सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।
नेपालसँग खेल्ने पाकिस्तान टोली सार्वजनिक
एसिया कप क्रिकेटको उपाधि दाबेदार पाकिस्तानले नेपालसँग खेल्नुअघि टोलीमा एक खेलाडी परिवर्तन गर्दै टोलीको नाम सार्वजनिक गरेको छ ।
आइएसएफ यू–१५ जिम्न्यासाइड सम्पन्न : नेपाललाई एक स्वर्ण र दुई कांस्य
पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसँगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यू–१५ जिम्न्यासाइड–२०२३ मा नेपालको यात्रा समाप्त भएको छ।
वेस्ट हाम शीर्षस्थानमा
वेस्ट हाम युनाइटेट इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्ट हाम शीर्षस्थानमा उक्लिएको हो ।
एमएलएसमा मेस्सीको डेब्यु गाेल
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा डेब्यु गोल गर्नुभएको छ । आइतबार बिहान भएको खेलमा मियामीले न्युयोर्क रेडबुल्सलाई २–० गोलले हरायो ।
५ किमि सडक दौडमा कृष्ण र बासना प्रथम
गण्डकी विश्वद्यिलायद्वारा पोखरामा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ बासना सुवेदी शर्मा प्रथम भएकी छिन् ।
बुद्धिचाल खेलाडी युएई जाँदै
नेपाली बुद्धिचाल खेलाडी आइतबार संयुक्त अरब इमिरेट्स यूएई) प्रस्थान गर्दैछ । भदौ ११ देखि १७ गतेसम्म युएईमा हुन गइरहेको एसियन एमेच्योर बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउने नेपाली बुद्धिचाल टोली युएई प्रस्थान गर्न लागेको हो ।
चेल्सीको सानदार जित
इङ्लिस प्रिमयिर लिग फुटबलमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोलले हरायो ।
हङकङलाई हराउँदै नेपाल च्याम्पियन
चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने
समूह चरणको आज (शनिबार)को खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ ।
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो
नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो ।
कराँचीमा क्रिकेट टोलीको अभ्यास सुरु
एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ ।
अर्को उपाधिको सम्मुख मेस्सी
विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको शीर्ष सुचीमा रहनुभएका अर्जेन्टिनका कप्तान लियोनल मेस्सी फेरि अर्को उपाधिको नजिक हुनुहुन्छ ।
‘आऔँ खेल खेलौँ’ शुक्रबार
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले संयुक्त रूपमा प्रहरी एकेडेमी मैदानमा शनिबार ‘आऊ खेल खेलौँ’ नामक खेलकुद दिवस आयोजना गर्दैछ ।
लर्निङ जोन एकेडेमीको दोहोरो जित
राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले दोहोरो जित हात पारेको छ ।
एन्फाको विशेष साधारण सभा भौतिक उपस्थितिमा गर्न माग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आबद्ध लिग खेल्ने विभिन्न ३२ क्लबहरूले एन्फाको भदौ २४ गते बोलाइएको विशेष साधारणसभा भौतिक उपस्थितिमा संचानल गर्न माग गरेका छन् ।
एसियाड ब्याडमिन्टन टोलीलाई ट्रयाक सुट प्रदान
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको छ ।
एसियाली शारीरिक सुगठन यसै महिना
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता भदौ १५ गतेबाट नेपालमा हुने भएको छ ।
नेपालको लगातार दोस्रो जित
नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।
कराँतेका अब्बल मन्देकाजी
नेपाली कराँतेले पाएको अब्बल खेलाडी हुनुहुन्छ, मन्देकाजी श्रेष्ठ । तीन दशक लामो कराँते यात्रामा नथाक्नुभएका मन्देकाजीलाई अझै करातेको भोकले छाडेको छैन । सक्रिय खेल जीवनलाई विस्तारै विश्राम दिने सोच बनाउनुभएका मन्देकाजीले प्रशिक्षकको रुपमा आफूलाई निखार्न थाल्नुभएको छ ।
एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा
आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ चाइना र फिलिपिन्स रहेका छन् ।
नेगीलाई तेक्वान्दोको छैटौं डान
राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौँ डानको प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
भारत र पाकिस्तानसँग राम्रो खेल्ने दाबी, सन्दीप टोलीसँग नजाने
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गर्नुभएको छ ।
आइएसएफ यू–१५ जिम्न्यासाइडको बक्सिङमा प्रकृति र शेरपलाई कांस्य
ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ‘दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ ।