विषयगत विशिष्टताको सम्मान
हामी सबैलाई आकर्षक काम गर्न मन लाग्छ । आकर्षक काम आकर्षक क्षमताबाट प्राप्त हुन्छ । त्यो क्षमता विशेषज्ञ संस्कृतिबाट विकास हुन्छ । अमेरिकी लेखक रोवर्ट लेभिनले पढाइ सिध्याएर कुनै काम रोज्ने क्रममा प्राध्यापन पेसालाई रोजे । किनकि उनको यो अघिदेखिकै सोच थियो र यो पेसाले उनलाई आत्मसन्तुष्टि र चलायमान व्यक्तित्व दिन सक्थ्यो । उनी यसै क्षेत्रमा रमाए, अनुसन्धान गरे, उनले गरेको ‘समय मनोविज्ञान’ संसारकै लागि नयॉ ज्ञान भयो । भारतीय लेखक आरके नारायण आफ्ना बा
निर्णय प्रक्रियामा समावेशीकरण
लोकतन्त्रमा सबै जनताले शक्तिको प्रयोग र उपयोग गर्न पाउनु पर्छ, थोरैको सङ्ख्याले राज गर्ने होइन भनिन्छ । लोकतन्त्रमा पहिचान, वितरणात्मक र सामाजिक न्यायको अनुभूति व्यवहारमै गर्न पाउनु पर्छ । जनतालाई सार्वभौम मानी लोकतान्त्रिक अधिकार प्रदान गर्ने क्रममा आधुनिक विश्वले जनप्रतिनिधिद्वारा लोकतान्त्रिक अभ्यास गरेको छ । फिनल्यान्डले प्रत्यक्ष, समावेशी, डिजिटल, समूहले निर्णय लिने र तरल लोकतन्त्रको अभ्यास सफलतापूर्वक गरिरहेको छ । स्विट्जरल्यान्डलगा
गुणस्तरीय शिक्षाको मार्ग
शिक्षाको माध्यमले नै मानिसलाई सभ्य, सुयोग्य र सक्षम बनाउँछ । शिक्षा पाएका बालबालिका नै सभ्य समाज निर्माणमा अग्रसर हुन्छन् । असल परिवार र असल गुरुबाट शिक्षा प्राप्त गरेका बालबालिकामा अनुकरणीय गुणको विकास हुन्छ । यही गुणले बालबालिकाको बोलीचाली, लवाइखवाइमा सकारात्मक स्वभाव देखा पर्छ । समुदायसँगको व्यवहारमा पनि असल आचरण देखिन्छ । धर्म, संस्कृति र संस्कार कुल र वंशबाट आउँछन् भने सिप र दक्षता जस्ता विषय सिकाइ र अभ्यासबाट प्राप्त हुन्छन् ।
नागरिक अधिकारमुखी बजेट
सरकारले आउँदो आर्थिक वर्षबाट सुरु हुने १६ औँ योजना स्वीकृत गरेको छ । यता, नीति तथा कार्यक्रम सङ्घीय सदनमा प्रस्तुत भइसकेको छ । नेपाल सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्र्दै छ । सरकारका योजना, नीति–कार्यक्रम र बजेट एकअर्कामा अन्तरसम्बन्धित छन् । अतः यिनका बिच अन्तरसम्बन्ध कसरी स्थापित हुन्छ र यस परिस्थितिमा बजेट कसरी र कस्तो स्वरूपमा आउँछ ? नागरिकको चासो रहन्छ नै ।
विविधता व्यवस्थापनको सुअवसर
विविधता आधुनिक समाजको एक विशिष्ट विशेषता हो । हरेक व्यक्तिमा विशेष किसिमको ज्ञान, सिप, क्षमता, गुण हुन्छ । जसले उसलाई अरूभन्दा भिन्न देखाउँछ । त्यो नै विविधता हो । यो कुनै पनि व्यक्तिको, समुदायको, राष्ट्रको पहिचान हो । हरेकले आआफ्नो पहिचान संरक्षण गर्दै जानु पर्छ । यसो गर्दा विविधताको संरक्षण हुन्छ । विविधता व्यवस्थापन हुन नसक्दा विविधता छिन्नभिन्न हुन्छ, विभेद जन्मन्छ, अवसरबाट वञ्चित बनाउँछ अनि विविधताका लागि आकर्षण हुनुपर्ने केन्द्रविन्दु नै लोप हुन थाल्छ ।
सङ्घीय शासनको विश्व चित्र
सङ्घीय शासन भएका देशमा गणतान्त्रिक मुलुक स्विट्जरल्यान्डलाई उत्तम नमुनाका रूपमा लिइन्छ । दुवै विश्व युद्धमा कुनै पनि समूहबाट युद्धमा भाग नलिएको सिधा प्रजातन्त्र, विधिको शासन, मानव अधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, सुशासन जस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने उक्त देशले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरेको छ । संयुक्त राष्ट्रसङ्घका १९२ सदस्य राष्ट्रमध्ये नेपालसहित २९ मुलुकले मात्र सङ्घीयता अपनाएका छन् । सङ्घीयता पनि स्विट्जरल्यान्डको जस्तो सङ्घीयता, अमेरिकाको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने पूर्ण सङ्घीयता, भारतको जस्तो सङ्घीयता, अस्ट्रेलिया र नर्वेको जस्तो संवैधानिक राजतन्त्रसहितको सङ्घीयता, संयुक्त
युवालक्षित कार्यक्रम अपेक्षित
प्रत्येक आर्थिक वर्षको बजेटले युवा पुस्तालाई समेट्न सकेको छैन । जसका कारण युवामा निराशा छाउने गरेको छ । निराशाका कारण युवा पुस्ता बिदेसिन बाध्य छन् । नेपालको पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । झन्डै आधाको हाराहारी भएका युवाका लागि एकदमै न्यून बजेट विनियोजन गर्ने गरिन्छ । युवाका लागि बजेट बढ्नुपर्नेमा झनै बजेट दिनप्रतिदिन घट्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोडले घटेको थियो । आव २०८०/८१ मा यु
दाफा खलः
देशको परिस्थिति र आवश्यकताका आधारमा परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, परम्परागत बाजाको ताल र शब्दहरूको संयोजन नै दाफा हो । परम्परागत खिं (मृदङ्ग) बाजा बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भ
सकारात्मक सोच
हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र भित्रिएसम्म हाम्रा नदीनाला बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । मान्छे जिज्ञासु हुनाले अरू प्राणीभन्दा फरक छ । त्यही स्वभावले गर्दा नै अहिलेको उन्नति र प्रगति सम्भव भएको हो । चेतनाको विकाससँगै उसले गरेका यावत् वैज्ञानिक आविष्कार र भौतिक उन्नति–प्रगतिको परिणाम मानिस नेपालमा खाना खाएर अमेरिकामा चुठ्न पुग्न सक्ने भएको छ । अझै बेलायतमा निदाएर चीनमा उठ्न पुग्ने हुनुको प्रमुख कारण त्यही जिज्ञासु स्वभाव, वस्तुनिष्ठ सही दर्शनको बोध र आधुनिक वैज्ञानिक चेतनाको द्योतक हो भन्दा फरक पर्दैन होला ।वास्तवमा भन्ने हो भने मानिसको जिज्ञासु स्वभाव र वैज्ञानिक चेतनाले गर्दा नै आजको विकास सम्भव भएको छ तर त्यो स्वभावलाई जोख्न र तौलन सक्ने कुनै प्रणालीको ढकतराजु चाहिँ मान्छेले आविष्कार गर्न सकेको छैन । विभिन्न नीति नियम र कानुनी दायराभित्र राखेर व्यक्ति र समाजको व्यवहार, चालचलन र आनीबानीमा परिवर्तन ल्याउन सक्ने सकारात्मक सोच, विचार, सिद्धान्त नै सही दर्शन हो भन्दा अतियुक्ति नहोला ।कुरा सही दर्शनकै हो । सही भनेको साँचो भनौँ वा सत्य भनौँ अथवा ठिक भन्ने सन्दर्भमा पनि बुझ्न सकिन्छ । दर्शन भनेको विचार र सिद्धान्त हो । अझै एक कदम अगाडि बढेर भन्नु पर्दा प्रत्येक वस्तुलाई हेर्ने मान्छेको आआफ्नो दृष्टिकोण हुन्छ । यही दृष्टिकोणका आधारमा विचार तयार हुन्छ । दृष्टिकोण मान्छे अनुसार फरक फरक हुन्छ । कुनै ठिक हुन सक्छन् । कुनै बेठिक हुन सक्छन् । एउटा यथार्थ चाहिँ के हो भने ठिक हुनका लागि बेठिक चाहिन्छ र बेठिक हुनका लागि त्योभन्दा अगाडि ठिक चाहिन्छ । कल्पना गर्नुस् त राम्रो हुनका लागि नराम्रो नै छैन भने कसरी राम्रो हुन सकिन्छ ? भन्नुको मतलब काम गर्दा प्रतिव्रिmया आउनु स्वाभाविक हो तर त्यसलाई पर्गेल्ने सही दर्शनको अभाव भने खड्किन नदिई अगाडि बढ्ने हो भने जुनसुकै काम पनि सम्भव छ । काम गर्दा प्रतिव्रिmया आउँछ भनेर डराउनु हुँदैन । डराउन आवश्यक पनि छैन । परापूर्वकालका मान्छेलाई पानीको नियम थाहा थिएन । त्यो बगेर खेर जान्थ्यो । बाढीपहिरो आएर गाउँबस्ती बगाई दिन्थ्यो । समतल फाँटहरू जलमग्न भएर धनजनको ठुलो क्षति हुन्थ्यो । बर्खा लागेपछि सधैँ त्यही अवस्था बेहोर्नु पर्दा विक्षिप्त भएर उसले धारेहात लगाउँदै नानाथरी सराप्थ्यो । खोलाको पानीलाई विनाशकारी संज्ञा भिराइन्थ्यो । “थुक्क साउने झरी कति बर्सेको नि !’ भनी गाली गर्ने परम्परा नेपाली समाजमा नै थियो ।आज आएर मान्छेले पानीको नियम बुझ्यो । त्यसको चामत्कारिक शक्ति पत्ता लगायो । बगेर खेर जाने पानीलाई बाँध बाँधेर बाइरोडको बाटोमा गाडी कुदाए झैँ नहर बनाएर पहाडै पहाड बगायो । पल्लाघरे जेठा दाजुको डाँडाखेतको उब्जनी बढायो । डोकोमा घैला बोकेर पानी लिन जाँदा हैरान भएकालाई सुविधा दियो । घरघरमा धारो आइपुग्यो । अन्ततः खोलाको पानी देखेर कसरी तर्ने होला भनी भुटभुटिने मान्छेले विद्युत् ऊर्जा निकाल्न सक्यो । समुद्रमा पिल्लर ठड्याएर विमानस्थल बनाउन थाल्यो । पानीलाई ऊर्जा शक्तिमा रूपान्तरण गरी तारतारमा कुदाउँदै घरघरमा पु¥यायो । अँध्यारोमा छामछाम छुमछुम गर्दै झुलो–चकमक खोज्ने हजुरबा–हजुरआमाहरूलाई पुसमाघको ठण्डीमा हिटरको स्विच अन गर गर भन्दै हिटर ताप्ने रहर जगायो । कलकारखानालाई चलायमान गराउने ऊर्जा बनेर आयो । कला–साधकको घरमा उज्यालो बत्ती बनेर मात्र होइन, गीतकारको झङ्कार बन्यो । क्यासिनोको स्वर उराल्न पुग्यो । बगेर खेरजाने पानी आखिरमा बरदान साबित भयो ।यो सबको परिणाम तपाईं मान्नुहोस् नमान्नुहोस्, मान्छेले प्रतिपादन गरेको सही दर्शन र विचारले गर्दा नै हो । यसरी के स्पष्ट हुन्छ भने कुनै पनि वस्तुलाई मान्छेले प्रयोग गर्न जान्यो र सकारात्मक सोचले हेर्यो भने नराम्रो वस्तु पनि राम्रो हुन्छ तर दृष्टिकोण नै नकारात्मक भएको मान्छेले राम्रो वस्तु नै प्रयोग गर्दै छ भने नराम्रो नै देख्छ । अनि बहस गर्नुको सट्टा कुतर्क गर्दै विरोध गर्न थाल्छ । उदाहरणका लागि अमृतलाई नै लिऊँ । सकारात्मक सोच विचार भएकाहरूले अमृतका बारेमा के भन्लान् भने यो पदार्थ धेरै खायो भने मिठो हुन्छ, अनन्त कालसम्म जिउन सकिन्छ । आहान अनुसार यसको सेवनले मान्छेको मृत्यु हुन्न रे भन्दै अनेक सकारात्मक कुरा भन्ला । त्यस्तै नकारात्मक सोच भएको मान्छेले त्यही अमृतलाई ठिक विपरीत देख्छ र भन्छ– आयो अमृत भन्ने अनन्त कालसम्म बचाउने पदार्थ नै छैन, मानौँ भए पनि धेरै खायो भने तितो हुन्छ, अनन्त कालसम्म बाँचेर दुःख बेसाउनुभन्दा चाँडै देहत्याग गरेको नै राम्रो, सधैँ बाचिरहेर दुःख बेसाउन आवश्यक छैन । यसरी नानाथरीका नकारात्मक बहानाबाजी अगाडि सारेर अमृत जस्तो पदार्थको पनि विरोध मात्र गरिरहन्छ ।हुन त प्रत्येक वस्तुमा राम्रो र नाम्रोबिच द्वन्द्व चलिरहेको नै हुन्छ तर त्यसलाई मूल्याङ्कन गरी राम्रो र नराम्रो वस्तुका बिच औसतमा कुनमा गुण बढी छ भनेर छुट्याउन सकारात्मक सोच र सही दर्शन चाहिन्छ । नकारात्मक सोचको अडेस लागेर गरिने कार्यको परिणाम सकारात्मक हुनै सक्दैन । त्यो अडेस खुस्कने बित्तिकै परिणाम पनि यसै हुन्छ भन्न सकिन्न ।सकारात्मक सोच राखेर ‘सबै मिलेर देश बनाउने हो’ भनेर लाग्ने हो भने यहाँ हिमाली मुहान र अटुट जलाधारका दर्जनौँ नदीनाला छन् । तिनीहरू हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र अनुसार भित्रिएसम्म बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । जान्यो भने यी पानी पानी मात्र होइन, सेतो सुन हो, हाम्रो प्राण हो, बोटबिरुवाको त्राण हो र कारखानाको इन्धन होे । यस्तै सकारात्मक सोच राखेर पानीको उपयोगिता बुझेर विकास गर्न सकेमा नेपाल र नेपालीको जीवन उज्ज्वल हुने निश्चित छ ।
भाषा, व्याकरण र लिपि
नेपालमा भाषा, व्याकरण र लिपिका बारेमा आआफ्नै खालका बुझाइ छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् । यी सबै मातृभाषा नेपालको संविधानको धारा ६ अनुसार नेपालका राष्ट्रभाषाहरू हुन् ।
उजिरसिंहको पुस्तिका
विश्वमा निजामती सेवाको सुरुवात गर्ने, सार्वजनिक सेवा प्रवाहका लागि परीक्षा प्रणालीद्वारा कर्मचारी भर्नाको सुरुवात गर्ने पहिलो राष्ट्र चीन हो । वार्स, ब्रोमवेल र टुडिस्को (सन् १९६४: २०–२२) द्वारा लिखित ‘चाइना इमज्र्स्’ का अनुसार चिनियाँ चाऊ राजवंशकाल (इसापूर्व ११२२–२५६) को अवधिमा विश्वमा सर्वप्रथम निजामती सेवाको अवधारणा विकास गरी सेवा प्रवेशका लागि लिखित परीक्षा प्रणाली लिने व्यवस्थाको सुरुवात भयो । चीनका तत्कालीन राजा वेन, उनका छोरा प्रिन्स ऊ र कुलिनहरूले नियमित कर्मचारीतन्त्रद्वारा राज्यमा सेवा प्रदान गर्ने प्रयोजनार्थ निजामती सेवा प्रणालीको विकास गरेका थिए ।
भाषामा अनुवादका अप्ठेरा
प्रज्ञाको शब्दकोशले पनि एउटै शब्दका अनेक रूप स्वीकारेको छ । त्यसो भएपछि शुद्ध छ भन्दैमा एउटै वाक्यांशमा एउटै शब्दको दुईथरी रूप प्रस्तुत गरिदिँदा के राम्रो होला ? हुँदैन । हो, कतिपय विदेशी शब्द हामीले नेपालीमा अनुवाद गरेर अर्थ पनि लाग्दैन र उही लेख्नुपर्ने हुन्छ ।अघिल्लो शनिबार भक्तपुरको काठमाडौँ स्कुल अफ लमा भाषासम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । बिएएलएलबीका विद्यार्थीले गठन गरेको भाषा तथा संस्कृति समितिद्वारा आयोजित सो गोष्ठीको विषय थियो ‘भाषा, साहित्य, संस्कृति एवं सामाजिक मूल्य मान्यतामा आधारित गलत सङ्कथन तथा अतिव्रmमणः सम्बोधन र समाधान ।’ गोष्ठी सुरु भएपछि सो कलेजका प्राध्यापक डा. युवराज सङ्ग्रौलाले विद्यार्थीलाई सोध्नुभयो, “यसअघि स्कुल र कलेजमा नेपाली भाषा बोलेकामा जरिबाना तिर्नु परेका विद्यार्थी कति जना छौ हात उठाऊ त !” गोष्ठीमा त्यस्तै सय जना विद्यार्थी सहभागी थिए तर हात उठाउने धेरै । नउठाएको हात गन्न सजिलो थियो । गनेँ, त्यस्तै ३० जना जति थिए । कतिपय बोर्डिङ स्कुलले पढाइ राम्रो देखाउन, विद्यार्थीलाई फरर अङ्ग्रेजी बोल्न सक्ने बनाउन विद्यालय समयमा नेपाली बोल्न नै प्रतिबन्ध लगाउने गरेका छन् । अनि ती विद्यालयले नेपालीमा कुराकानी गर्ने विद्यार्थीलाई जरिबाना नै लगाउने गर्छन् । ती विद्यालयका विद्यार्थीको अङ्ग्रेजी भाषा त कस्तो छ भन्न सकिएन, नेपाली भने पक्का पनि कमजोर भयो होला । यही पीडा एक जना विद्यार्थीले गोष्ठीमै यसरी सुनाइन्,– “पहिले विद्यालयमा नेपाली पनि बोल्न दिइएन । अब स्नातकमा म कानुनको विद्यार्थी भएँ । अहिले मलाई नेपाली भाषामै बोल्नु पर्छ । नेपालीमै मुद्दा र फैसला पढ्नु परिरहेको छ । अनि भोलि नेपालीमै बहस गर्नु त छँदै छ । नेपाली भाषा राम्रो नभएपछि कसरी गर्नु ?” गोष्ठीमा भाषा बिग्रिएको, बिगारिएको लेखाजोखा गरेर सुधारका बाटा सुझाउने जिम्मेवारी थियो भाषाविद् शरच्चन्द्र वस्तीको । विद्यालय र विद्यार्थीको यो हालत सुनेपछि उहाँलाई चिन्ने जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ, उहाँको जर्ती कति जल्यो होला ? त्यस बखत उहाँले नेपाली भाषामाथि भएका अनेकन आव्रmमणका फेहरिस्त पनि प्रस्तुत गर्नुभयो । तीमध्येको एउटा चोटिलो उदाहरण थियो अहिले विद्यालयको सट्टा विद्यालय लेख्न लगाउने प्रज्ञा–प्रतिष्ठान र शिक्षा मन्त्रालयले नै आफ्नो नाम यसरी लेख्नुपर्ने रहेछ ‘प्रग्याँ प्रतिष्ठान’ र ‘शिक््छ्या मन्त्रालय’ । यस्ता अनेक उदाहरण पेस गर्नुभयो उहाँले नेपाली भाषा बिगारिएका । प्रयोगमै नल्याउने अर्थात् नेपालीको सट्टा अरू भाषाका शब्द प्रयोगमा ल्याउने या घुसाउने त छँदै छ, भाषाकै प्रयोग बिगारिएका पनि धेरै उदाहरण उहाँले पेस गर्नुभयो । भाषामा अनेकता घुसाइदिने, विवादास्पद बनाउने, प्रयोगमा यो कि त्यो भन्नेमा प्रशस्त दुबिधा सिर्जना गरिदिने र मानिसलाई वाक्कदिक्क बनाएपछि यसरी अनेकतामा अल्मलिनुभन्दा बरु एउटै अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी प्रयोग गरौँ भन्ने अवस्था ल्याउने काम नै अहिलेको बेइमानीको मक्सद हो भन्ने नै उहाँको तर्क थियो । एकातर्फ नेपाली भाषामा हामी आफैँले यो भाँडभैलो भिœयाएका छौँ भने अर्कातर्फ प्रविधिले पनि नयाँ नयाँ शब्द उत्पत्ति गरिदिन्छ । प्रविधिको विकास दु्रुत गतिमा भइरहेकै छ । यसको विकासलाई पनि हामीले भाषामा लेख्न या पढ्न त पर्ने नै हुन्छ । जस्तो कि ‘डिजिटल’ विकासलाई योबाहेकको अर्काे के प्रयोग गर्नु र ? ‘ब्यान्डविथ’ लाई इन्टरनेट हिँड्ने बाटो भनेर पनि धेरैले नबुझ्लान् । फेरि ‘डिजिटल सिग्नेचर’ लाई विद्युतीय हस्ताक्षरभन्दा पनि त मिल्दैन होला । अनि अहिले आएका ‘क्युआर कोड’ भित्र छि¥यो भनेत झन् भँगालोमै फसिन्छ किनभने ‘डिजिटल पे’ भित्र धेरै यस्ता काम र शब्द थपिएका छन्, जसलाई नेपालीकरण गर्न निकै कठिन छ । कतिपय यस्ता शब्द र विषय, समय र परिस्थितिले आफैँ पनि ल्याइदिएको हुन्छ । यसको ज्वलन्त उदाहरण हामीले कोरोना महामारीमा प्रयोग गरेका शब्दावली र भाषा पनि हुन सक्छन् । परिस्थितिजन्य रूपमा आइलाग्ने शब्दलाई हामीले के लेख्ने र भन्ने ? बडो दुबिधा हुन जान्छ । सुरुमा हामीले जे लेख्यौँ अर्थात् चलायौँ पछिसम्म त्यही नै चल्दै जान्छ । सुरुमै हामी नेपाली सञ्चारले बन्दाबन्दी भन्न सकेको भए सायद अहिलेसम्म त्यही चल्थ्यो होला, लकडाउन प्रयोगमा नआउन पनि सक्थ्यो । त्यसैले कोरोना जस्तै यो लकडाउन पनि बाहिरबाटै आयो, सञ्चारमाध्यमले त्यही चलाए समाजले त्यही ग्रहण ग¥यो । संसारका कैयौँ सहर लकडाउन गरिए र त्यो समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट नेपाली सञ्चार माध्यमसम्म आइपुग्यो । पछि हामीकहाँ पनि लकडाउन नै गर्नुपर्ने स्थिति आयो र त्यही भन्यौँ । नेपाल बन्द गर्न त हामी पहिल्यैदेखि पोख्त नै हौँ तर यसरी महामारीका कारण देशै बन्दाबन्दी भने गरेका थिएनौँ । फलस्वरूप लकडाउन शब्द नै चल्दै गयो । कतै कतै बन्दाबन्दी लेखिए पनि सबैतिर यो आएन । मानकका रूपमा अर्थात् सबैले प्रयोग गर्ने अवस्थामा रहेन । किनभने हामीलाई यो शब्दलाई यही भनौँ र एकरूपता गरेर यो शब्द चलाऔँ भन्ने निकाय भइदिएन । यही जेठ २ गते पोखराबाट राससका लागि एउटा समाचार आयो ‘हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै’ शीर्षकमा । समाचारको शीर्षकदेखि तलैसम्म हेल्मेट डाँडा लेखिएको छ, किनभने त्यो डाँडाको नाम नै त्यही रहेछ । समाचार पठाउने राससका समाचारदाता बासु पौडेललाई फोन गरेर सोधेँ किन हेल्मेट डाँडा लेखेको भनेर । त्यसो त उनले समाचारमै मोटरसाइकल चढ्दा लगाउने हेल्मेट जस्तो आकारको डाँडा भएकाले हेल्मेट डाँडा नाम राखिएको भनेकै थिए । त्यही पनि किन अङ्ग्रेजी नाम राखेको होला भन्ने जिज्ञासाका लागि कुरा गरेको थिएँ । यो डाँडाको अर्काे नाम राख्न किन सकिँदैनथ्यो र ? यस्तै जिज्ञासा राखेँ । कास्कीको पोखरा महानगरपालिका–३२ स्थित लामे आहालमा पर्ने सो डाँडाको नाम अब हेल्मेट डाँडा नै रह्यो । राससबाट समाचार सम्प्रेषित भयो र धेरै सञ्चार माध्यममा यही शीर्षकबाटै छापियो ।सञ्चार माध्यमले कुनै नाम चलाउँदा त्यसले समाज र भाषामा कस्तो असर पार्छ भन्ने एउटा उदाहरण यहाँ स्मरण गर्न उपयुक्त ठानेँ । करिब १५ वर्षजति अघि नै होला, सरकारले मोटरसाइकलको पछि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम बनायो । यातायात मन्त्रालयका हाकिम र ट्राफिक प्रहरी मिलेर हेल्मेट बेच्न यस्तो नीति बनाएको भनेर त्यसको व्यापक आलोचना पनि भयो । यसै कारण हेल्मेटको समाचार धेरै आयो । राससको समाचार नेतृत्व र सम्पादकीय नेतृत्वले विचार विमर्श ग¥यो र यो हेल्मेट भन्ने शब्दलाई ‘शिर कवच’ भनेर लेखौँ भन्ने सल्लाह भायो