कागजको प्रयोग कि दुरुपयोग !
३१ वर्षअघि कक्षा ८ मा पढ्दा आठ वटामध्ये पाँच वटा पुराना किताब मैले पढेँ । त्यसमा गणित र भूगोल किताब त १२ वर्ष पुराना थिए । किताबमा नाम लेख्ने चलनले त्यो किताबको उमेर बताउँथ्यो । आफूभन्दा अघि ककसले त्यो किताब पढेका रहेछन् भनेर चाल पाइन्थ्यो तर अहिले विद्यालय र विश्वविद्यालय तहमा पुराना किताब पढ्ने रुचि विद्यार्थीमा देखिँदैन । सबै नयाँ किताब खोज्ने भएकाले शैक्षिक सत्र सुरु भएको महिना दिन हुन लाग्दा पनि प्रकाशकले विक्रेतासम्म किताब पु¥याउन सकेको हुँदैन ।
आगलागी नियन्त्रण संयन्त्र र नेपाली सेना
आगो मानिसका लागि अपरिहार्य छ । आगो दैनिक जीवनसँग जोडिएको छ । खाना पकाउने, बालबालिका र बुढाबुढीलाई न्यानो बनाउनेलगायत धेरै काममा यसको प्रयोग र उपयोग हुन्छ । आगोको सही व्यवस्थापन गर्न जानिएन भने त्यसले ठुलो धनजनको नोक्सान पुर्याउँछ । त्यही आगोले उग्र रूप लिएका कारण यतिबेला मुलुकले ठुलो क्षति बेहोर्नु परेको छ । आगलागीका कारण मानवीय क्षति मात्र भएको छैन, नेपालको सम्पत्ति मानिने हरियो वनजङ्गल नष्ट भएको छ । जसका कारण बहुमूल्य जडीबुटी र काठपात जलेर खरानी भएका छन् भने जङ्गली जनावर र चराचुरुङ्गीको बाँच्न पाउने अधिकार पनि खोसिएको छ । यसले जैविक विविधता र पर्यावरणमा ठुलो सङ्कट निम्त्याएको छ ।
नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास
आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो परिदृश्यले एक संवेदनशील वातावरण सिर्जना गरेको छ ।
भ्रष्टाचार नियन्त्रणका प्रसङ्ग
आधुनिक विश्वमा लोकतन्त्रले राजनीतिक प्रणालीमा प्रख्याति आर्जन गरिराखेको छ । प्रायः सबै प्रकारका राजनीतिक प्रणालीले लोकतन्त्रको मूल्य र मान्यतालाई पूर्ण रूपमा परित्याग गरेका छैनन् । साम्यवादीसमेत लोकतान्त्रिक धारमा प्रस्तुत भइराखेका छन् । लोकतन्त्र सर्वस्वीकार्य बने पनि भ्रष्टाचार विश्वव्यापी प्रमुख समस्याका रूपमा रहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा सुशासनको कल्पना गर्न सकिँदैन । लोकतान्त्रिक प्रणालीमा भ्रष्टाचार नियन्त्रण गर्न केही मान्यतामा दृढ हुनु पर्छ । आवधिक निर्वाचनमा हुने स्वस्थ प्रतिस्पर्धाले मात्र पनि यो लक्ष्य पूरा गर्न सकिँदैन । हालसम्मका अध्ययन प्रतिवेदनहरूले लोकतन्त्रको स्तर र भ्रष्टाचार
नेपालमा पारिवारिक अदालत
ब्ल्याक्स ल डिक्सनरी अनुसार निश्चित समयका लागि कुनै एक घरमा बसोबास गरिरहेका कुनै दुई व्यक्ति वा व्यवस्थाको अधीन निरन्तर वा गार्हस्थ स्वभावमा एकै घरमा सँगसँगै बसोबास गरिरहेका व्यक्तिहरूको समूह, हाडनाताका मानिसहरू, एकै मूलका पुर्खाबाट आएका नातेदारहरू, लोग्नेस्वास्नी र छोराछोरीसमेतलाई परिवारमा लिइएको छ । प्रेम–जुडिसियल डिक्सनरी अनुसार कुनै एक जनाको मातहतमा एकैसाथ रहेका एकघरका स्वामी र गार्हस्थ स्वभाव भएका व्यक्तिहरूको समूह हुन्छ ।
मिडियाका चुनौती
आमसञ्चार माध्यम, प्रेस वा मिडियाले प्रजातन्त्रको चौथो स्तम्भका रूपमा काम गर्दछ । हुन त माथि उल्लेख गरिएका आमसञ्चार माध्यम, प्रेस र मिडियाको अर्थ र दायरा फरक होला तर सबैको दायित्व सूचना प्रवाह नै हो । पछिल्ला वर्षहरूमा पत्रकारिताभन्दा पनि मिडियाकर्मी, सञ्चारकर्मी जस्ता शब्दहरू चल्तीमा छन् । जेसुकै भए पनि मिडियाकर्मीले जुनसुकै माध्यमबाट सूचनाको प्रवाह गर्नु हो र नागरिकलाई समाचार वा सूचना दिनु नै हो । मिडियाको विशिष्टीकृत परिभाषा हुने भएकाले यसबारे अलग्गै बहसको विषय बनाउन सकिन्छ । रिपोर्टर्स विद्आउट बोडर्र्सको दस्ताबेजमा ‘जर्नलिस्ट’ र ‘मिडिया वर्कर्स’ शब्दको
स्वतन्त्रतासँगै सङ्कटमा प्रेस
विश्वभर फैलिएको कोरोना भाइरस महामारीपछि नेपाली पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिइरहेको छ । नेपाली पत्रकारिताको सुरुवातदेखि (विसं १९५५ सुधासागर साहित्यिक पत्रिका, १९५८ गोरखापत्र) आजका दिनसम्म आइपुग्दा यस क्षेत्रले विभिन्न खालका चुनौती सामना गरेको छ । पञ्चायतकालीन पत्रकारिता, विसं २०४७ सालपछि सुरु भएको व्यावसायिक पत्रकारिता । दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकाल हुम्दै २०६२/६३ सालको राजनीतिक परिवर्तन र २०७२ सालको नयाँ संविधानपछिको समय ।
सुशासनतर्फ सरकारको अग्रसरता
सरकारले साना–ठुला सबै प्रकारका अपराध नियन्त्रणमा चालेका कदमका कारण नागरिकमा आशाको रक्तसञ्चार भएको छ । पछिल्लो पटक भ्रष्टाचारविरुद्ध विभिन्न अभियानमा सरकार दत्तचित्त भएर लागिपरेको देखिएको छ ।
मुलुकले आशा गरेको नेतृत्व
असल नेतृत्वले लोकतान्त्रिक शैली अपनाएर आचरण र व्यवहारमा परिवर्तन ल्याउँदै विधि र पद्धतिलाई स्थापित गर्छ । जनभावना बुझ्दै नेता, कार्यकर्ता र विज्ञको राय सल्लाहबाट देश र जनताको हितमा निर्णय लिन्छ । सामूहिक रूपमा पारदर्शी ढङ्गले काम गर्ने संरचनामा जोड दिन्छ । आफूसँग काम गर्ने टिमसँगको सम्बन्ध सुमधुर बनाएर प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्छ । टिममा राम्रो परिणाम निकाल्ने सदस्यलाई प्रोत्साहन र हौसला स्वरूप नयाँनयाँ जिम्मेवारी दिँदै जान्छ । देश
औलो रोकथामका उपाय
औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो । चीन र भारतका थुप्रै प्राचीन साहित्यमा यसको उल्लेख भएको पाइन्छ । सन् २०२४ अप्रिल २५ मा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्दै विश्वभर औलो दिवस मनाइयो । नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्ने प्रयास गरिरहेको छ । औलोका औषधी स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार यदि कुनै स्थानमा लगातार तीन वर्षसम्म स्थानीय औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलो निर्मूल र स्थानीय र आयातित औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलोको उन्मूलन भएको मानिन्छ ।
गरिब राष्ट्रमा लगानी र सहयोग
समकालीन विश्व व्यवस्थाले गरिबी घटाउन सकेन । अहिले धेरै मुलुकले पुँजीवादी व्यवस्था अङ्गीकार गरेका छन् । केही थोरै मुलुक समाजवादी व्यवस्थामा र केही मुलुक राजतन्त्रवादी व्यवस्थामा छन् । व्यवस्था जे अङ्गीकार गरे पनि विश्वमा धनी झन् झन् धनी हुँदै जाने र गरिब झन् झन् गरिब हुने अवस्था अन्त्य भएन । यसले मानवताका लागि दिइएको समानता र स्वतन्त्रताको नारालाई चुनौती दिन थालेको छ । धनी र गरिबबिच बढ्दो खाडल पुर्न विश्वका धनी देश र धनी मानिसले गरिब देश र गरिब मानिसका लागि त्याग गर्नु पर्छ । गरिब राष्ट्रमा लगानी र सहयोग बढाउनु पर्छ । अहिलेको ढङ्गले धनी र गरिबबिच असमानता बढ्दै ग
गुठीलाई सबल बनाउने आधार
नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशका रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहर स्थापना, निर्माण र सञ्चालन/व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्य हुँदै आएका छन् । देवालय, शिवालयलगायतका धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्य राखी चलअचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात लिच्छविकालदेखि हुँदै आएको पाइन्छ ।
सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरु
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो ।
पछौटेपनभित्र लुकेको रहस्य
पूर्वीय दर्शनको दाबी छ– “श्रम गर फलको आस नगर” । यस भनाइले श्रमप्रति इमानदार र अनुसाशित हुन प्रेरित गर्छ । श्रम स्वस्थ जीवनको आधार हो । शारीरिक तथा मानसिक सुखको स्रोत हो । जीवनयापनको प्रमुख अस्त्र हो । समृद्धिको मूल हो । श्रमपछिको आनन्द, श्रमपछिको भोक, श्रमपछिको सुख र श्रमपछिको शान्ति यस धर्तीमा सायद नै मिल्छ होला । श्रम शारीरिक र मानसिक दुवै हुन्छ । कतिपय अवस्थामा शारीरि
श्रमिकमा नवउदारवादको प्रभाव
श्रमिकको ‘एकता, वीरता र सङ्घर्ष’ को प्रतीकको रूपमा मनाइने मे दिवसको ऐतिहासिक महत्व छ । श्रमिकको मर्यादित काम र मर्यादित जीवन यापनका लागि विभिन्न देशमा श्रमिकको हक अधिकारलाई सुनिश्चित गर्न संवैधानिक एवं कानुनी प्रबन्धहरू भएका छन् तर श्रम आन्दोलनको डेढ सय वर्षको इतिहासलाई हेर्दा अझै पनि श्रम शोषण जारी
ब्रह्माण्ड अध्ययन र हाम्रो सीमा
म आफूलाई खगोलविद् ठान्दिनँ र अन्य प्रकारको वैज्ञानिक पनि ठान्दिनँ । अहिलेसम्म म यस्तो ज्ञान प्राप्तिका लागि जिज्ञासु विद्यार्थी मात्र हुँ तर मैले ब्रह्माण्डका बारेमा जति अध्ययन गरेँ, त्यसबाट मलाई लागेको छ– यो हरेक व्यक्तिले अध्ययन गर्ने विषय हो । यसको अध्ययनबिना कुनै पनि व्यक्तिले मानवजातिको सही इतिहास बुझ्न सक्दैनन् । आफूलाई विज्ञ ठान्ने जो कोही पनि यसको अध्ययनबिना अधुरो हुने छ । मलाई लाग्छ, यसको अध्ययन हरेक विद्यालय र महाविद्यालयमा अनिवार्य गर्नु पर्छ । यसो गर्न स
आयोजना कार्यान्वयनका चुनौती
विकासका लागि कम रकम विनियोजन हुने र विनियोजित रकम पनि खर्च नहुने परिपाटीले विकासको अवसरलाई पर धकेलिरहेको छ । निजी लगानीलाई समेत प्रोत्साहित गर्ने पुँजीगत खर्च नहुनाले रोजगारी सिर्जना र आर्थिक विस्तारमा बाधा उत्पन्न गराएको छ । परियोजनाको कुल लागतको ३० प्रतिशत श्रम खर्च हुने अर्थशास्त्रीय मान्यताका आधारमा हेर्दा पनि पुँजीगत खर्च पर्याप्त नभएर हरेक वर्ष हजारौँ नेपालीले रोजगारीको अवसर गुमाइरहेका छन् । नेपालमा यतिखेर थप १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी पुँजीगत खर्च हुनु पर्छ । यसले कमजोर उत्पादकत्व र पुँजीको दक्ष प्रयोग हुन नसकेको देखा
