नेपाल र बङ्गलादेशको खेल बराबरी
बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
सातौँ प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी
विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
स्वर्णविजेता सुमन सम्मानित
नेपाल वादोरियो कराते डो सङ्घले अमेरिकामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस र मनाङ भिड्दै
यू–१६ युथ लिग शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ ।
इमर्जिङ टिम्स एसिया कप सुरु, नेपाल शुक्रबार पाकिस्तानसँग खेल्दै
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।
नेपाल र बङ्गलादेशको खेल प्रतिस्पर्धात्मक हुने दावी
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपुर्ण खेलमा बिहीबार घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ। नेपाल र बङ्गलादेशबीचको खेल, ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ ५:४५ बजे सुरु हुनेछ ।
कबड्डी सङ्घमा फेरि थापा
अखिल नेपाल कबड्डी सङ्घको अध्यक्षमा तुलसा थापा पुन: निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
हेल्प नेपाल र आर्मीको जित जारी
टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित निकालेका छन् ।
शाह एसियन एथलेटिक्सको सदस्यमा निर्वाचित
नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
एसियाड लक्षित एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औँ एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरसमा सुरु भएको हो ।
नेपाल पुलिस र टिप टपको जित जारी
नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित जारी राखेका छन् ।
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ ।
नेपालको एक दिवसीय वरीयता खस्कियो
नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
फुटबल क्लब सङ्घको अध्यक्षमा शेर्पा
नेपाली फुटबलको विकास र क्लब फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब सङ्घ गठन गरिएको छ ।
महिला फुटबल टोलीको बिदाइ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
सातौँ प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको तेस्रो जित
नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ ।
क्रिकेट टोली श्रीलङ्का प्रस्थान
श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।
पूर्व राष्ट्रिय खेलाडी सम्मानित
नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
सातौँ प्रधानमन्त्री कप भलिबल : आर्मीको दोस्रो जित
साबिक विजेता त्रिभुवन आर्मी क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
यू–१६ विजेता खेलाडीलाई एसपीएको सम्मान
अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ ।
भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।