अभ्यास खेलमा नेपाल यूएईसँग पराजित
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।
टेबलटेनिसका चार खेलाडी एसियाडमा छनोट
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ ।
फुटबलर सावित्रालाई युरोपमा खेल्ने अवसर
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ ।
नेपाल पाकिस्तानसँग पराजित
नेपाल एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।
तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास
नेपालमै पहिलो पटक एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ ।
विनोदको एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै
सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अठोट गर्नुभएको छ ।
प्रिन्स र रसिला एसियाडमा छनोट
नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट हुनुभएको छ ।
जोकोभिचलाई कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि
फ्रेन्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जित्नुभएको छ । आइतबार राति भएको फायन्लमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो ।
दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप मंगलबारदेखि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा मंगलबारदेखि दोस्रो दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप हुँदैछ ।
ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको काठमाडौँ जिल्लाका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबारदेखि सुरु भएको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ७८ खेलाडी सहभागी थिए । तीन वटा समूहमा विभाजन गरिएको खेलमा समूह ‘ए’ अन्तर्गत दिपेशमुनि वज्राचार्य र अमित महर्जनको जोडी, समूह ‘बी’ अन्तर्गत रमेश महर्जन र आयुस श्रेष्ठको जोडी र समूह ‘सी’ अन्तर्गत रामचन्द्र मल्ल विजयी हुनुभएको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो । विजेता खेलाडीलाई एक समापन समारोहबिच नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
एसियाडका लागि चार टेनिस खेलाडी छनोट
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)का लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।
अस्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियनसिप उपाधि
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । इङ्गल्यान्डको द ओभलमा सोमबार भएको फाइनलमा भारतलाई दुई सय नौ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो ।
थ्रिस्टारविरुद्ध एपिएफले दियो एन्फामा उजुरी
विभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रिस्टार क्लबले भिसा विनै दुई जना विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा उजुरी दिएको छ ।
स्वर्णिम र पुर्णिमालाई बुद्धिचाल उपाधि
अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा यू–१७ छात्रमा प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल र छात्रामा टिलिङटार स्कुलका पुर्णिमा गुरुङ च्याम्पियन बन्नुभएको छ ।
मैत्रीपूर्ण खेलका लागि फुटबल टोलीको बिदाइ
भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
‘ए’ डिभिजन लिग : बढुवा दुईमध्ये एक च्याम्पियन अर्को रेलिगेसन
नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।
सिटीले चुम्यो च्याम्पियन्स लिग उपाधि
युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हरायो ।
थ्रीस्टार जोगियो एपिएफ रेलिगेसनमा
गर या मरको अन्तिम खेलमा छिमेकी टोली जावलाखेल यूथ क्लबलाई हराउँदै ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।
महिला क्रिकेट टोलीको बिदाइ
हङकङमा जुन १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरेको हो ।
खुमलटार ‘ए’ खेलेकै वर्ष रेलिगेसनमा
ललितपुरको एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।
एमेच्योर सुवासलाई प्रिमियर गल्फ च्याम्पियनसिप उपाधि
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।
डोमालाल रङ्गशालालाई ५० लाख बजेट
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला सङ्घीय सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।
योगा प्रदर्शन गर्दै खेलाडी
नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिरः विमलबहादुर विष्ट/रासस