• ६ जेठ २०८१, आइतबार

हक्की सोलिडारिटी कार्यक्रम सुरु

blog

ओलम्पिक सोलिडारिटी कार्यक्रममा सहभागीहरु ।

काठमाडौं, साउन ३० गते । नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । 

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनुहुनेछ । 

कार्यक्रममा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ ।

यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकका भूमिकामा रहेका अलि पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । 

प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुर्नउत्थान हुने विश्वास पोख्नुभयो। कार्यक्रम हक्की सङ्घका कार्यवाहक अध्यक्ष अनिल शर्माको सभापतित्व भएको थियो ।