र त्यही चलायौँ पनि । समाचारमा शिर कवच लेखेर कोष्ठभित्र हेल्मेट लेखेर राससबाट समाचार सम्प्रेषण ग¥यौँ । राससको समाचार प्रयोग गर्ने प्रायः सबै सञ्चार माध्यमले केही समय त त्यसै गरी समाचार पनि दिए । केही समयपछि राससले कोष्ठमा राखेको हेल्मेटलाई बाहिर झिकेर कोष्ठमा ‘शिर कवच’ राख्न थाले । त्यसको केही समयपछि त्यो कोष्ठको शिर कवच पनि हट्यो र उही पुरानै हेल्मेट नै प्रयोग गर्न थाले । सञ्चार माध्यमले नै प्रयोग गर्दैनन् भने समाचारप्रदायक संस्थाले मात्र किन पठाउने भन्ने हामीलाई पनि लाग्यो । त्यस समयदेखि नै हामीले शिर कवच नै स्थापित गर्न पाएको भए सायद आज आएर यो डाँडाको नाम पनि हेल्मेट रहँदैनथ्यो कि ? के थाहा हेल्मेटका नाममा अरू पनि यस्ता कैयौँ नाम पो रहेको छ कि ? त्यस्तै २०६० सालतिर होला, पोखरामा प्याराग्लाइडिङ सुरु भएको थियो । फेवातालमाथि उड्न पाउने बडो आकर्षक साहसिक पर्यटन सुरु भएको थियो । मैले राससका लागि यसै विषयमा एउटा खबर तयार पारेँ । आलेख सेवामा प्रयोग गर्ने कुरा भयो । पहिला प्रमुख समाचारदाता श्रीरामसिंह बस्नेतलाई देखाएँ । उहाँले यो नयाँ शब्द आएछ, यसलाई अङ्ग्रेजीबाट सम्प्रेषण गर्नुअघि हामीले नै नेपाली भाषामा बनाएर दिऊँ भन्नुभयो । त्यसपछि पोखराको फेवातालमाथि हवाईव्रmीडा (प्याराग्लाइडिङ) गर्न पाइने भनेर समाचार दियौँ । त्यस समय राससको समाचार अखबारले बढी प्रयोग गर्दथे । धेरै दैनिक पत्रिकामा त्यसै गरी सो समाचार छापियो पनि तर पोखरामा पहिलो पटक भित्रिएको यो प्याराग्लाइडिङ प्रविधिको प्रचारप्रसार यसरी भयो कि हाम्रो हवाईव्रmीडाले नथेग्ने अवस्थामा प्याराग्लाइडिङ नै चल्यो । त्यसपछि सञ्चार माध्यले हामीले कोष्ठमा राखेको प्याराग्लाइडिङलाई बाहिर झिकेर कोष्ठमा हवाईव्रmीडा राखे । पछिपछि गएर अहिले प्रचलनमा रहे जस्तै प्याराग्लाइडिङ नै बढी प्रयोगमा आयो । अब अहिले त नेपाली शब्दका अनेक विकल्प हुँदाहुँदै पनि यस्तो बाढी आएको छ कि हामीले थेग्नै सक्दैनौँ । जेठको पहिलो हप्ताका कान्तिपुरमा छापिएका आलेखका शीर्षक ‘ह्वाट मेक्स यु ह्याप्पी ?’ ‘जमाना डिजिटल सिग्नेचरको’, ‘दिस मेक्स अस स्याड नेताज्यू’ यसो हेरेँ । यिनका ठाउँमा नेपाली शब्द पनि त राख्न सकिन्थ्यो होला भन्ने लाग्यो । शब्द थिए, छन् तर प्रयोगमा हामीले अहिले नै यसो ग¥यौँ भने भोलि हाम्रो मातृभाषाको स्वरूप कस्तो होला ? भाषा आफूखुसी प्रयोगको सिकार भएको छ । कसलाई मान्ने ? कसलाई नमान्ने ? यसको दुबिधामा अहिले आएर नेपाली भाषा च्यापिएको देखिएको छ । त्यसैले एउटा मानक बनाउन जरुरी छ । यो काम भाषा आयोग कि कसले गर्ने हो ? राज्यले तोकिहाल्नु प¥यो । प्रज्ञाको शब्दकोशले पनि एउटै शब्दका अनेक रूप स्विकारेको छ । त्यसो भएपछि शुद्ध छ भन्दैमा एउटै वाक्यांशमा एउटै शब्दको दुई थरी रूप प्रस्तुत गरिदिँदा के राम्रो होला ? हुँदैन । हो, कतिपय विदेशी शब्द हामीले नेपालीमा अनुवाद गरेर अर्थ पनि लाग्दैन र उही लेख्नुपर्ने हुन्छ तर पनि अनुवादका यी एकाध अप्ठेरालाई अघि सारेर भाषालाई पूरै यसैको भँगालोमा हाल्दा पनि त राम्रो भएन ।
यथार्थपरक बजेटको अपेक्षा
जेठ १५ मा नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने छ । आव २०८१/८२ को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षबाट प्रारम्भ हुने सोह्रौँ योजनासमेत स्वीकृत गरिसकेको छ । उल्लिखित नीति तथा कार्यक्रम र आवधिक योजना नै आगामी बजेट तयारीका प्रमुख नीतिगत आधार हुन् । आगामी बजेट कस्तो हुनु पर्छ भन्ने विषयमा पूर्वबजेट छलफल कार्यक्रम पनि दर्जनौँ भएका छन् । विभिन्न सरोकारवाला निकायले आफ्नो आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अपेक्षा र सुझाव सरकारसमक्ष प्रस्तुत गरिसकेका छन् । सरकारको आफ्नो स्रोतसाधनको सीमितता र बाध्यता पनि छँदै छ ।
जैविक विविधता संरक्षणको चिन्ता
मानव जीवनको अस्तित्वको मुख्य आधार जैविक विविधता हो । जैविक विविधता भन्नाले आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेको जीवजन्तुको पारिस्थितिक प्रणाली (इकोसिस्टम), त्यसको भागका रूपमा रहेको जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई जनाउँछ । सो शब्दले जातीय प्रजातीय विविधता (स्पेसिस डाइभर्सिटी), आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी) र पारिस्थितिक प्रणाली (इकोसिस्टम डाइभर्सिटी) समेतलाई जनाउँछ । जैविक विविधताले जिन
सुशासनको प्रस्थान विन्दु
सुशासन भनेको खुला, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रशासनिक सेवा दिनु हो । मुलुकको विकास सुशासनमा मात्र सम्भव हुन्छ । सुशासन कायम हुँदा नागरिकलाई सरकारको नजिक ल्याएर विकास प्रक्रियामा सहभागी गराउन सहज हुन्छ । कतिपय स्थानीय सरकारले नागरिकलाई सेवा मात्र दिएका छैनन्, सूचनासहितको सुविधा पनि प्रदान गरेका छन् । सबै स्थानीय तहले सुशासन दिने हो भने विकास प्रक्रियाले गति लिने छ तर सङ्घीय सरकारले सहजीकरण गरिदिनु पर्छ, सजिलो कानुनी बाटो बनाइदिएर । सहज कानुनमा मात्र स्रोत साधनको उच्चतम परिचालन गरी जनसमुदायप्रति उत्तरदायी हुन र पारदर्शी बन्न सघाउने छ ।
उत्साहजनक नीति तथा कार्यक्रम
नेपालको संविधानको धारा ११९ (३) अनुसार हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा सरकारको बजेट पेस गर्नुपर्ने व्यवस्था छ । बजेट पेस गर्नुपूर्व वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कायक्रम सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ । नीति तथा कार्यक्रमका आधारमा नै बजेट आउँछ ।
जलवायु परिवर्तनमा नेपालको बाटो
जलवायु परिवर्तन, वातावरणीय क्षयीकरण, जैविक विविधताको विनाश, प्रदूषण, खाद्य असुरक्षा, आप्रवासन र आम्दानी तथा स्रोतमा पहुँचको असमानता प्रमुख विश्वव्यापी सङ्कट हुन् । मूलतः संसारभरिको नेतृत्व, नीतिनिर्माता तथा योजनाकार यस्तै समस्या निराकरणका लागि क्रियाशील छन् । विश्वव्यापी खोजको केन्द्र र प्रविधिगत विकासका क्षेत्र पनि यिनै विषयको वरिपरि प्रमुख रूपमा केन्द्रित छन् । संयुक्त राष्ट्रसङ्घका सबै भेला तथा सम्मेलन पनि प्रमुखतः यस्तै विषयमा केन्द्रित भएको पाइन्छ ।
यौनिकता शिक्षाको महत्व
यौन शिक्षा समग्र रूपमा मानवसँग जोडिएको विषय हो । यौन तथा यौनिकताको सम्बन्ध मानिसको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षसँग जोडिएको हुन्छ । बृहत्तर यौनिकता शिक्षाका बारेमा जानकारी लिनका लागि यौन तथा यौनिकताका बारेमा जानकारी हुनु आवश्यक छ । मानवले यौन व्यवहारसँग राख्ने सम्बन्ध नै यौन शिक्षा हो । यौन शब्दले जैविक गुणलाई जनाउँछ, जसले हामीलाई पुरुष र महिला भनी छुट्याउन मद्दत गर्छ ।
बुद्धकाललाई प्रमाणित गर्ने स्तूप
वैशाख पूर्णिमाको दिन गौतम बुद्धसँग त्रिसंयोगले जोडिएको छ । यो दिन शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनका रूपमा स्मरणीय छ । त्यसैले यस दिनलाई बुद्धपूर्णिमा भनी मनाउने चलन छ । बौद्धमार्गी संसारभर फैलिएका कारण र उनीहरूको आफ्नो पात्रोका आधारमा केही देशले केही दिन फरक पारेको पनि पाइन्छ । संयुक्त राष्ट्रसङ्घले पनि वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्ती मानेको छ । मानव बुद्धको रूपमा समेत परिचित सिद्धार्थ गौतम ऐतिहासिक व्यक्ति पनि हुन् । अरू विभिन्न धर्ममा मानिएका देवीदेवताको तिथि, मिति, जन्म र मृत्युका सम्बन्धमा तिनका ग्रन्थले सही रूपमा प्रमाण दिन सक्दैनन् । गौतम
निराशावादी थिएनन् गौतम बुद्ध
बुद्धका प्रमुख शिक्षामध्ये चार आर्य सत्य पनि एक हो । यस शिक्षामा दुःख सत्य छ भनी पहिलो सत्यको उद्घाटन गरिएको छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, बिलौना शारीरिक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हुन् । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । अतः बुद्धले संसार दुःखमय छ भनेको हुँदा बुद्ध निराशावादी हुन् भन्ने अर्थ पनि लगाइयो । बुद्धलाई निराशावादी मान्नेहरू बुद्ध शिक्षासँग राम्रोसँग परिचित नहुनेहरू नै हुन् । किनकि बुद्धले चार
आर्थिक समृद्धिमा कृषि
नेपालको आर्थिक समृद्धि भन्नाले राजनीतिक, आर्थिक, सामाजिक र कृषिसँग जोडिएको प्रश्न प्रमुख बनेर आउँछ । नेपालमा राजनीतिक परिवर्तन भएको छ तर यसलाई व्यवस्थित गर्नका लागि आर्थिक प्रणाली पनि ठिक हुनु पर्छ । त्यो भनेको कृषिमा पनि आत्मनिर्भरता हो । नेपालको समृद्धि भन्नु नै नयाँ आर्थिक मोडल हो र त्यो कृषि र भूमिसँग जोडिएको प्रश्न पनि हो । वर्तमान नेपालको अवस्था भनेको गरिबी, बेरोजगारी अशिक्षा र परनिर्भरता र असमानता हो । यसबाट मुक्त हुनु नै समृ
प्रभावकारी निर्णयका आधार
निर्णय अस्थिरतालाई स्थिरतामा बदल्ने प्रक्रिया हो । कुनै परिस्थिति र घटनाको ‘ब्रेक थ्रु’ हो । एउटा सार्वजनिक पदाधिकारी वा प्रशासकले सार्वजनिक शक्ति र स्रोत उपयोग गरी सङ्गठनलाई चलायमान बनाउन निर्णय गर्दछ । शासन, सेवा र विकासका क्रियाकलापलाई नतिजामुखी बनाउन पटक पटक निर्णय गर्नु पर्छ । निर्णय प्रशासनिक, विकासात्मक र आकस्मिक प्रकृतिका हुन्छन् । निर्णयहरू दीर्घकालीन प्रभाव पार्ने नीतिगत र दैनिक कार्य फुकाउने कार्यात्मक ‘रुटिन’ प्रकृतिका हुन्छन् । निर्णयबाट राज्यका विभिन्न अङ्गका गतिविधि प्रभावित हुन्छन् । निर्णयहरू नियमनकारी, उत्प्रेरक र सन्तुलित स्वभावका हुन्छन् । संसद्ले बनाउने कानुन
सत्ता, सुशासन र समुन्नति
सरकारले नीति तथा कार्यक्रममार्फत यस वर्षलाई सुशासन र समुन्नतिको वर्षका रूपमा आफ्ना कार्यक्रम र बजेटलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरेको छ । सत्तासीन राजनीतिक दलका घोषणापत्र र न्यूनतम कार्यक्रम तथा साझा उद्देश्यको मुख्य ध्येयलाई पूरा गर्न नीति र बजेटमा सामञ्जस्यताको खाँचो छ । राजनीतिक दलमार्फत समाजका माग र आवश्यकताको पहिचान र सम्बोधनका खातिर योजना, नीति तथा कार्यक्रम र बजेटको तादाम्य पर्छ । सरकार र संसद् आगामी आर्थिक वर्षका लागि प्रतिफलमुखी कार्यसम्पादनमा जुटेको छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षबिच चलेको टकरावले असहज स्थिति देखा परेको छ ।
तलब पुनरवलोकनको आशा
मानिस सामाजिक प्राणी हो । समाजको सभ्यता र विकाससँगै मानवीय आवश्यकता र चाहना चुलिँदै जान्छन् । ती आवश्यकताले कर्मचारीलाई पनि पछ्याएको हुन्छ । कर्मचारीको कार्यालयीय जिम्मेवारी मात्र हुँदैन, पारिवारिक, सामाजिक, सांस्कृतिक र नागरिक जिम्मेवारी पनि हुन्छ । ती जिम्मेवारी पूरा गर्न कर्मचारीको मौजुदा तलबले सम्भव छैन । वर्तमान तलब संरचना विश्वमा कममध्येको एक र दक्षिण एसियामा सबैभन्दा कम छ । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७९ साउन २६ को निर्णयानुसार २०७९ साउन १ देखि लागु हुने गरी निर्धारण गरिएको तलबमान अनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवको सुरु तलब