• ११ जेठ २०८१, शुक्रबार

अरहन्तलाई स्क्वास उपाधि

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, साउन २७ गते । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिंह शनिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको उपाधि जित्नुभएको छ । शनिबार भएको फाइनलमा अरहन्तले फाइनलमा दीपक थापालाई ११–६, ११–४, ११–८ ले हराउनुभयो । 

महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गन्नुभयो । कृष्णाले बिपना ब्लोनलाई सोझोसेटमा ११–६, ११–९, ११–९ ले हराउनुभयो । कृष्णाले गत वर्ष पनि बिपनालाई नै हराएर उपाधि जित्नुभएको हो । बिपनाले गत वर्ष नवौँ राष्ट्रिय खेलकुदमा महिला एकलको उपाधि जित्नुभएको थियो । 

यसैगरी ब्वाइज यु–१९ मा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गर्नुभयो । यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । एकदिन अघि पासाङ प्लेट विधामा पनि च्याम्पियन भएको थियो । 

यसैगरी मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कंसाकार पहिलो हुनुभयो । उहाँले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले हराउनुभयो ।

प्रतियोगितामा पुरुष र महिला खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।यस्तै यु–१९ तर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ११, ६ र तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।