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलो मात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ ।
नयाँ बजेट र फजुल खर्च कटौती
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि ११ वैशाखमा गोरखापत्रमा सूचना प्रकाशित गरेको छ । प्रदेश सरकारको सचिवसरहको सो पदका लागि यसअघि पहिलो पटक ८ माघ २०८० मा आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरिएको थियो । सङ्घीय सरकारको नक्कल गर्दै प्रदेश र स्थानीय सरकारले एकपछि अर्को यस्ता संरचना खडा गरेका छन् । यस्ता संरचनामा आफूखुसी पद सिर्जना गरी कार्यकर्ता भर्ती गर्न दलहरूबिच एक किसिमको राजनीतिक
मानसिक स्वास्थ्यमा चुनौती
स्वास्थ्य नै मानव जीवनको महत्वपूर्ण पाटो हो । स्वास्थ्यका आयाममध्ये मानसिक स्वास्थ्यको गहन भूमिका हुन्छ । मानवजीवनलाई मानसिक स्वास्थ्यले सार्थक बनाउँछ । मानवको मानसिक स्थितिले नै व्यक्तिगत–सामूहिक क्षमता बलियो बनाउँछ । समुदायमा योगदान गर्न पनि सिकाउँछ । यो व्यक्ति, परिवार र समाज कल्याणको आधार हो । मानसिक स्वास्थ्य सबै मानिसको आधारभूत मानव अधिकार हो । जहाँसुकै भए पनि सबैको मानसिक स्वास्थ्यको अन्तर्निहित अधिकार छ । यो उच्चतम र पर्याप्त स्तरको हुनु पर्छ । यसको अर्थ मानसिक रोगीले सबै उपलब्ध, योग्य, स्वीकार्य र राम्रो गुणस्तरयुक्त हेरचाहमा पहुँचको अधिकारबाट
शैक्षिक पाठ्यक्रमको स्वरूप
शिक्षण विधि कालक्रमिक रूपमा सुधार एवं विकास हुँदै जाने विधा हो । विश्वमा शिक्षण विधिको विकास आजभन्दा ३५०० बिसी पहिले भएको हो । उक्त समयदेखि वर्तमानसम्म आइपुग्दा शैक्षिक विधिले पाँच चरण पूरा गरिसकेको छ । जहाँसम्म शैक्षिक विधिको चरणबद्ध विकासको सवाल छ, ३५०० बिसी देखि ३०९ बिसीसम्म शिक्षक केन्द्रित, ३१० बिसीदेखि सन् १५९५ सम्म पुस्तक केन्द्रित, सन् १५९६ देखि १८३९ डिस्कार्ट लर्निङ (व्यावहारिक सिकाइ), सन् १८४० देखि १९१२ सम्म डिस्ट्या
डढेलोका असर
“भनिन्छ वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन ।’’ नेपालमा भने यतिखेर मन डढेको सामाजिक सञ्जालमार्फत छरपस्ट देख्न पाइन्छ तर वन डढेको त्यति देखिँदैन । डढेलो जङ्गलमा लागेको आगो हो । डढेलो वनमा एक क्षेत्रबाट सुरु भएर अनियन्त्रित रूपमा फैलिन्छ । डढेलो लागेपछि वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा जीव जनावर र समग्र पारिस्थितिक प्रणाली तथा जैविक विविधता आदि जस्ता पक्ष प्रभावित हुन्छन् । डढेलोबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बनमोनो
लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् ।
विदेशी लगानी सपना
विश्व अहिले आकाशतिर फर्किएका ‘स्काई क्रापर’ हरूको होडबाजीमा छ । सरकारले बनाउने यस्ता घर न्यून छन् । उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका लागि औद्योगिक र व्यापारिक स्थल, त्यसका लागि आवश्यक जनशक्तिको बासस्थानका लागि त्यस्ता घरले निजी क्षेत्रको लगानी आकाङ्क्षालाई एकत्रित गरिरहेका छन् । जहाँ लचिलो र सस्तो श्रम छ, जहाँ पूर्वाधार सहजता छ, यातायात खर्च वा लजिस्टिक लागत कम छ, बजार पहुँचसँगै शासकीय सहजता छ त्यहाँ लगानी थुप्रिने गरे