाडौँ बाहिर बोलिने नेपाली भाषामा केही लबजगत भिन्नता छन् ।काठमाडौँ बाहिरका नेपाली भाषीले काठमाडौँवासी नेपाली भाषीसँग कुरा गर्दा थोरै लबजगत सचेतता नअपनाउने हो भने ‘बोल्न नजानिएको’ भन्ने आरोप खेप्नुपर्ने हो कि भन्ने मनोविज्ञान बोकेका हुन्छन् । यो सत्य पनि हो । राजधानीमा बोलिने भाषिक लबजको प्रभाव तेजिलो र सर्वस्वीकार्य हुने गर्छ । त्यसैले त सबैले राजधानीमा बोलिने भाषाको लबजको सिको गर्नै पर्छ । स्थानीय स्तरमा हामी नेपाली भाषी राजधानीमा बोलिने लबजलाई स्तरीय लबज मान्दछौँ भने अङ्ग्रेजी भाषालाई दोस्रो भाषाका रूपमा सिक्नेहरू अमेरिकी वा बेलायती लबजलाई अनुकरणीय ठान्छन् । सन् १९७० को दशकदेखि मानिसले कसरी दोस्रो भाषा सिक्छन् भन्ने प्रश्नको सवालमा धेरै खोज अनुसन्धान भएको पाइन्छ । अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय भाषाको रूपमा पगरी गुथेदेखि यस भाषालाई दोस्रो भाषाको रूपमा बोल्नेबिच अङ्ग्रेजी लबजमा नै बोल्न सक्ने कसरी बन्ने भन्ने सपना भित्री रूपमा नै गडेर बसेको पाइन्छ । हुन त अङ्ग्रेजी भाषाको स्तरीय लबजको कुरा गर्दा यसका पनि धेरै विविधता पाइन्छन् । यही नै स्तरीय भाषा हो भन्ने किटान गरिएको छैन तर बकिङ्घम दरबारको अङ्ग्रेजी लबज निकालेर कुरा गर्न सक्नेलाई अन्य अङ्ग्रेजी भाषीभन्दा प्रतिष्ठित मानिन्छन् । एउटा लण्डनवासी अङ्ग्रेजी भाषी जसरी अङ्ग्रेजी बोल्छ, त्यसै गरी अङ्ग्रेजी बोल्ने प्रयासमा कैयौँ युवाले आफ्नो धेरै समय खर्चेका छन् । अङ्ग्रेजी भाषा लेखनका पक्षमा विश्वभरका गैरअङ्ग्रेजी लेखकहरूले जुन निखारताको विकास गरेका छन्, बोलाइका पक्षमा उनीहरूको त्यो स्तरको उपलब्धि छैन । जब एउटा गैरअङ्ग्रेजी भाषी अङ्ग्रेजी भाषामा स्थानीय व्यक्तिसँग वार्तामा सामेल हुन्छ, ऊ अङ्ग्रेजी भाषाको मातृभाषी होइन भन्ने प्रस्ट सङ्केत उसको लबजले दिइहाल्छ । अथवा मातृभाषी अङ्ग्रेजीसरह सुनिने गैरअङ्ग्रेजी भाषीको सङ्ख्या असाध्यै दुर्लभ छ । विश्वमा धेरै देशका धेरै मानिस अङ्ग्रेजी भाषा लेख्न र बोल्न सक्छन् तर जहॉसम्म अङ्ग्रेजी भाषाको लबजको सवाल छ, अङ्ग्रेजीलाई दोस्रो भाषाको रूपमा बोल्नेहरूका लागि यो त्यति सजिलो छैन । अङ्ग्रेजी व्याकरण र शब्दज्ञान भएर मात्र अङ्ग्रेजी लबज निस्कँदैन । लबज एउटा निश्चित उमेरमा र सामाजिक घुलमिलबाट प्राप्त हुने पक्ष हो । एउटा सानो बालकले जति छिटो कुनै भाषाको लबज ग्रहण गर्छ, प्रौढ व्यक्तिले त्यो सफलता प्राप्त गर्न प्रायः असम्भव नै हुन्छ । भाषाशास्त्री थोमस स्कोभेलले गरेको एउटा अनुसन्धानमा यो कुरा पत्ता लाग्यो कि ९७ प्रतिशत गैरअङ्ग्रेजी भाषीहरू अङ्ग्रेजी मातृभाषीसरह लबज निकाल्न असफल हुन्छन् । उनले रेकर्ड गरेर सुनेको अङ्ग्रेजी भाषामा मात्र तीन प्रतिशत गैरअङ्ग्रेजी भाषीहरू अङ्ग्रेजी मातृभाषीसरह उस्तै लबजमा बोल्न सक्छन् । स्कोभेलले नै गरेको अर्को अनुसन्धानमा अङ्ग्रेजी भाषामा लेख्ने गैरअङ्ग्रेजी