• १६ वैशाख २०८१, आइतबार

चीनको हाङ्झाउ सहरमा १९औँ एसियाली खेलकुदको रौनक

blog

चीन, भदौ १३ गते । चीनको हाङ्झाउ सहरमा निर्धारित एसियाकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक सङ्केतमा समेत मानव आकृतिहरू देखाइएको छ ।

एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगिता सञ्चालन हुने समय नजिकिँदै गर्दा आयोजक हाङ्झाउ सहरमा उल्लासमय वातावरण छ । यस पटकको एसियाली खेलकुदमा ४० प्रमुख इभेन्ट, ६१ सब–इभेन्ट र ४८१ साना इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।

४० खेलहरूमा ३१ ओलम्पिक र ९ गैर–ओलम्पिक खेलहरू समावेश छन्, जबकि ४० प्रमुख खेलहरू अपरिवर्तित छन्, दुई नयाँ प्रतियोगिताहरू, ई–स्पोर्ट्स र ब्रेक–डान्सिङ समावेश गरिएपछि यस खेल कुम्भमा ४ सय ८१ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ ।

स्पर्धामा ४५ देशका साडे १२ हजार भन्दा बढी खेलाडीहरूले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदै छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल