• ५ जेठ २०८१, शनिबार

अशोक यूथ एसियन गेम्सको जज चयन

blog

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ।

काठमाडौं, साउन ३० गते । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन यूथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एक मात्र रेफ्रीको रूपमा अशोकको चयन हुनुभएको हो ।

अशोक हाल दक्षिण कोरियामा रहेको छ । दुई हप्ताअघि विश्व र्याङकिङ जी २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु जानुभएको थियो । अशोक दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नुहुनेछ ।

प्रतियोगिता अगष्ट १६ देखि २२  तारिखसम्म हुनेछ । प्रतियोगितामा पुरुष ५ महिला ५ गरी १० स्वर्णका  लागि प्रतिस्पर्धा हुदैछ, अशोक २०१७ र २०१८ मा  अस्ट्रेलिया, २०१७ हङ्कङ्मा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता समेत हुनुहुन्छ ।