लेखकहरूको व्याकरणीय भाषिक शुद्धता ४७ प्रतिशत मात्र पाइयो । सुसन ओयामा, जेम्स जे एसर र ओफेलिया गार्सिया भन्ने भाषाविद्हरूले गरेको अर्को अनुसन्धानमा यो पाइयो कि क्युबा र इटालीबाट बसाइ सरेर छदेखि १० वर्षको उमेरमै अमेरिका पुगेका विद्यार्थीको अङ्ग्रेजी भाषाको उच्चारण १० देखि १५ वर्षको उमेरमा सोही ठाउँबाट त्यहॉ पुगेका विद्यार्थीको तुलनामा अत्यन्त राम्रो थियो । प्रौढ भइसकेपछि अङ्ग्रेजी सिक्न सुरु गरेका विद्यार्थीको उच्चारण किन मातृभाषीसरह हुन सक्दैन भन्ने सवालमा पनि धेरै अध्ययन भएका छन् । यसको एउटा जल्दोबल्दो उत्तर त यो हो कि करिब १० वर्षको उमेरमा कुनै पनि व्यक्तिले आफ्नो मातृभाषाको शब्दज्ञान, व्याकरण र लबज ग्रहण गरिसकेको हुन्छ र दोस्रो भाषा सिकाइमा उसले आफ्नो प्रथम भाषिक नियमलाई आधार बनाउँछ, जसले गर्दा ऊ दोस्रो भाषा सिकाइमा मातृभाषीसरह सुनिन सक्दैन । यस पक्षलाई व्याख्या गर्ने अर्को प्रयासले भन्छ कि भाषा सिद्धान्तमा मातृभाषी उच्चारण तथा लबज ग्रहण जैविक रूपले बाह्र वर्षको उमेरसम्म पूरा भइसक्छ । यो उमेरलाई कठिन समय (व्रिmटिकल पिरियड) भनिन्छ । कुनै पनि व्यक्तिको मस्तिष्क बायॉ र दायॉ खण्डमा विभक्त हुन्छ । बायॉ खण्डको मस्तिष्कले पठाएका सूचनाहरू दायॉले ग्रहण गर्छ । बाह्र वर्षको उमेरसम्ममा बायॉ मस्तिष्कले जुन लबज ग्रहण गरी दायॉ मस्तिष्कमा पठाउँछ, त्यही लबजले मस्तिष्कमा स्थायित्व ग्रहण गर्छ । लबज तथा अनौपचारिक भाषागत संरचनाको दक्षता बाह्र वर्षपछि बन्द हुन्छ तर शब्द तथा व्याकरणको दक्षता विकास प्रौढ उमेरसम्म पनि तेज गतिमा चलिरहन्छ । बाह्र वर्षसम्मको कठिन समय (व्रिmटिकल पिरियड) मा दिमागले ग्रहण गर्ने भाषिक व्रिmयाको दक्षतालाई ‘सेरेब्रल ल्याटरलाइजेसन’ भनिन्छ । अनुसन्धान अनुसार बाह्र वर्षपछि यसको लचकता बन्द हुने भएकाले अङ्ग्रेजी मातृभाषी लबज यो उमेरपछि सुस्त हुने गर्छ । माथि उल्लिखित सिद्धान्त तथा अनुसन्धानले त्यस्तो देखाए पनि त्यसलाई प्रतिवाद गर्ने उदाहरण पनि नभेटिएका त होइनन् । धेरै जना द्विभाषीले तालिम, कडा परिश्रम तथा निरन्तर अभ्यासबाट अङ्ग्रेजी मातृभाषी लबज ग्रहण गरेका छन् ।जहॉसम्म लबज परिवर्तनको पक्ष छ यो एकै पुस्तामा असम्भव देखिन्छ । एउटा भाषिक सम्प्रदायबाट हुर्केर अङ्ग्रेजी भाषीको दुनियॉमा पुग्दा कुनै पनि व्यक्तिले उसको प्रथम भाषिक पृष्ठभूमिलाई मेटाउन वा भुल्न सक्दैन । उसले अङ्ग्रेजी भाषा लेखाइ वा बोलाइलाई ग्रहण गरी नै हाले पनि त्यस भाषिक सम्प्रदायमा समाहित भइहाल्न सक्दैन । उसको दोस्रो पुस्ताले अङ्ग्रेजी भाषिक सम्प्रदायको वातावरण पाइरहेमा पहिलो पुस्ताभन्दा राम्रो अङ्ग्रेजी भाषागत क्षमता हासिल गर्छ भने तेस्रो पुस्ताले मात्र आफूलाई पूर्ण रूपमा अङ्ग्रेजी भाषिक समूहमा समाहित गर्छ । आज विश्वका झन्डै चार दर्जन देशमा अङ्ग्रेजी भाषालाई प्रथम भाषाका रूपमा बोलिन्छ र अङ्ग्रेजी बोल्नेहरूको सङ्ख्या विश्वकै सबै देशमा उल्लेख्य छ । अङ्ग्रेजी भाषालाई मातृभाषाका रूपमा बोल्नेहरूका माझ यस भाषालाई दोस्रो भाषाको रूपमा बोल्नेहरूले केही न केही विभेद सहन गर्नु परिरहेको अवस्था छ । वर्णगत विभेद जस्तै लबजगत विभेद पनि आज युरोप र अमेरिकामा डरलाग्दो गरी व्याप्त छ । यस्तो विभेदको पहिलो असर त रोजगारीको क्षेत्रमा देखिन्छ । अङ्ग्रेजी भाषाको लबजमा बोल्न नसक्नेहरू आज शारीरिक परिश्रम गर्नुपर्ने काममा सीमित हुनु परेको छ भने बौद्धिक स्तरको काममा मातृभाषी लबजवालाले मात्र कब्जा गरेका छन् । क्षमतामा निपूण भए पनि लबजका कारण विभेद भोग्नेहरू प्रशस्त छन् । त्यस्तै संसारका विभिन्न देशबाट अमेरिकामा स्थायी बसाइँ सराइ गरेर सामूदायिक बसोबास (कम्युनल लिभिङ) गर्ने अङ्ग्रेजी द्विभाषीहरू विकास तथा राज्यबाट प्राप्त हुने सुविधाबाट बेवास्ता गरिएका छन् ।नेपालबाट पनि अङ्ग्रेजी भाषिक मुलुकमा बसाइँ सराइ, अध्ययन र रोजगारीको व्रmममा बाहिरिनेको सङ्ख्या उल्लेख्य छ । त्यहॉ पुग्ने नेपालीहरूको अङ्ग्रेजी भाषिक दक्षता कस्तो हुन्छ भन्ने रेकर्ड त सम्बन्धित निकायसँग होला नै तर त्यहॉ पुगेर बेहोर्नुपर्ने विभेदबाट मुक्त हुने हो भने अङ्ग्रेजी भाषी लबजको समेत क्षमता बोकेर जानुपर्ने आवश्यकता छ । फेरि यो सिकाइ प्रव्रिmया निश्चित उमेरसम्ममा पूरा गरिसक्नुपर्ने भएकाले हामीहरूले सानोमा पढ्ने विद्यालय तहदेखि नै होसियार हुन जरुरी छ । वर्तमान अवस्थामा राजधानीमा सञ्चालित केही ‘क’ वर्गका निजी विद्यालयबाहेक राजधानीबाहिरका निजी विद्यालयले यस्तो भाषिक क्षमता विद्यार्थीमा विकास गराउन सकेको पाइँदैन । त्यसमा पनि राजनीतिक हस्तक्षेपले हाम्रो शिक्षा पद्धति, खुकुलो परीक्षा प्रणाली र विद्यार्थीको आव्रmोशमा पटक पटक अग्निकाण्ड बेहोरिसकेपछि उत्तर पुस्तिका मूल्याङ्कनमा अलि खुकुलो भएको अनुभूत हुन्छ । त्यसैले परिश्रमी र निरन्तर अभ्यासमा समर्पित हुने दक्ष स्वदेशी तथा विदेशी शिक्षकबाट मात्र अपेक्षित भाषिक क्षमता हासिल गर्न सकिन्छ । विद्यालयमा हुने विभिन्न तालिमले यस्तो प्रयासलाई केही मात्रामा सहजीकरण त गर्ला तर तालिम विद्यार्थीसम्म पु¥याउन सक्ने खालको हुन जरुरी छ । चिया, बिस्कुट र भत्ता पचाउन गरिने ‘तालिम’ नामका स्वदेशी गफगाफले विदेशी भाषा सिकाइलाई प्रभावकारी बनाउला भनेर पत्याउन सकिने अवस्था छैन ।लबज सुधारका लागि आजभोलि विभिन्न च्यानलमा सञ्चालन गरिने भाषासम्बन्धी कार्यव्रmम, अङ्ग्रेजी मातृभाषीबिच भएका औपचारिक वा अनौपचारिक वार्तालापलाई सुन्ने, त्यसैलाई प्रयास गर्ने र सोही लबजमा बोल्न प्रयास गरेमा अपेक्षित सुधार आउन सक्छ । नेपालीहरू आजभोलि प्रायःजसो अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता अङ्ग्रेजी भाषी देशमा जाने भएकाले तत् तत् देशका अङ्ग्रेजी उच्चारण र लबजलाई सिकेर त्यहाँ पुगेमा आफ्नो पढाइ वा काममा सहजता आउनेदेखि लबजका कारण हुने विभेदबाट बच्न सकिन्छ ।