• २१ वैशाख २०८१, शुक्रबार

संरचना अभावमा दक्ष खेलाडी उत्पादनमा समस्या

blog

सप्तरी क्रिकेट संघको चौथो अधिवेशनमा सहभागी अतिथिहरु । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), साउन २२ गते। नियमित अभ्यास गर्न नपाएकै कारण सप्तरीका खेलाडीहरु राष्ट्रियस्तरमा खेल्न नपाएर पछाडि परिरहेको वक्ताहरुले बताउनुभएको छ । 

जिल्लाका खेलाडीहरुलाई नियमित अभ्यास गर्न पिच अर्थात उचित ठाउँ निर्माण गर्न नसकेको कारण खेलाडीको क्षमता अभिवृद्धिमा जिल्ला पछाडि रहेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो ।

विद्यालयस्तरीय क्रिकेट अन्डर २० महिला क्रिकेट प्रतियोगिता, जिल्लाका स्थानीय तहमा प्रतियोगितालगायत विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । यी कार्यक्रम कार्यन्वन गर्न मधेस प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ का लागि सप्तरी क्रिकेट सङ्घका लागि केही बजेट विनियोजन गरेको सहकारी शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले बताउनुभएको छ ।