यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित
यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो ।
बराबरीमा रोकियो मेस्सीको मियामी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा नास्भिल एफसीसँग अङ्क बाँडेको छ ।
भारतसँग खेल्न नेपाली टोली श्रीलङ्कामा
नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।
एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर
कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे ।
नेपाल पाकिस्तानसँग २३८ रनले पराजित
नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ ।
साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान
साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य
बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल क्रिकेट हेर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता हेर्दै हुनुहुन्छ ।
पाकिस्तानको तीन विकेट गुम्यो
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट गुमाइसकेको छ ।
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
चीनको हाङ्झाउ सहरमा १९औँ एसियाली खेलकुदको रौनक
चीनको हाङ्झाउ सहरमा निर्धारित एसियाकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक सङ्केतमा समेत मानव आकृतिहरू देखाइएको छ ।
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिनुभएको छ।
नेपाल पाकिस्तानलाई चुनौती दिन तयार
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ ।
भोलिबाट ताप्लेजुङ गोल्डकप सुरु
ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
'गोल्डकप’मा तीन लाख बचत
सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ ।
क्रिकेटका महारथीसँग भिड्दै नेपाल
नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो। पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।
नेपाललाई स्तर नाप्ने अवसर
एसिया कप क्रिकेटका उद्घाटन खेलमा बुधबार नेपालले विश्व नम्बर एक प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।
एसिया कप क्रिकेट : पाकिस्तानदेखि नेपालसम्म
पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।
आहारारा पोखरा गोल्डकपबाट तीन लाख बचत
आहारारा पोखरा गोल्ड कपबाट तीन लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुस १४ देखि २३ गतेसम्म भएको २२ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट तीन लाख १८ हजार बचत भएको हो ।
तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै
पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।
तेक्वान्दोको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।
एसिया कपका लागि अफगानिस्तान टोलीको घोषणा
पाकिस्तान र श्रीलङ्कामा अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने एसिसी एसिया कप क्रिकेटका लागि अफगानिस्तान खेलाडी टोली घोषणा भएको छ ।
सन्दीप एसिया कप खेल्न पाकिस्तान प्रस्थान
क्रिकेटर सन्दीप लामिछाने बुधबारदेखि सुरु हुने एसिया कप क्रिकेट खेल्न सोमबार पाकिस्तान प्रस्थान गर्नुभएको छ । टोलीमा रहेपनि आइतबार मुद्दाको पेसी रहेकोले सन्दीप यसअघि टोलीसँग पाकिस्तान जानुभएको थिएन ।