साफ फुटबल टोलीको घोषणा
भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
चीनसँग नेपालको फराकिलो हार
एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।
सद्भाव दुई स्ट्रोकले अगाडि
एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिनुभएको छ ।
मच्छिन्द्र र एनआरटी विजयी
साविक विजेता मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगका बुधबार विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्बललाई ३–१ गोलले हरायो । च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन सद्भाव अगाडि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्यले अग्रता लिनु भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी च्याम्पियनसिपमा बुधबार सद्भावले सात अन्डर ६५ खेल्नुभयो ।
एसियाडका लागि पौडीमा चार खेलाडी छनोट
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।
त्रिनगरस्तरीय ब्याडमिन्टन सुरु
काठमाडौँका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । काठमाडौँको सतुङ्गलस्थित मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ए, बी र सी गरी ७८ खेलाडी सहभागी छन् । ब्याडमिन्टनमार्फत स्वास्थ्य र आपसी मित्रता कायम गर्ने उद्देश्यले हरेक वर्ष वाषिकोत्सवका अवसरमा प्रतियोगिता गर्दै आइरहेको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।
नेपाल म्यानमारसँग पराजित
मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
दमक नगरपालिकालाई भलिबल उपाधि
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजित झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन
चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।
रेस्लिङ खेलाडीको उपचारका लागि सम्झौता
नेपाल रिङ रेस्लिङ सङ्घ र नेपाल नेशनल हस्पिटलले खेलाडीको उपचार सम्बन्धी सम्झौता गरेका छन् । मंगलबार नेपाल नेशनल हस्पिटलमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा सङ्घका महासचिव सुवर्णा श्रेष्ठ र हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
पहिलो दिन सुवास पाँच स्ट्रोकले अगाडि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर सुवास तामाङले अग्रता लिनुभएको छ ।
प्रिन्स र विष्णुलाई सफलता
एपीएफ क्लबका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवालले १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा सफलता हात पार्नुभएको छ ।
प्रिमियर गल्फमा शीर्षताको होडबाजी
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम स्पर्धा ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ मंगलबार देखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ ।
हिसान दौडमा विकेश र हृदय पहिलो
पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो हुनुभएको छ । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो हुनुभएको हो ।
च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो
स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।
मच्छिन्द्रलाई पुलिसको धक्का
उपाधि रक्षाको अभियानमा रहेको साबिक विजेता मच्छिन्द्र क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबको नमिठो धक्का लागेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्र पुलिससँग २–१ गोलले पराजित भयो ।
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
यू-२० महिला फुटबल टोलीको बिदाइ
म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित
टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
सिटीले जित्यो एफए कप
एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।
टी–२० सिरिजमा नेपाल च्याम्पियन
घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हरायो ।
होराइजन सेमिफाइनलमा
कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
ओलम्पिक दिवसमा साइकल र्याली
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल र्याली आयोजना गरिएको छ ।